बाँकेका युवा शुलभराज र आयुषको परिवारलाई एक लाख एक हजार प्रदान गर्ने घोषणा
डुडुवा, ६ असोज – डुडुवा गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा ‘शहिद’ भएका नेपालगन्जका युवा स्वर्गीय शुलभराज श्रेष्ठ र आयुष थापासहित सहादत प्राप्त गरेका व्यक्तीहरुको सम्झनामा बृहत श्रद्धाञ्जली सभा गरेको छ ।
गाउँपालिका कार्यालय परिसरमा आज आइतबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले ‘जेनजी’ समुहले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम जस्ता विषयमा उठाएका मागहरु जायज रहेको भन्दै आन्दोलन सकिएपछि डुडुवामा एउटा समुहले कार्यालयका कागजातमा आगजनी गरेको र अर्को समुहले तालाबन्दीसहित कर्मचारीमाथी कुटपिट तथा दुव्र्यवहार गरेको बताउनुभयो ।
तालाबन्दीका कारण गाउँपालिकाको काम ठप्प हुँदा आफ्ना मालिकहरु (जनता) ले सेवा नपाएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष चौधरीले डुडुवा गाउँपालिकाले जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका बाँकेका युवा शुलभराज श्रेष्ठ र आयुष थापाको...









