
डुडुवा ७ चैत – बाँके डुडुवा गाउँपालिका स्तरीय वार्षिक परिक्षा सञ्चालन भईरहेको छ । २०७९ सालको वार्षिक परिक्षा चैत २ गतेदेखि शुरु भएको डुडुवा गाउँपालिका शिक्षा शाखा प्र्रमुख सञ्जयकुमार कर्णले बताउनुभयो । उहाँका अनुसार परिक्षामा कक्षा एकदेखि ९ कक्षासम्मका करिब दुई हजारभन्दा बढी विद्यार्थीहरु सामिल भएका छन् ।
डुडुवामा सामुदायिक विद्यालय १६ वटा, मदरसा १७ वटा, गुरुकुल १ वटा र बोर्डिङ्ग ९ वटा रहेका छन् । कक्षा ८ को बोर्ड परिक्षाको निरिक्षण समेत गरिएको छ । डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, शिक्षा शाखा प्रमुख कर्णलगायतको टोलीले परिक्षा सञ्चालन भईरहेको विद्यालयको निरिक्षण गर्नुभएको छ ।
आज मंगलबार डुडुवा ५ डलैपुर विद्यालयमा सञ्चालित परिक्षाको अनुगमन गर्दै पालिकाका उपप्रमुख बानोले सबै विद्यालयमा मर्यादित रुपमा शान्तिपुर्वक परिक्षा भईरहेको बताउनुभयो । चैत १० गतेसम्म सञ्चालन हुने परिक्षा बिहान ८ बजेदेखि शुरु भएको हो ।
