
नेपालगन्ज, २३ मंसिर – विश्व हिन्दू परिषद नेपाल बाँकेद्वारा गौ हत्याको बिरोधमा आज जिल्ला प्रशासन कार्यालय बाँकेका कार्यबाहक प्रमुख हरी प्याकुरेलमार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाईएकाे छ ।
ज्ञापन पत्रमा “मिति ०७९ मंसिर १९ गते राती कञ्चनपुर जिल्ला बेदकाेट नगरपालिकामा पशु चाैपाया व्यवस्थापनकाे क्रममा भएकाे गाै हत्याप्रति हाम्राे गम्भीर ध्यानाकर्षण भएकाे छ र यस प्रकारकाे जघन्य क्रियाकलापकाे विश्व हिन्दु परिषद नेपाल घाेर भत्सर्ना गर्दछ । नेपालकाे कानुनले गाैहत्यालाई पुर्णता वर्जित गरेकाे भएता पनि स्थानिय सरकारद्वारा नै गाै हत्या हुनु गम्भीर एवम् चिन्ताजनक विषय हाे । नेपालकाे कानुनमा गाै हत्यालाई दण्डनीय अपराध भनेर उल्लेख गरिएता पनि व्यवहारमा दण्डहीनता माैलाएकाे देखिन्छ”-भनी उल्लेख गरिएकाे छ ।
गाई नेपालकाे राष्ट्रिय जनावर मात्र नभई बहुसंख्यक सनातनी हिन्दुहरूकाे आस्था एवम् अन्तर आत्मासँग समेत जाेडिएकाे तथ्य सर्वविदितै छ । हिन्दुहरू गाईलाई आमाकाे रूपमा पुज्ने गर्दछन् । गाईकाे हिन्दु धर्ममा धार्मिक महत्व रहनुका साथै वैज्ञानिक रूपमा समेत विशेष महत्व रहेकाे छ । यश किसिमकाे घटनाक्रमले बारम्बार हिन्दु समुदायकाे आस्था एवम् भावनामा गम्भीर चाेट पुर्याउँदै खेलवाड गर्दै आएकाे ज्ञापन पत्रमा उल्लेख गरिएकाे छ ।
यसैगरी यश किसिमकाे घटनाका दाेगीलाई समय मै कानुनी दायरामा ल्याईएन भने सामाजिक सद्भावमा समेत खलल पुग्ने देखिन्छ । पशु चाैपाया व्यवस्थापन गर्ने बहानामा जिउँदै गाैवंशलाई खाल्डाेमा पुर्ने अपराधीलाई कडा कारवाहीकाे लागि सम्बन्धित निकाय समय विश्व हिन्दु परिषद नेपाल जाेडदार माग गर्दछ । नेपालकाे राष्ट्रिय जनावरकाे रक्षा एवम् बहुसंख्यक जनताकाे भावनाकाे कदर गर्दै गाैहत्या एवम् गाै तस्करीमा संलग्न अपराधी एवम् यस प्रकृतिका अपराधीलाई बचाउन खाेज्ने तत्व समेतलाई कडाभन्दा कडा कारवाही गर्न विश्व हिन्दु परिषद नेपाल सरकार समक्ष हार्दिक अपिल गर्दछ भनी उल्लेख गरिएकाे छ ।
ज्ञापन पत्र विश्व हिन्दु परिषद नेपालका जिल्ला अध्यक्ष कृष्णा देवी पाण्डेयले बुझाएका थिए ।
