Thursday, May 7सत्यम खबर
Shadow

कुन शक्तिको दबावमा उपेन्द्र यादव ओलीको शरणमा पुगे

काठमाण्डौ, २६ असोज – मधेशवादी नारामा मधेशी जनतालाई गुमराह बनाई सत्ता स्वार्थमा सधै लिप्त रहेका जसपा अन्तमा मधेशी जनताको विरुद्ध उभिएका नेकपा एमाले संग हात मिलाएर आफनो चरित्रलाई उदांगो पारेको छ । मधेसका जनताको नाममा राजनीति गर्ने र अन्तिममा मधेसी जनतालाई नै धोका दिँदै आएका अवसरवादी नेता उपेन्द्र यादवले पनि अन्तिममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै शरणमा पुगेर त्वम् शरणम गच्छामी गरेर मधेशी जनतालाई ठूलो धोखा उपेन्द्र यादवले दिएको हो ।
यसअघि पनि उनलाई एमालेसँग मिल्‍नका लागि चर्को दबाब परेको थियो । चिनियाँ दबाबलाई थेग्‍न नसकेपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सिट बाँटफाँटको विषयलाई मुद्दा बनाएर ओलीको शरणमा जाने योजना अघि सारेका हुन्।

एमसीसी पारित गर्दा सहयोग गरेको भन्दै उपेन्द्र यादवसँग रुष्ट बनेको चीनले उनलाई तत्काल नेकपा एमाले सँग मिल्‍नका लागि दबाब दिएको स्रोतहरुले जनाएको थियो । मधेसमा चिनियाँ प्रभावलाई विस्तार गर्न नसकेको आरोप पनि यादवमाथि लाग्दै आएको थियो ।
यी सबै आरोपहरुको सफाइ दिनका लागि उनले सत्ता गठबन्धनमा रहेको भागबण्डाको कुरालाई नै मुद्दा बनाएर ओली सँग मिल्‍नसक्ने योजना अघि सारेका हुन् । तर, ओलीसँग मिल्‍नका लागि उनलाई त्यति सहज भने देखिँदैन ।
नेकपा एमालेसँग तालमेल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि तयार नभएपछि जसपासँग एमालेले हात अघि बढाए । २५ सिटको अडानमा रहेको जसपालाई कांग्रेस र माओवादी भनेजति दिन तयार भएनन । यस्तो अवस्थामा उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेर शरणमा पुगे ।
यस्तो अवस्थामा यदि मागेजति सिट आफूले नपाउने हो भने विकल्पमा जाने निष्कर्ष यसअघि नै जसपाले निकालिसकेको छ। जसपाले सत्ता गठबन्धन बाहेकका दलसँग पनि चुनावी तालमेलको ढोका खुला राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *