Wednesday, May 6सत्यम खबर
Shadow

कर्मचारी मिलन केन्द्रबाट नववर्षको शुभकामना तथा भित्ते पात्रो बिमोचन

नेपालगन्ज, ६ बैशाख – कर्मचारी मिलन केन्द्र बाँकेको आयोजनामा बैसाख ५ गते मंगलबारका दिन जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा नव वर्ष २०८० को शुभकामना आदान–प्रदान, २०८० को भित्तेपात्रो बिमोचन तथा बाँकेमा आउने नयाँ कर्मचारीहरुको स्वागत कार्यक्रमको आयोजना गरिएको थियो ।
कर्मचारी मिलन केन्द्र बाँके अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रमको प्रमुख अतिथीमा उच्च अदालत तुलसीपुर इजलास नेपालगन्जका माननीय न्यायधीश भानुभक्त शर्मा न्यौपाने, बिशेष अतिथीमा बाँके जिल्ला अदालतका माननीय न्यायधीश धनसिंह महरा, बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्य, ४ नं बाहिनीपती सहायक रथी प्रकाश थापा रहनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी तथा बिशेष अतिथीले कर्मचारी मिलन केन्द्रबाट प्रकाशित २०८० सालको भित्तेपात्रो बिमोचन गर्नुका साथै बाँकेमा भर्खरै आउनु भएका ४ नं वाहिनीपती सहायक रथी प्रकाश थापालाई स्वागत गर्नु भएको थियो । उक्त भित्रे पात्रोमा बाँकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट ०४८१५११ नम्बरको पूर्व स्वीकृती लिएर प्रकाशन गरिएको कार्यक्रमका आयोजकहरुले जानकारी दिएका छन् ।
कार्यक्रमको बारेमा प्रकाश पार्दै कर्मचारी मिलन केन्द्रका उपाध्यक्ष गोविन्दप्रसाद पाण्डेले भित्त पात्रोमा बाँकेका सिक्टा सिचाई, ढकेरी वनस्पती उद्यान, वाटरपार्क, रानी तलाउ, बाँके राष्ट्रिय निकुञ्ज, पवित्र धार्मिक स्थलहरु, चोक चौराह र पार्कका चित्रहरु समेटिएको तथा बाँकेका दानवीरहरु फत्ते बाल अस्पतालका दाता फत्तेजङ्ग शाह र वालकुमारी शाह, भेरी अस्पताल तथा महेन्द्र बहुमुखी क्याम्पसका जग्गादाता अवतारदेयी कसौधन, मंगलप्रसाद माबिका संस्थापक मंगलप्रसाद शास्त्री, सरस्वती माबिका जग्गादाता रामगुलाम बैश्य तथा धिराउलाल बैश्य, जयेन्दु वाल सुधार केन्द्रका जग्गादाता तप्तबहादुर सिंह तथा हेमरानी सिंहका सालिकहरुका तस्वीर उल्लेख गरेर मनकारी दातालाई मरोनोप्रान्त स्मरण तथा सम्ममान गरिएको र जयेन्दु वाल सुधार केन्द्र तथा मानव सेवा आश्रमका जग्गादाता जयकेश सिंह तथा श्रीमती इन्दु सिंहलाई समेत सम्मान गरिएको बताउनु भयो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी उच्च अदालतका न्यायधीश भानुभक्त शर्मा न्यौपानेले नव वर्षको अवसरमा शुभकामना दिनु हुँदै कर्मचारी मिलन केन्द्रले आउँदा दिनमा समाज सेवा तथा मानव सेवाका गतिबिधी समेत सञ्चालन गर्नु पर्ने बताउनु भयो ।
बिशेष अतिथी जिल्ला न्यायधीस धनसिंह महराले भातृत्व तथा भाइचारा विकास गर्ने काममा कर्मचारी मिलन केन्दले काम गर्दै जानु पर्ने बताउनु भयो । बिशेष अतिथी प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले कर्मचारीहरुले जनतालाई सेवा प्रवाह गरेर बचेको अतिरिक्त समय समाज सेवा तथा जनचेतना विकासका काममा लगाउनु पर्ने बताउनु भयो । बिशेष अतिथी बाहिनीपती सहायक रथी प्रकाश थापाले आउँदा दिनमा यस क्षेत्रमा मानविय तथा लोककल्याणका काममा नेपाली सेनाले समेत सघाउने बताउनु भयो ।
कार्यक्रमका सभाध्यक्ष कर्मचारी मिलन केन्द्रका अध्यक्ष खडानन्द अधिकारीले मिलन केन्द्रले आउँदा दिनमा बाँकेमा समाज सेवा, मानव सेवा, अतिरिक्त क्रियाकलापका साथै पर्यटन संस्कृति प्रबर्दनका साथै गुणस्तरिय शिक्षालगायतका बिभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *