Wednesday, July 1सत्यम खबर
Shadow

आस्था

चीनले कहिले सुरू गर्ला गल्छी–रसुवागढी सडक स्तरोन्नति ?

चीनले कहिले सुरू गर्ला गल्छी–रसुवागढी सडक स्तरोन्नति ?

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २५ मंसिर – व्यापारिक मार्ग गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडकको तेस्रो खण्ड चीन सरकारको अनुदानमा चिनियाँ पक्षले निर्माण गर्ने सहमती भएको लामो समय भइसक्यो। तर चिनियाँ पक्षले नेपाल–चीन जोड्ने छोटो दूरीको उक्त सडक खण्डको काम भने सुरू गर्न सकेको छैन। कोभिड महामारी अगाडि नै काम सुरू गर्ने भनिए पनि अझसम्म काम सुरू हुन नसकेको हो । चीन सरकारको अनुदानमा बन्ने भनिएको स्याफ्रुवेशीदेखि रसुवागढीसम्मको तेस्रो खण्डको लम्बाई १७ किमी छ । सडक विभागका उपमहानिर्देशक भिमार्जुन अधिकारीका अनुसार कोभिड अगाडि साइट भिजिटका लागि चिनियाँ टोली आएको थियो। त्यसपछि काम सुरू गर्ने भन्दा भन्दै कोभिड महामारी सुरू भयो। काम सुरू हुन सकेन। अहिले कोभिडको अवस्था सामान्य बनिसक्दा पनि चिनियाँ टोली कामका लागि नआएपछि अब यो खण्डको स्तरोन्नति कहिलेदेखि होला त भन्ने चासो बढेको छ। अधिकारीले हालसम्म पनि...
सैन्य र सुरक्षाका विषयमा बोल्दा विवेक पुर्‍याउन जापानलाई चीनको चेतावनी

सैन्य र सुरक्षाका विषयमा बोल्दा विवेक पुर्‍याउन जापानलाई चीनको चेतावनी

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ मंसिर – चीनले जापानलाई सैन्य र सुरक्षाका विषयमा बोल्दा विवेक पुर्‍याउन चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले सुरक्षाका विषयमा बोल्दा जापानी पक्षले विवेकपूर्ण ढङ्गले बोल्नुपर्ने र क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्नका लागि थप काम गर्नुपर्ने टिप्पणी गरेकी हुन् । प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा जापानको बढ्दो रक्षा बजेटसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उक्त टिप्पणी गरेकी हुन् । माओले जापानको रक्षा बजेट लगातार १० वर्षसम्म बढेको बताउँदै यस्तो कदमले एसियाली छिमेकी र अन्तर्राष्ट्रिय समुदायबीच कडा आशंका पैदा गरेको बताएकी छिन् । ‘जापान विशेष रक्षाउन्मुख नीति र शान्तिपूर्ण विकासको बाटोमा अडिग रहन सक्छ । जापानले आफ्नो आक्रामकताको इतिहासलाई गम्भीरताका साथ चिन्तन गर्नुपर्छ । आफ्ना एसियाली छिमेकीहरूको सुरक्षा चासोको सम्मान गर्नुपर्छ ।’ उनले भनिन्, ‘स...
आतंकवादी हमलाहरूको सामना गर्न दिल्लीमा इजरायल-भारतको संयुक्त सुरक्षा अभ्यास

आतंकवादी हमलाहरूको सामना गर्न दिल्लीमा इजरायल-भारतको संयुक्त सुरक्षा अभ्यास

आस्था, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २५ मंसिर – भारतमा रहेको इजरायलको दूतावासले भारतीय सुरक्षा बलहरूसँगको सहकार्यमा गत हप्ता नयाँ दिल्लीमा उनीहरूको सबैभन्दा ठूलो संयुक्त सुरक्षा अभ्यास गरेको छ। भविष्यमा कुनै पनि प्रकारको आतंकवादी हमलाको लागि आकस्मिक योजनाहरूको तयारी र क्षमता सुनिश्चित गर्न संयुक्त सुरक्षा अभ्यास गरिएको हो। यस अभ्यासले भविष्यमा हुने सम्भावित खतराहरूको सामना गर्न सबै सुरक्षा बलहरूको तयारीलाई एकरूपता र परीक्षण गर्ने उद्देश्य राखेको थियो। “गत हप्ता, @IsraelinIndia ले #MHA, @DelhiPolice र #India का विशेष सुरक्षा बलहरूसँगको सहकार्यमा कुनै पनि प्रकारको आतंकवादी हमलाका लागि आकस्मिक योजनाहरूको तयारी र क्षमता सुनिश्चित गर्न सबैभन्दा ठूलो संयुक्त सुरक्षा अभ्यास सञ्चालन गर्‍यो। यसले हाम्रो सहयोगलाई अझ गहिरो बनाउनेछ,’ भारतमा इजरायलको दूतावासको आधिकारिक ह्यान्डलमा ट्विट गरिएको छ। यस अवसरमा बोल्दै भारतका...
आठौं धारा नेपालगन्ज म्याराथनको च्याम्पियन सेनाका खडक र बागमतीकी सन्तोषी

आठौं धारा नेपालगन्ज म्याराथनको च्याम्पियन सेनाका खडक र बागमतीकी सन्तोषी

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ मंसिर – विभागीय टोली त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्का आठौं धारा नेपालगन्ज म्याराथनको च्याम्पियन बनेका छन् ।शनिवार नेपालगन्जमा भएको म्याराथनमा आर्मीका खडकले निर्धारित दुरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पुरा गरी विजेता बनेका हुन् । गत बर्ष एपीएफका किरणसिंह बोगटीले जितेका थिए । खड्का गत संस्करणमा चौथो स्थानमा आएका थिए । खड्काले चौथो संस्करण बाहेक हरेक संस्करणमा भाग लिदैं आउँदा यस बर्ष विजेता बनेका हुन् । म्याराथन करिअरमा यो उनको पहिलो स्वर्ण हो । नेपाल आर्मीकै नरेन्द्र रावत दोस्रो भए । उनी गत बर्ष पनि दोस्रो भएका थिए । नरेन्द्रले निर्धारित दुरी २ घण्टा २२ मिनेट २९ सेकेन्डमा पुरा गरेका थिए । आर्मीकै मोहनदेव जोशी २ घण्टा २४ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भए । म्याराथनमा कमलराज तिमिल्सेना २ घण्टा ४१ मिनेट ५७ सेकेन्डमा दुरी पुरा गर्दै चौथो स्थान हासिल गरे । रेवत दाहाल...
चेस प्रतियाेगिता सम्पन्न, ईशा गिरी ५ अंकका साथ प्रथम

चेस प्रतियाेगिता सम्पन्न, ईशा गिरी ५ अंकका साथ प्रथम

आस्था, खेल, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २४ मंसिर - प्याब्सन नेपालगन्ज तेश्राे संस्करण चेस प्रतियाेगिता सम्पन्न भएकाे छ । प्याब्सन नेपालगन्जद्वारा मंसिर २२ र २३ गते गरी दुई दिनमा आधारभुत तहका छात्रा तथा छात्र र माध्यमिक तहका छात्रा तथा छात्र गरी छुट्टाछुट्टै ४ वटा इभेन्टहरुकाे आयाेजना गरिएकाे हाे । सबै इभेन्ट ५ राउण्डमा प्रतिस्पर्धा गराईएकाे प्रतियाेगितामा नेपालगन्जका १७ वटा विद्यालयहरुले भाग लिएका हुन ।आधारभुत तहकाे छात्रा तर्फ ११ जना सहभागीहरु मध्यबाट सबै राउण्ड जित्दै कक्षा ३ सगरमाथा स्कुलमा अध्ययनरत इशा गिरी ५ अंकका साथ प्रथम, कक्षा ८ नेपालगन्ज माेडल एकेडेमीकी श्रृष्टी शाह ४ अंक सहित दाेश्राे र ३ अंक ल्याउँदै पशुपति स्कुल राँझाकी निरुता कार्की तेश्राे भएकी छन् । १५ जना खेलाडीहरु भएकाे आधारभुतकै छात्र तर्फ पशुपति स्कुलका सग्यान पाण्डेलाई हराउँदै ४.५ अंक साथ कक्षा ८ जय वागेश्वरी स्कुलका हेमाङबाबु सिंह प्रथम, ४ अंक ल्...
गाै हत्याकाे विराेधमा विश्व हिन्दू परिषदद्वारा ज्ञापनपत्र

गाै हत्याकाे विराेधमा विश्व हिन्दू परिषदद्वारा ज्ञापनपत्र

अपराध, आस्था, धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २३ मंसिर - विश्व हिन्दू परिषद नेपाल बाँकेद्वारा गौ हत्याको बिरोधमा आज जिल्ला प्रशासन कार्यालय बाँकेका कार्यबाहक प्रमुख हरी प्याकुरेलमार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाईएकाे छ ।ज्ञापन पत्रमा "मिति ०७९ मंसिर १९ गते राती कञ्चनपुर जिल्ला बेदकाेट नगरपालिकामा पशु चाैपाया व्यवस्थापनकाे क्रममा भएकाे गाै हत्याप्रति हाम्राे गम्भीर ध्यानाकर्षण भएकाे छ र यस प्रकारकाे जघन्य क्रियाकलापकाे विश्व हिन्दु परिषद नेपाल घाेर भत्सर्ना गर्दछ । नेपालकाे कानुनले गाैहत्यालाई पुर्णता वर्जित गरेकाे भएता पनि स्थानिय सरकारद्वारा नै गाै हत्या हुनु गम्भीर एवम् चिन्ताजनक विषय हाे । नेपालकाे कानुनमा गाै हत्यालाई दण्डनीय अपराध भनेर उल्लेख गरिएता पनि व्यवहारमा दण्डहीनता माैलाएकाे देखिन्छ"-भनी उल्लेख गरिएकाे छ ।गाई नेपालकाे राष्ट्रिय जनावर मात्र नभई बहुसंख्यक सनातनी हिन्दुहरूकाे आस्था एवम् अन्तर आत्मासँग समेत ...
बेलभारमा निःशुल्क आँखा शिविर सम्पन्न

बेलभारमा निःशुल्क आँखा शिविर सम्पन्न

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, २३ मंसिर – बाँकेको जानकी गाउँपालिकाको वडा नम्बर २ बेलभारमा एक दिने आ“खा शिविर विहिबार सम्पन्न भएको छ ।फत्तेबाल आँखा अस्पताल नेपालगन्जको आयोजना तथा जानकी गाउँपालिका वडा नं. २ स्वास्थ्य चौकीको सहकार्यमा संयुक्त तत्वधानमा सो शिविर सम्पन्न भएको हो ।शिविरमा जम्मा ३ सय ७० जना आँखाका रोगीले आँखा जाँच गराएका थिए । जस मध्ये ८० जनामा मोतिया बिन्दु फेला परेका छन् ।मोतिया बिन्दुका बिरामीहरुलाई सहुलियत दरमा अस्पताल मै गई अपरेसन गर्ने केन्द्रका कार्यक्रम संयोजकले जानकारी दिएका छन् । वडाध्यक्ष गुप्ताका अनुसार वडावासीहरूकाे स्वास्थ्य सेवाका लागि अगामी दिनमा यस वडा कार्यालयबाट थप स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै जेष्ठ नागरिकहरूकाे लागि विशेष स्वास्थ्य याेजना ल्याईने बताउनुभयाे ।...
राँझामा बहुउद्देश्यीय भवन बन्ने

राँझामा बहुउद्देश्यीय भवन बन्ने

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २३ मंसिर – नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २० राँझामा बहुउद्देश्यीय भवन बन्ने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आज बहुउद्देश्यीय भवनको शिलान्यास गर्नु भएको छ । तीन हजार स्क्वायर मिटरमा बन्न लागेको भवन निर्माणको जिम्मा हेबिवेट कन्स्ट्रक्सनले पाएको छ । हेबिवेट कन्स्ट्रक्सनका इन्जिनियर सन्देश कडायतले जेठ मसान्तसम्म बहुउद्देश्यीय भवन निर्माण गरिसक्ने बताउनुभयो । बहुउद्देश्यीय भवन एडिबीको सहयोग र खानेपानी तथा ढल निकास विभागको समन्वयमा बन्न लागेको नगरपालिकाका सब–इन्जिनियर समेत रहेका प्राविधिक सम्पर्क व्यक्ति पवन बुढाले जानकारी दिनुभयो । १ करोड ६६ लाख ९६ हजारको लागतमा भवन बन्न लागेको हो । महामारीजन्य रोगहरुलाई लक्षित गरेर होल्डिङ सेन्टरका रुपमा उपयोग गर्ने उद्देश्यका साथ भवन बनाउन लागिएको नगर प्रमुख विष्टले बताउनुभयो । उहाँले बहुउद्देश्यीय भवनको छेउँम...
महिला, पुरुष गरी १ सय ५ जनाले गरे रक्तदान

महिला, पुरुष गरी १ सय ५ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ मंसिर – रक्तदान जीवनदान भन्ने उद्देश्यका साथ बर्दियाको भुरीगाउँमा सातौं पटक बृहत रक्तदान शिविरमा महिला, पुरुष गरी १ सय ५ जनाले रक्तदान गरेका छन् ।ठाकुरबाबा नगरपालिका नगर कार्यपालिकाको कार्यालय सैनवार र आयोजनामा, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुबाबा नगर समितिको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रमा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, उपप्रमुख बीना भट्टराई, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेम प्रसाद लम्सालले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्राविधिक, होमराज गिरी, राजेन्द्र महतरा, समिक्षा खडकालाई हस्तान्तरण गरी बिधिवत रुपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।सातौं रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगरकार्यपालिका सैनवार नगर प्रमुख तिलकराम लम्साल, उप(प्रमख बीना भट्टराई, नेपाल स्वयंसेव...
महिला हिंसा विरुद्ध अन्तरपाटीकाे शोकसभा

महिला हिंसा विरुद्ध अन्तरपाटीकाे शोकसभा

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २१ मंसिर - अन्तरपाटी महिला संजाल बाँकेद्धारा दाइजोका कारण ज्यान गुमाएकी असफरुला खाँको न्यायको माग गर्दै महिला हिंसा विरुद्ध वि.पि.चोकमा माेमबत्ति बालेर शोक सभा कार्यक्रम सम्पन्न गरेकाे छ ।१६दिने महिला हिंसा विरुद्धको अभियानलाइ सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका उप–प्रमुख कमरुद्धिन राइले महिलामाथि हिंसा गर्ने र महिलाको हत्या गर्नेलाइ कडाभन्दा कडा कारवाहि हुनुपर्ने भन्दै पीडितलाइ न्याय र पीडकलाई कारवाहि गर्नमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।दाइजोका कारण मृत्यु भएकी मृतक खाँको आत्माले शान्ति पाओस भन्दै एक मिनेट मौनधारण र हार्दिक श्राद्धान्जलि अर्पण गरेको, म हिंसा गर्दिन, म हिंसा सहन्न, म हिंसा हुन दिन्न भन्ने प्रतिवद्धता स्वरुप सेतो रिवन पनि वितरण गरिएको अन्तरपाटी महिला संजाल बाँकेका सचिव अछरी पोखरेलले जानकारी दिइन ।मृतक अफसरुला खाँका बुबा वहव खाँले पटकपटक के...