Thursday, December 18सत्यम खबर
Shadow

ब्रिनोजको आन्तरिक बिबाद प्रशासन पुग्यो, संस्था बिरुद्ध जिल्ला प्रशासनमा उजुरी

नेपालगन्ज, ५ चैत्र – नेपालगन्जमा क्रियाशिल ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नामक संस्थामा बिबाद सृजना भएको छ । संस्थाको आन्तरिक बिबाद जिल्ला प्रशासन कार्यालय बाँकेसम्म पुगेको छ । संस्था बिद्यान बिपरित सञ्चालन भएको, संस्था भित्र चरम अनियमितता रहेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा फाल्गुण १५ गते उजुरी दर्ता भएको छ ।
संस्थाको प्रमुख कार्यकारी पदमा कार्यरत पुरणबहादुर थारुले संस्थाका अध्यक्ष लगायतलाई बिपक्षि बनाउँदै जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी दर्ता गरेका हुन् ।
संस्थाको बिषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको जानकारी बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र के.सी.ले दिएका छन् । दर्ता भएको उजुरीमा संस्था बिद्यान बिपरित सञ्चालन भईरहेको, संस्थामा चरम अनियमितता, मनोमानी रहेको उल्लेख छ ।
उच्च प्रतिबद्धताका साथ संस्थाको गरिमालाई उचो पार्नका लागि अहोरात्र खटिरहँदा समेत आफुलाई बिद्यान, ऐन, नियम बिपरित हटाउनका लागि संस्थाको कार्य समिति लागेको जानकारी गराउँदै छानविन गरि दोषिलाई कार्वाही गर्न थारुले माग गरेका छन् ।
२०५७ सालमा फत्तेवाल आँखा अस्पतालबाट समुदायमा आधारित कान स्वास्थ्य कार्यक्रम ब्रिटेन नेपाल अटोलोजि सर्भिसको सहयोगमा बाँकेका तत्कालिन ५ गाविसका लागि शुरुवात भएको उक्त संस्थाको शुरुवातको समय देखिनैं पुरण स्वास्थ्य सहायकको रुपमा कार्यरत रहेका थिए ।
२०५८ साल देखि २०६४ सालसम्म नेपाल रेडक्रस सोसाईटीको अन्धोपन तथा स्वास्थ्य प्रबद्र्धन कार्यक्रम अन्तर्गत सञ्चालन भएको उक्त सेवालाई २०६५ सालमा पुरण लगायतकै पहलमा कान स्वास्थ्य सम्वन्धि जनचेतनामुलक कार्य गर्ने, प्राथमिक श्रवण पुर्नस्थापना सेवा प्रदान गर्ने लगायतका उद्धेश्य राखि स्थापना भएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा संस्था २०६५ चैत्र ७ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भएको थियो ।
आफु लगायतको अथक मेहेनतबाट ब्रिटेन नेपाल अटोलोजि सर्भिसको सहयोगमा सन् २०१३ सालमा सिलान्यास भई २०१५ सालमा संस्थाको भवन नेपालगन्जको फुल्टेक्रामा निर्माण भएको, फत्तेवाल आँखा अस्पातलबाट सेवा प्रबाह भईरहेकोमा २०१६ सालदेखि आफ्नै भवनबाट सेवा शुरु भएको थारुले निबेदनमा उल्लेख गरेका छन् ।
संस्थाले शुरुवातदेखि हालसम्म लाखौं बिरामीहरुलाई सेवा प्रदान गरेको, सम्पूर्ण सेवा प्रबाहमा आफुले महत्वपूर्ण भुमिका निर्वाह गरेको, संस्थाको छबि उच्च पार्नका लागि आफु स्थापना हुनु पूर्ब देखिनैं सक्रिय रहेको, संस्थालाई अन्तर्राष्ट्रिय स्तरबाट सहयोग जुटाउन देखि लिएर सामाजिक रुपमा स्थापित गर्न, बाँके, बर्दिया, सुर्खेत र दैलेखमा सेवा बिस्तार र बिभिन्न जिल्लाहरुमा शिविरहरु सञ्चालन गर्न अहोरात्र खटिएको, नेपालको पहिलो कान सहायकको रुपमा कार्य शुरु गरि हाल सम्म उक्त संस्थामा रहेर कार्य गरिरहेको उल्लेख गर्दै थारुले संस्था स्थापना हुनु पूर्ब देखिनैं उक्त कार्यक्रमको व्यवस्थापकिय प्रमुखको रुपमा कार्यरत रहँदै आएको, संस्था स्थापना भईसके पश्चात संस्थाबाट कान स्वास्थ्य अधिकृतको रुपमा नियुक्त भएको, सन् २०१६ देखि प्रमुख कार्यकारी पदको रुपमा नियुक्त भएकोे र सोही बमोजिम आफुले संस्थाको सम्पूर्ण व्यवस्थापिकय प्रमुखको रुपमा कार्य गर्दै आएको उनले निबेदनमा उल्लेख गरेका छन् ।
संस्थाको बिधान २०६५ बमोजिम संस्था सञ्चालनमा नआएको, बार्षिक रुपमा साधारण सभा नगर्ने गरेको, नबिकरणका लागि कागजी रुपमा साधारण सभा गर्ने गरिएको, स्थापना काल देखि हाल सम्म एउटै कार्य समिति रहेको, संस्थामा साधारण सदस्यता कसैलाई नदिएको, बिधान बमोजिम कुनै पनि ऐन, नियमावलीहरु नबनाएको, संस्थाको नाममा रहेको एल्बुलेन्स संस्थाका अध्यक्षले चरम रुपमा व्यक्तिगत कामका लागि प्रयोग गरेको लगायतका बिषयहरुमा आवाज उठाई संस्था भित्र आन्तरिक सुशासन कायम गर्नका लागि पहल गर्दा उल्टै आफुलाई संस्थाबाट हटाउने षड्यन्त्र भईरहेको उल्लेख गर्दै थारुले आफुलाई न्याय प्रदान गर्न प्रशासनसँग माग गरेका छन् ।
कुनै पनि आरोप लाग्दा आरोप प्रमाणित नभईकन कोही, कसैलाई कार्वाही गर्न नहुने कुरा जगजाहेर रहेको अवस्थामा मिति २०७९ माघ १६ गते मलाई एकाएक बिद्यान, श्रम ऐन, मानव अधिकारको बिश्वव्यापी घोषणा पत्र बिपरित कपोलकल्पित आरोप लगाई निलम्वन गरिएको पत्र आफुाई गुण्डागर्दि शैलीमा बुझाई जवरजस्ति कार्यकक्षको चापि मागिएको, २०७९ माघ १७ गते देखि आफुलाई कार्यालय जानबाट रोक लगाईएको उनले निबेदनमा उल्लेख गरेका छन् ।
निबेदनमा उनले लेखेका छन्– निलम्वन गर्नु पूर्ब लागेका आरोपहरु बारे छानविन गर्ने, सफाई दिने मौका समेत नदिई निलम्वन गरिनु गैरकानुनी रहेको महसुस मलाई भएको छ । तथापी निलम्वन गरिएको भनि पठाईएको पत्रमा स्पष्टिकरण समेत माग गरिएकाले मैले हदै सम्मको लचकता अपनाई २०७९ माघ २२ गते संस्थालाई स्पष्टिकरण बुझाएँ । मैले स्पष्टिकरण बुझाई सके पश्चात फाल्गुण ५ गते संस्थाले पुनः स्पष्टिकरण पेश गर्न पत्राचार ग¥यो, सो पत्र बमोजिम मैले फाल्गुण ८ गते पुनः स्पष्टिकरण संस्थालाई बुझाईसकेको छु । यसरी पटक, पटक स्पष्टिकरण माग्ने, स्पष्टिकरण दिँदा समेत मेरो स्पष्टिकरणलाई रद्दिको टोकरीमा फाल्ने र जवरजस्ति राजिनामा माग गर्ने काम उक्त संस्थाबाट भईरहेको छ ।
मलाई लगाईएका कुनै पनि आरोप प्रमाणित छैनन्, आरोप प्रमाणित भएमा म जुनसुकै कार्वाहीको भागिदार हुन तयार रहेको छु–निबेदनको अन्तमा उनले लेखेका छन्–उल्लेखित पृष्ठभुमीमा हाल उक्त संस्था नविकरण हुन समेत सकेको छैन, म स्थापना काल देखि कार्यरत कर्मचारीलाई मेरो योगदानको कदर नगरि कपोलकल्पित, भ्रामक, निराधार, झुठा आरोप लगाई मेरो मान, मर्दन हुने गरि मलाई निलम्वन गरिएकाले मेरो मानव अधिकार हनन भएको छ । अतः उल्लेखित तथ्य, यस निबेदन साथ संलग्न प्रमाणहरुका आधारमा छानविन गरि मेरो पुर्नवहालीका लागि आवश्यक व्यवस्था मिलाई न्याय प्रदान गरिदिनहुन अनुरोध छ । पुरणले गैर सरकारी संस्था महासंघ नेपाल, बाँके शाखा लगायतलाई बोद्धार्थ समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *