Thursday, April 30सत्यम खबर
Shadow

दोक्लाम मामिलामा चीनले भुटानलाई दबाब दिएको खुलासा, भारत उभियो थिम्पुको साथमा

काठमाण्डौ, ३ बैशाख – त्रिदेशीय बिन्दु दोक्लाममा भारतको अडानले पछि हट्न बाध्य चीनले भुटानलाई भने चर्को दबाब दिएको खुलेको छ । दोक्लाम भारत, चीन र भुटानको त्रिदेशीय सीमा हो । जहाँ भारत र चीन आमनेसामने भएका थिए । पुरै क्षेत्र कब्जा गर्न आएको चीन पछि हटेको थियो । सडक निर्माणबाट पछि हटेको थियो ।
भारतको नयाँदिल्लीस्थित विदेश नीति ‘थिङ्क ट्याङ्क’ रेड ल्यान्टर्न एनालिटिकाले आफ्नो अनुसन्धान प्रतिवेदनमार्फत भुटानलाई डोक्लाममा आफ्नो अडान परिवर्तन गर्न चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले चर्को दबाब खुलासा गरेको हो ।
मैत्रीसन्धिलगायत सम्झौताअन्तर्गत आफ्नो परराष्ट्र नीतिमा भारतसँग समन्वय र सहकार्य गर्न राजी भएको भुटानलाई आफ्नो अडान परिवर्तन गर्न सीसीपीले चर्को दबाब दिइरहेको तथा भुटानका प्रधानमन्त्री लाटे छिरिङले विवादमा भारत, चीन र भुटानको समान सरोकार रहेकाले त्रिपक्षीय छलफल हुनुपर्नेमा जोड दिएको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०१७ मा सीपीसीको नेतृतवमा चिनियाँ सेनाले डोक्लाममा अवस्थित सडकलाई दक्षिणतर्फ विस्तार गर्ने प्रयास गरेपछि भारत र चीनबीच विवाद बढेको हो । प्रतिवेदनअनुसार चीनले पुरै डोक्लाम क्षेत्रमाथि आफ्नो दाबी गर्दै आएको छ भने भारतले ऐतिहासिक सम्झौता र सन्धिको पालनामा जोड दिँदै आएको छ ।
‘विवादित क्षेत्रमा पूर्वाधार निर्माणको प्रयास गरेर चीनले भुटानसँगको अनौपचारिक सम्बन्धमा कटुता थप्न चाहेको देखिन्छ तर भुटानले आफ्नो शान्तिवादी अडानमा परिवर्तन नगर्नु भुटानकै निम्ति लाभदायक हुनेछ,’ यो भूराजनीतिक विषयमा चीनबाट प्रभावित नभई थिम्पुले आफ्नो स्पष्ट अडान राख्नुपर्ने प्रतिवेदनमा भनिएको छ ।
भारतले चिनियाँ दबाबसामु खरो रुपमा उत्रिन र विचलित नहुन भुटानलाई आग्रहसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *