लोकतान्त्रिक खेलकुद संघ लुम्बिनीको अध्यक्षमा नरेन्द्र सर्वसम्मत
नेपालगन्ज १८ भदौ – नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशको अध्यक्षमा बाँकेका नरेन्द्र थापा सर्वसम्मत निर्वाचित भएकाछन् ।
मंगलबार बाँकेको नेपालगन्जमा सम्पन्न पहिलो प्रदेश अधिवेशनले बाँकेका नरेन्द्र थापाको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत अधिवक्ता बलबहादुर चन्दका अनुसार नरेन्द्रको अध्यक्षतामा उपाध्यक्षमा सन्तोष ओली, महिला उपाध्यक्षमा मोतिकला गुरुङ निर्विरोध निर्वाचित भएका छन् । संघको सचिवमा मनमोहन लम्साल, सहसचिवमा खुशीराम चौधरी, दिनेश सहानी, खिमबहादुर सोमै थापा र पुजा शर्मा निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी कोषाध्यक्षमा मनोज भण्डारी निर्विरोध निर्वाचित भएकाछन् । सदस्यहरुमा इश्वरी भण्डारी, मिना खनाल, पूर्णप्रसाद डाँगी, मणीराम बटाला, लक्ष्मण घर्ती, चक्र चिमिला क्षेत्री, सीमा ता...









