बारा क्षेत्र नम्बर २ उपनिर्वाचनको सन्दर्भ
काठमाण्डौ, ८ बैशाख – यही वैशाख १० गते आईतवारका दिन बारा क्षेत्र नम्बर २ मा हुने गइरहेको उप निर्वाचनमा मतदाता आकर्षित गर्न उमेदवार सँगै पार्टीहरु उत्साहका साथ ठूलो शक्ति लगाएर आफ्ना गतिविधिहरु तिव्र बनाएका छन् ।टोलटोलमा भेला, घरदैलो, क्षेत्रीय भेलासँगै उमेदवारहरु गहँु भित्रयाउने समयमा मतदाताहरु संग आफनो पक्षमा मतदान गर्न खेत खेतमा पगेर भेट्ने कार्यलाई तिव्रता दिएका हुन् ।जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र आम जनता पार्टी लगायत अन्य सस्वतन्त्र उमेदवार सहित ३४ जनाले क्षेत्र नम्वर २ को उपनिर्वाचनमा प्रचारप्रसारलाई भब्य चुनावी तयारी गरेका छन् ।यस पटक दलहरुले चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् । सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र यादवलाई उमेदवार बनाएको छ । यस अघि सोही पार...







![वसन्तको लेखनमा ‘आउँछु भेट्न’ सार्वजनिक [भिडियोसहित]](https://satyamkhabar.com/wp-content/uploads/2023/04/song_GzfT8ImFvE-780x440.jpg)

