भारतसँग ५ वर्षका लागि रासायनिक मल खरिद सम्झौता
काठमाण्डौं, १४ साउन –्नेपालले ५ वर्षका लागि भारतसँग झण्डै नौ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने सम्झौता गरेको छ ।
यो सम्झौता अनुसार नेपाल सरकारले सन् २०२५/२६ भित्र ४ लाख ५७ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डिएपी खरिद गर्ने छ ।गत चैतमा मल खरिदका लागि भएको सरकार–सरकार (जीटूजी) सम्झौता बमोजिम नेपालको कृषि सामाग्री कम्पनी लिमिटेड र भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) बीच खरिद समयको अन्तर्राष्ट्रिय मूल्यअनुसार मल खरिद गर्ने सम्झौता भएको हो । आर्थिक वर्ष ०८३/८४ सम्मका लागि मल खरिद गर्न साउन १ गते उक्त सम्झौता भएको कृषि सामाग्री कम्पनीका निमित्त प्रबन्ध सञ्चालक राजेन्द्र कार्कीले जानकारी दिए ।
सम्झौताअनुसार पहिलो लट मा १ लाख ६० हजार मेट्रिक टन मल आगामी मंसिरसम्म नेपाल भित्रीसक्ने कार्कीले बताए । ‘साउन एकमा दुई कम्पनीबीच मल खरिदका लागि सम्झौता भएको छ,’ कार्कील...









