बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन थारूको आग्रह
कोहलपुर, १ कार्तिक – युवा तथा खेलकुद मन्त्री एवं वाम–लोकतान्त्रीक गठबन्धनको तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार महेश्वर गहतराज (अथक)ले आगामी ५ वर्षमा यस क्षेत्रमा बिकास र समृद्धीको अभियानले गति लिने बताएका छन । बाम लोकतान्त्रीक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समिती, बाँके निर्वाचन क्षेत्र नं १ (ख) को तर्फबाट आयोजित प्रथम बैठक तथा भेलालाई सम्बोधन गर्दै अथकले यस्तो बताएका हुन ।उनले बिगत ५ वर्षमा ठुला, मध्यम तथा साना आयोजनाको सुरुवात गरेर बाँकेमा बिकासको आधार तयार गरिएको भन्दै आगामी ५ वर्षमा यसलाई पुर्णता दिईने बताए । वर्षाैदेखि अँध्यारोमा बस्न बाध्य १ नं. निर्वाचन क्षेत्रका नागरीकलाई बिद्युतिकरणसँग जोड्न गरीएको प्रयन्नले पुर्णता पाएको बताउँदै अथकले राप्तिसोनारी र नरैनापुरलाई सडक संजालसँग जोडेर बिकासको मुलप्रवाहमा ल्याईएको बताए । सुगम जिल्लाको दुर्गम क्षेत्रका रूपमा रहेको क्ष...









