सीमा क्षेत्रमा तनाव, अधिकारीबिच कुरा भएपछि बन्द गरिएको पुल खोलियो
दार्चुला । दार्चुलास्थित नेपाल र भारतको सीमानाका क्षेत्रमा तनाव सिर्जना भएको छ ।आईतवार दिउँसो जिल्लास्थित नेपाल–भारत जोड्ने महाकाली नदी माथिको पुलमा लफडा भएको हो। हिजो भएको विवादमा नेपाल बाट र भारत बाट ढुंगा प्रहारसमेत गरेको स्थानीयहरुले बताएका छन् । दुवै तर्फबाट ढुंगा प्रहार गर्दा चार घाइते भएको बताइएको छ। यद्धपी दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने पारीबाट नभइ वारीबाट ढुगां प्रहार भएको र डोजर चालक सामान्य घाइते भएको बताउनुभयो । नेपाली नागरिकहरुले दिउँसो तटबन्धको विरोधमा नेपाल–भारत जोड्ने पुलमा आवतजावत बन्द गरेका थिए । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारतको धारचुलाका एसडीएमबिच कुराकानी भएपछि केही समय बन्द भएको पुल खोलिएको छ । विगतमा भएका सहमति कार्यान्वयन गर्ने र दुइपक्षीय सहमतिका आधारमा मात्रै निर्माण कार्य अगाडी बढाउने सहमति पछि पुल खोलिएको प्रजि...









