
नेपालगन्ज, २५ असाेज – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेपालगन्ज उपमहानगरपालिका कमिटी एवम् निर्वाचन क्षेत्र नं २ (ख) कमिटीको संयुक्त बैठक सम्पन्न भएको छ ।
उक्त बैठक प्रदेश ख कमिटी संयोजक दीपक मल्लको अध्यक्षतामा बसेको थियो । बैठक आगामी मंसिर ४ गते हुने प्रदेश एवम् संघको निर्वाचनमा केन्द्रित रहेको नगर कमिटी उपाध्यक्ष वसन्त मल्लले जानकारी दिएका छन् ।
संगठन शुद्धिकरण, संगठन विस्तार, पार्टी निर्माण एवम् कार्यकर्ता परिचालन जस्ता निर्णय पनि बैठकले गरेको छ । निर्वाचन क्षेत्र नं २ (ख) का उम्मेदवार अकलबहादुर बमलाई पार्टीले टिकट दिएपछि अब के कसरी हुन्छ, जिताउन सम्पूर्ण पार्टी पंक्ति कटिबद्ध भएर लागि पर्ने निर्देशन बैठकद्वारा जारी गरिको छ ।
बैठकमा पार्टीका प्रदेश कमिटी सह सचिव अकलबहादुर बमको प्रमुख अतिथियता र प्रदेश जिल्ला र नगर भित्रका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
