
नेपालगन्ज, २५ भदौ – कल्पना फाउन्डेसन नेपालले आयोजना गरेको बाँकेका नारी स्रष्टा र सिर्जनाको विमोचन कृति परिचर्चा र पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
नारी स्रष्टा र सिर्जनाको विमोचन कृति परिचर्चा र पुरस्कार तथा सम्मान कार्यक्रम कृतिशेष मातापिताको स्मृतिमा स्थापित गरिएको मनिकणा टिकाराम स्मृति पुरस्कार २०८१ द्वारा पुरस्कृत तथा सम्मानित हुने ब्यक्तित्व साहित्य तथा शैक्षिक व्यक्तित्व डा. हरिप्रसाद तिमिल्सिना र देउकला टिकानिधि स्मृति पुरस्कार २०८१ द्वारा पुरस्कृत तथा सम्मानित हुने ब्यक्तित्व प्राज्ञ सभा सदस्य महानन्द ढकाल सम्मानित हुनु भएको थियो ।
यसरी समालोचक लेकप्रसाद प्याकुरेलद्वारा लेखिएको कल्पना फाउन्डेसन नेपालले प्रकाशन गरेको बाँकेका नारी स्रष्टा र सिर्जना समालोचना कृतिमा समेटिनु भएका २६ जना नारी स्रष्टाहरूलाई पनि सम्मान गरिएको थियो । सम्मानित ब्यक्तित्वहरुमा शिक्षाबिद् किरण आचार्य, कल्पना पौडेल “जिज्ञासु”, कल्पना खरेल, मिना बराल, सुमित्रा न्यौपाने, चरित्रा शाह, ऋचा लुइटेल, इन्दिरा गौतम, चन्द्रावती अधिकारी, नमिता बराल, कोपिला संग्रौला, अर्चना पाठक, शान्ति अधिकारी, देवकी निरौला, अन्जु न्यौपाने, गणेशा कार्की, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके अध्यक्ष दिला शाह, लता शर्मा, कृपा अधिकारी, तारा कुमारी रोकाया, पुष्पा श्रेष्ठ, गीता अर्याल, लीला देवी रेग्मी, पवित्रा थापा र निमा डिसी नारी रत्न सम्मानद्वारा सम्मानित गरिएको छ । कृतिकार लेकप्रसाद प्याकुरेल समीक्षक डा. पुष्कर रिजाल, कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कथाकार सनत रेग्मी विशिष्ट, अतिथि प्रा.डा. लुम्बिनी प्राविधिक बिश्व बिद्यालय सेवा आयोगका सदस्य कृष्णप्रसाद घिमिरे प्रा.डा. गोपाल प्रसाद अधिकारी, प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल, शशीराम कार्की, डा. हरिप्रसाद तिमिल्सिना, डा. जनार्दन आचार्य, नरेन्द्र जंग पिटर, शिक्षाबिद् किरण, आचार्य, उदघोषक बोधराज प्याकुरेल, पुष्पमणि प्रधान, भरतबहादुर राना भाट, ईश्वरी प्रसाद रिजाल, अधिवक्ता भिम बहादुर शाही लगायत बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर जिलाका साहित्यकार साहित्य अनुरागीहरुको सहभागिता रहेको थियो ।