Thursday, December 18सत्यम खबर
Shadow

वडाध्यक्ष दीपक बर्माद्वारा थप अर्को कालोपत्रे सडक निर्माण सम्पन्न

नेपालगन्ज, ५ चैत्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा रहेको दुई हप्ता न बित्दै थप अर्को अस्फाल्ट सडक कालोपत्रे निर्माण सम्पन्न गरिएको छ ।
नेपालगन्ज वडा नं. १८ को भाटभटेनीदेखि पश्चिम् रहेको श्री नगर टोलमा स्थानीय तहको बजेटबाट रु ४० लाख ५६ हजारको लागतमा २७० मीटर अस्फाल्ट कालोपत्रे सडक निर्माण सम्पन्न भएको वडाध्यक्ष दीपक बर्माले बताउनुभयो ।
यस आर्थिक बर्षमा हालसम्म वडा नं. १८ मा १२ वटा सडक निर्माण सम्पन्न भइ सकेको छ । ३ वटा टोलमा थप कालो पत्रे, पी.सी.सी तथा आर सी सी नाला सहित माटो ग्राबेलको कार्य जारी रहेको वडाध्यक्ष बर्माले बताउनुभयो ।
पुर्वाधार संगै शिक्षा, कृषि, स्वास्थ्य, बिपन्न बस्तिमा धारा जडान, सोलार, मन्दिर, मदरसा श्मशान घाट, साईबर क्राईम, लक्षित कार्यक्रम लगायतको कार्य समेत सम्पन्न हुने अध्यक्ष बर्माले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *