Monday, June 29सत्यम खबर
Shadow

आस्था

चिनियाँ कम्युनिस्ट पार्टीले अन्ततः केही दिनअघि बहुप्रतीक्षित २० औँ सम्मेलनको मिति खुलासा

चिनियाँ कम्युनिस्ट पार्टीले अन्ततः केही दिनअघि बहुप्रतीक्षित २० औँ सम्मेलनको मिति खुलासा

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काडमाण्डौ, २५ असोज – चिनियाँ कम्युनिस्ट पार्टीले अन्ततः केही दिनअघि बहुप्रतीक्षित २० औँ सम्मेलनको मिति खुलासा गरेको छ। जुन सम्मेलनबाट परम्परा तोड्दै सी चिनफिङ तेस्रो कार्यकालका लागि निर्वाचित हुने र उनले दशकौँपछि मुलुकको सबैभन्दा शक्तिशाली नेताका रुपमा आफ्नो हैसियत स्थापित गर्ने अपेक्षा लिइएको छ। मंगलबार मिति घोषणा भएसँगै एक दशकमा दुई पटक हुने यो सम्मेलनको उल्टो गिन्ती सुरु भएको छ, जुन अक्टोबर १६ का दिन उद्घाटन हुनेछ। सो सम्मेलनमा सीले आफ्ना थप सहयोगीलाई नेतृत्वदायी पदहरुमा बढुवा गर्ने अपेक्षा गरिएको छ। साथै, उनले आगामी पाँच वर्ष र त्यसभन्दा लामो समयका लागि चीनका प्रमुख प्राथमिकताहरु तोक्दै नीति सम्बोधन पनि गर्नेछन्। सरकारी सञ्चारमाध्यममा सम्मेलनबारे एकदमै कम विवरण दिइएको छ। यद्यपि, मिति घोषणासँगै दुई महत्वपूर्ण र आपसमा सम्बन्धित घटनाक्रम विकसित हुने निश्चित छ। पहिलो, चीनको विशाल ...
युक्रेनको राजधानी किभमा ठूला–ठूला विस्फोट

युक्रेनको राजधानी किभमा ठूला–ठूला विस्फोट

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काडमाण्डौ, २५ असोज – युक्रेनको राजधानी किभमा आज साेमवार बिहानै भएका धेरै वटा विस्फोटनमा कैयौँ मानिसको ज्यान गएको छ । धेरै महिनापछि किभमा भएका ठूला विस्फोटमा अरू थुप्रै जना घाइते भएका बीबीसीले जनाएको छ । किभसहित अरू थुप्रै सहरहरूबाट पनि लगातार विस्फोटमा आवाज आइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसको अधीनमा रहेको क्राइमियासँग जोडिने एकमात्र पुलमा विस्फोटन भएर क्षति भएपछि किभमा ठूलो आकारमा विस्फोट भएको हो । किभमा अहिले पनि हवाई हमलाको पूर्वजानकारी दिने साइरनहरू बजिरहेका बीबीसीले जनाएको छ । उद्धारको काम भइरहेको र क्षतिको विवरण आइनसकेको युक्रेनी अधिकारीहरूले बताएका छन् । एजेन्सी...
ताइवानमा अगस्त एक महिनामा ४४६ पटक चिनियाँ सैन्य हवाई आक्रमण

ताइवानमा अगस्त एक महिनामा ४४६ पटक चिनियाँ सैन्य हवाई आक्रमण

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काडमाण्डौ, २५ असोज – ताइवानमा अगस्त एक महिनामा ४४६ पटक चिनियाँ सैन्य हवाई आक्रमण भएको छ। बेइजिङले संयुक्त राज्यका अमेरिकाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोध गर्दै ताइवानको हवाई क्षेत्रमा ४४६ हवाई सैन्य विमान पठाएको हो। चीनले यो टापुलाई आफ्नो क्षेत्रको हिस्साको रूपमा हेर्छ, यदि आवश्यक भएमा बल प्रयोग गरेर एक दिन पुन: कब्जा गर्ने चेतावनी पनि दिँदै आएको छ। ताइवानका २ करोड ३० लाख बासिन्दाले मात्र आफ्नो भविष्यको निर्णय गर्न सक्ने ताइवानले बताउँदै आएको छ। अगस्टमा ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेशन जोनमा घुसपैठको नाटकीय स्पाइक देखियो। किनभने बेइजिङले अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसी र अन्य राजनीतिज्ञहरूको ताइपेई भ्रमणको विरोध गर्न अभूतपूर्व सैन्य अभ्यासहरू गरेको थियो। चीनको कम्युनिष्ट पार्टीले ताइवानलाई वैधानिकता दिन सक्ने कुनै पनि कूटनीतिक कार्यको आलोचना गर्छ र पश्चिमी ...
दाङका तीनै निर्वाचन क्षेत्रमा ‘हेभिवेट’ पुरूष नेतासँग महिला नेतृको रोचक प्रतिस्पर्धा

दाङका तीनै निर्वाचन क्षेत्रमा ‘हेभिवेट’ पुरूष नेतासँग महिला नेतृको रोचक प्रतिस्पर्धा

आस्था, प्रदेश ५, राजनीति, समाचार
नारायण खड्का दाङ, २५ असोज –दाङमा प्रतिनिधिसभातर्फ तीन वटै निर्वाचन क्षेत्रमा ‘हेभिवेट’ पुरूष उम्मेदवारसँग महिला नेतृको रोचक प्रतिस्पर्धा हुने भएको छ। आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रमुख दलमध्ये नेकपा एमालेले २ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार उठाएको छ भने माओवादी केन्द्रले एउटा क्षेत्रमा महिलालाई टिकट दिएको छ। यो सँगै तीनै निर्वाचन क्षेत्रमा महिला नेतृहरू ‘हेभिवेट’ पुरूष उम्मेदवारसँग प्रतिस्पर्धामा छन्। शान्ता चौधरी भर्सेज मेटमणि चौधरी दाङको निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेले शान्ता चौधरीलाई उम्मेदवार बनाएको छ। कमलरी आन्दोलनले जन्माएकी नेतृ चौधरीलाई यसअघि एमालेले समानुपातिकबाट सांसद बनाएको थियो। शान्ताले यहाँ आफ्नै पूर्व सहकर्मी नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीसँग प्रतिश्पर्धा गर्नुपर्नेछ। सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि हालका सहकारी विकास ...
पानी निकासका लागि नाला सफाईमा उपमहानगरको चासो

पानी निकासका लागि नाला सफाईमा उपमहानगरको चासो

आस्था, प्रदेश ५, मौसम, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ असोज – भारी बर्षापछि अबरुद्ध नेपालगन्ज उपमहानगरपालिकाका नालाहरुको अनुगमन गर्दै सहज निकासका लागि नाला सफाई गरिएको छ । सोमबार दिउँसो वडा नम्बर २ र ४ का विभिन्न बस्तीहरुमा पुगी अवरुद्ध नालाहरुलाई सहज निकास दिन जेसिबी प्रयोग गरिएको छ । जेसिबीसहित फिल्डमा पुगेको नगर प्रमुख प्रशान्त विष्ट नेतृत्वको टोलीले वडा नम्बर ४ स्थित द रेडिसन होटल छेउँको अबरुद्ध नाला, वडा नम्बर ४ कै तत्कालीन लक्ष्मी चलचित्र मन्दिर पछाडिको नाला, वडा नम्बर २ स्थित बागेश्वरी मन्दिरको उत्तरतर्फको नालाको अवलोकन गर्दै जेसिबीको सहायताले नाला सफाई गरिएको छ । यस्तै डुबानग्रस्त सेतु विक चोकको बस्तुस्थिति पनि अवलोकन गर्दै पानीको सहज निकासको प्रबन्धबारे अनुगमनमा रहेका इन्जिनियरहरुसंग छलफल गरिएको छ । द रेडिसन होटल छेउँमा भासिएको नाला र पानीको सहज निकासलाई थुनेको पर्खाल समेत भत्काइएको छ । नगर प्रमुख विष्टसंगै प्रमुख प्रश...
स्वतन्त्र उम्मेदवारी सरिता गिरीले दर्ता गरिन्

स्वतन्त्र उम्मेदवारी सरिता गिरीले दर्ता गरिन्

आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, समाचार
सिराहा, २४ असोज – सरिता गिरीले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेकी छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले सिराहा १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुन् । लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नेपालको नक्सा अद्यावधिक गर्न गरिएको संविधान संशोधनको विपक्षमा अभिव्यक्ति दिएपछि सरिताको सांसद पद जसपाले खोसेको थियो । जस कारण उनले अहिले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुन् ।...
पछिल्लो समय चिनियाँ अर्थतन्त्र खस्कँदो अवस्थामा छ

पछिल्लो समय चिनियाँ अर्थतन्त्र खस्कँदो अवस्थामा छ

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २४ असोज – पछिल्लो समय चिनियाँ अर्थतन्त्र खस्कँदो अवस्थामा छ। यस खस्कँदो अर्थतन्त्रका केही सूचक पनि पक्कै छन्। चिनियाँको यस वर्षको आर्थिक वृद्धि दरको लक्ष्य ५.५ प्रतिशत थियो। त्यो लक्ष्य पुरा नहुने लगभग निश्चित भइसकेको छ। अप्रिलदेखि जूनसम्म चीनको आर्थिक अवस्था हेर्ने हो भने यो अझ ओरालो गतिमा जाने लगभग निश्चित भएको छ। अर्थशास्त्रीहरूले यो वर्षको चीनको अर्थतन्त्र अझै बिग्रन सक्ने चेतावनी दिइसकेका छन्। पश्चिमा देशहरूमा जस्तो चीनमा मुद्रास्फीतिको समस्या छैन तर धेरै समस्या छन्, ती समस्या बढ्दै गएर संसारको दोस्रो ठुलो अर्थतन्त्र भएको देशको संरचना नै भत्किन सक्नेछ। चीनको कारखानामा उत्पादन भएका बस्तुको माग अन्तर्राष्ट्रिय र घरेलु बजारमा प्रत्येक दिन घटिरहेको छ। अमेरिका लगायत धेरैसँग व्यापारिक सम्बन्ध पनि बिग्रिएको छ। यो बिग्रने क्रम संसारका अन्य धेरै देशसँग पनि बढ्दो छ। अमेरिकी डलर...
नेपाली जनता संग अझै, मूल सम्झौता अझै गोप्य छ बीआरआईको

नेपाली जनता संग अझै, मूल सम्झौता अझै गोप्य छ बीआरआईको

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २४ असोज – सन् २०१७ को मे १२ मा नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएयताका पाँच वर्षमा चीनका विदेशमन्त्री वाङ् यीबाट पाँच पटक नेपाल भ्रमण भइसकेको छ। यही बीचमा चीनका राष्ट्रपति सि चिन फिङ लगायत दर्जनौं चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमण भएको छ। नेपालबाट पनि राष्ट्रपतिस्तरीय तथा प्रधानमन्त्री र मन्त्रीस्तरीय दर्जनौं भ्रमण भएका छन्। यी दुबै तर्फबाट हुने हरेक भ्रमणमा उठ्ने महत्वपूर्ण विषय हो, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)। जुन सम्झौताबारे नेपालमा औपचारिक मञ्चहरूमा बुँदागत बहस आजसम्म भएको छैन। जसरी यसअघि अमेरिकी सहायता परियोजना एमसिसिका विषयमा बुँदा बुँदामा बहश भयो र नेपाली समाज नै तल्लो तहसम्म विभाजित देखियो। तर नेपालले विना अध्ययन हस्ताक्षर गरेको वान बेल्ट वान रोड (ओबीओआर) सम्झौतामा के छ त ? यो प्रश्न आजसम्म अनुत्तरित छ। पटक पटक सूचनाको हक प्रयोग गरेर पररा...
जसपा विभाजनको संघारमा, गठबन्धन पक्षधर र विरोधी पक्षबीच भनाभन

जसपा विभाजनको संघारमा, गठबन्धन पक्षधर र विरोधी पक्षबीच भनाभन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २४ असोज – जनता समाजवादी पार्टी, नेपाल विभाजनको संघारमा पुगेको छ । चुनावी सहकार्यको लागि एमालेसँग तालमेल गर्नेबारे निर्णय लिन बसेको जसपाको कार्यकारिणी समितिको बैठकमा शीर्ष नेताहरुबीच नै विवाद उत्पन्न भएको छ । केही नेताहरुले सत्ता गठबन्धन छोड्न नहुने अडान लिएपछि विवाद सुरु भएको हो । केहीले भने गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्नुपर्ने अडान लिएका थिए । बैठकमा सहभागी एक नेताकाअनुसार यही विवादका कारण पार्टी नै विभाजनको मुखमा पुगेको छ। हिजो मध्यराति जसपा अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफल गरेका थिए । सो छलफलमा सिट बाँडफाँटबारे सहमति भएको बताईएको छ। मधेश प्रदेशमा प्रतिनिधिसभातर्फ १६ १६ सिट लिने र प्रदेश सभातर्फ ३२ ३२ सिट लिने सहमति भएको छ । तर, केही सिटमा भने मित्रवत् प्रतिष्पर्धा गरिने जनाईएको छ ।...
भारतले निर्यात सहमति नदिँदा दैनिक ८०० मेगावाट विद्युत खेर

भारतले निर्यात सहमति नदिँदा दैनिक ८०० मेगावाट विद्युत खेर

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २४ असोज – दशैंको वेला विद्युतको माग ह्वात्तै घट्दा दैनिक करिब ८०० मेगावाट विद्युत खेर गइरहेको छ । दशैंमा सबै उद्योग कलकारखाना बन्द र निरन्तर पानी पर्दा चिसो बढ्दा देशभित्र विद्युतको माग घटेको छ । तर, नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका विद्युत गृहबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुने भएकोले दैनिक करिब ८०० मेगावाटको विद्युत खेर गइरहेको हो । प्राधिकरणका अनुसार राति दैनिक ७ सय देखि ८ सय मेगावाटसम्म र दिउँसो ४ सय देखि ५ सय मेगावाट विद्युत खेर गइरहेको छ । प्राधिकरणले दैनिक रुपमा करिब ४ सय मेगावाट विद्युत भारतमा बिक्री गरिरहेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २१२ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि प्रस्ताव गरेको छ । तर, भारतीय पक्षबाट अनुमति नदिंदा विद्युत खेर ...