Thursday, May 7सत्यम खबर
Shadow

चीनलाई टक्कर दिन माेदीकाे याेजाना

काठमाण्डौ, २६ असोज – चीनलाई आर्थिक टक्कर दिन भारतमा मोदीले ल्याए सय खर्बको ‘पीएम गति शक्ति’ योजना १६ वटा मन्त्रालय संलग्न, विश्वका ठूला कम्पनी भित्र्याउने लक्ष्य रहेकाे छ ।

नेपालमा जस्तै भारतमा पनि पूर्वाधार विकास परियोजना समयमै निर्माण सम्पन्न नहुने समस्या विकराल छ। भारतीय संचारमाध्यमका अनुसार कूल पूर्वाधार परियोजनामध्ये आधाभन्दा बढी निर्धारित समयमा बन्ने गरेका छैनन्।

औसतमा चार विकास परियोजना मध्ये एउटाको निर्माण लागत अनुमानित भन्दा निकै बढी हुने गरेको छ। जसका कारण सडक, बन्दरगाह र रेल लगायत थुप्रै कनेक्टिभिटीका परियोजना निर्माणको गति ढिला र खर्च बढी छ। यो समस्यालाई भारतको मोदी सरकारले गम्भीर रुपमा लिएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रविधिको प्रयोगबाट यो समस्याको समाधानका लागि एउटा विशाल डिजिटल परियोजना अघि सारेका छन्, जसको हिन्दी नाम हो ‘पिएम गति शक्ति’ भारतीय प्रधानमन्त्रीको सोचअनुसार अघि बढाइएकाले यसलाई ‘पीएम गति शक्ति’ नाम दिइएको हो।

एकसय ट्रिलियन भारतीय रुपैयाँ (अमेरिकी डलर १.२ ट्रिलियन) को लगानी रहने उक्त परियोजनामा देशका १६ वटा मन्त्रालय संलग्न छन्। उक्त परियोजनाको आफ्नै वेबसाइट छ,। जसले भारतमा विविध परियोजनामा लगानी गर्न चाहने विश्वभरका लगानीकर्ता र बहुराष्ट्रिय कम्पनीलाई लगानीका लागि बिनाझन्झट सहजीकरण गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *