ताइवानवासीको स्वतन्त्रता चाहना
नागरिक सेना तयार गर्न एक अर्ब खर्च गर्ने तयारीकाठमाण्डौ, १ कार्तिक – वर्षको सेप्टेम्बरमा एक सेवा निवृत्त प्राविधिक अर्बपतिले गरेको घोषणाले ताइवानमा ऊर्जाको सञ्चार भएको छ। कपाल फुलेका र परिपक्व ती व्यक्तित्वको कुरा अहिले धेरै चर्चामा छ। उनले नागरिक सेना तयार गर्नका लागि एक अर्ब ताइवान डलर खर्च गर्न तयार रहेको जनाएका छन्।
व्यावसायिक कपडा भन्दामाथि बुलेट प्रुफ ज्याकेट लगाएका रोबर्ट टी साओले चीनविरुद्ध लड्न सबै खर्च गर्न तयार रहेको जनाएका हुन्। तीन वर्षको बीचमा त्यसको कुल जनसंख्याको सात भागको एक भाग ३० लाख जनालाई सैन्य तालिम दिने उनको लक्ष्य छ।
कर्मचारी, पसले र अभिभावक सबै जनालाई उनी बन्दुक बोक्न सिकाउँदै छन्। साथमा उनले तीन लाख जना सार्प सुटर तयार गर्ने योजनासमेत बुनेका छन्। यो काम सहज नभएको उनलाई राम्रोसँग थाहा छ। तर, कुनै पनि हालतमा यो सबै गरेर छाड्ने कुरामा उनी प्रतिबद्ध छन्।
उनी ...







