ब्रिनोजमा एक–अर्को पक्ष बीच आरोप–प्रत्यारोप, समस्या समाधान गर्न प्रशासनको ध्यान केन्द्रित हुनुपर्ने भनाई
नेपालगन्ज, १२ चैत – नेपालगन्जमा रहेको ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रमा दुईपक्ष बीच विवाद चर्कदै गएको छ । अस्पताल व्यवस्थापन समितिले संस्था दर्ता ऐन विपरित मनोमानी ढंगले अस्पताल सञ्चालन गर्दै आएको हुनाले विवाद अझै चर्किएको हो । विवाद चर्कदै गएपछि आईतवार अस्पतालमा सचेत नागरिक समाज बाँकेले तालाबन्दी गरेको तथा केही समय पश्चात खोलेको छ । लामो समय विवादित रहेको अस्पताल विरुद्ध आवश्यक छानविन गरि पाउँ भनि निवेदन समेत पर्दा अस्पताल व्यवस्थापन समित र प्रशासनले सुनवाई नगर्दा तालाबन्दि गर्न बाध्य भएको एक पक्षको भनाई रहेको छ ।नेपालमा एक नम्बरमा सेवा प्रदान गर्दै आईरहेको अस्पतालमा कुनै एक पक्षलाई आरोप लगाउनु उचित नभएको भन्दै दुबै पक्षको कमीकमजोरी रहेको नेपाल रेडक्रस सोसाईटी बाँकेका कार्यसमिति सदस्य तथा समाजसेवी अजिज कुमार शर्माले बताउनुभयो । सुरुवाती कालदेखी संस्थाको प्रमुख कार्यकारी पदमा कार्यरत...









