Monday, April 27सत्यम खबर
Shadow

महिला हिंसा विरुद्ध अन्तरपाटीकाे शोकसभा

नेपालगन्ज, २१ मंसिर – अन्तरपाटी महिला संजाल बाँकेद्धारा दाइजोका कारण ज्यान गुमाएकी असफरुला खाँको न्यायको माग गर्दै महिला हिंसा विरुद्ध वि.पि.चोकमा माेमबत्ति बालेर शोक सभा कार्यक्रम सम्पन्न गरेकाे छ ।
१६दिने महिला हिंसा विरुद्धको अभियानलाइ सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका उप–प्रमुख कमरुद्धिन राइले महिलामाथि हिंसा गर्ने र महिलाको हत्या गर्नेलाइ कडाभन्दा कडा कारवाहि हुनुपर्ने भन्दै पीडितलाइ न्याय र पीडकलाई कारवाहि गर्नमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
दाइजोका कारण मृत्यु भएकी मृतक खाँको आत्माले शान्ति पाओस भन्दै एक मिनेट मौनधारण र हार्दिक श्राद्धान्जलि अर्पण गरेको, म हिंसा गर्दिन, म हिंसा सहन्न, म हिंसा हुन दिन्न भन्ने प्रतिवद्धता स्वरुप सेतो रिवन पनि वितरण गरिएको अन्तरपाटी महिला संजाल बाँकेका सचिव अछरी पोखरेलले जानकारी दिइन ।
मृतक अफसरुला खाँका बुबा वहव खाँले पटकपटक केटा पक्षले दाइजो माग्दै आएकाे र भनेको जति दाइजो नपाएपछि आफनी छोरीलाइ मारेर झुण्डाएको अवस्थामा फेला परेको बताए ।
यसैगरी खजुरा क्यान्सर अस्पतालका प्रमुख टेकेन्द्र मल्लले महिला दिदी वहिनीहरुलाई यसरी दाइजोको कारण मारेर फाल्नु निन्दनिय कार्य रहेको भन्दै महिलामाथि हिंसा गर्ने जोकोहिलाई पनि कानुन बमोजिमको कारवाहिको माग गरे । अन्तरपाटि महिला संजालका नि.बर्तमान अध्यक्ष रेखा गुप्ताले स्व.अफसरुला खाँको घट्नालाई घरपरिवार र समाजले समयमै बाहिर नल्याइकन लुकाएका कारण न्याय दिलाउनमा ढिलाइ भएको भन्दै घर परिवार छिमेकीले पनि महिला हिंसाका घटना लुकाउन नहुने वताउनु भयो ।
बाँके महिला सेलका प्र.ना.नी महेश्वरी विष्टले महिला सेलमा महिला हिंसाका घटना लिएर आएमा आफुले निष्पक्ष रुपमा न्याय दिलाउन पहल गर्ने प्रतिवद्धता ब्यक्त गरीन ।
अन्तरपाटी महिला संजाल बाँकेका अध्यक्ष अम्बिका काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला जागृति सेलका अध्यक्ष लक्ष्मी श्रेष्ठ, फातिमा फाउण्डेसनका अध्यक्ष मैमुना सिद्धिकि, अन्तरपाटी महिला संजाल बाँकेका पुर्व अध्यक्ष रेणुका खड्का, उपाध्यक्ष गीता राना, रत्न राना, संजालका सदस्यहरु इता शर्मा, रिचा दुवेदी, अधिकारकर्मी महिलाहरु शोभा विसी, सरला विष्ट, कृष्ण पाठक, सुमित्रा चौधरी, नेकपा एमाले नगरकमिटिका अध्यक्ष दत्त आचार्य लगायत ५ दर्जन बढिको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *