Thursday, May 7सत्यम खबर
Shadow

रामराज्य रथयात्रा भोलि नेपालगन्ज आईपुग्ने

नेपालगन्ज, २६ असोज – भगवान रामको जन्मभूमि अयोध्याबाट सुरु गरिएको रामराज्य रथयात्रा भोली विहिबारका दिन नेपालगन्ज आईपुग्ने भएको छ ।
भारतको अयोध्याबाट शुरू गरिएको सो यात्रा पन्द्र हजार किलोमीटर भारतको २७ राज्य हुँदै, नेपालको जनकपुर हँुदै आएको हो । भारतको बैंगलोरका जगतगुरु स्वामी सत्यनन्द सरस्वतीको नेतृत्वमा बिभिन्न ठाउँको परिक्रमा गर्दै नेपालगन्ज हँुदै महाकाली गद्राचौकीबाट अयोध्या पुगी समापन हुने जनाइयेको छ ।
भोली बिहीबार सो यात्राको आगमनको स्वागत मानिकपुरको कोठारपुरमा रहेको शनिदेव मन्दिरमा गर्ने पूर्बमन्त्री सर्वदेव ओझाले जानकारी दिनुभयो । सो रथयात्रा नेपालगन्ज सहरको परिक्रमा गरि बागेश्वरी मन्दिरमा बिशेष कार्यक्रम गरि हनुमन्त गौशाला प्रांगणमा राती विश्रामपछि शुक्रवारका दिन नेपालगन्जबाट टीकापुर अतरिया हुँदै महेन्द्रनगरबाट गद्राचौकी टनकपुर हुँदै भारतको उत्तराखण्ड प्रवेश गर्ने आयोजकले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *