Friday, July 10सत्यम खबर
Shadow

आस्था

किशोर सिंह राठौर यु–१६ क्रिकेट सुरु

किशोर सिंह राठौर यु–१६ क्रिकेट सुरु

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ८ पौष – प्रथमकिशोर सिंह राठौर यु–१६ कपक्रिकेट शनिबारदेखि नेपालगन्जमा सुरु भएको छ । नेपालगन्जको मंगल प्रसाद उच्च माविको खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालगन्ज मोडेल एकेडेमीले ब्राइटल्यान्ड स्कुललाई ५५ रनले हराएको छ ।सुरुआतमा ब्याटिङ गरेको नेपालगन्ज मोडेल एकेडेमीले १८ ओभरमा १० विकेटको नोक्सानीमा १ सय ५३ रन बनाएको थियो । नेपालगन्ज मोडेलका लागि विकास कटवालले सर्वाधिक २२ रन, निश्चल पुन मगरले २१ रन, रोजिन पुन मगरले १९ रन, विवेक पुन मगरले १८ रन र प्रज्वल विष्टले अविजित ९ रन बनाए ।ब्राइट ल्यान्डका शुभम बर्माले ३ विकेट, सार्थक सुनार र प्रसिद्ध केसीले २–२ विकेट लिए । जवाफमा ब्राइट ल्यान्डले १५.५ ओभरमा १० विकेटको नोक्सानीमा ९८ रन मात्र बनाउन सक्यो । ब्राइट ल्यान्डका ब्याटस म्यान नैतिक गुप्ताले २६ रन र सार्थक दवाडीले १५ रन जोडे ।नेपालगन्ज मोडेलका सुमित विष्टले सर्वाधिक ४ विक...
बाँकेको ईगाउँमा फुटवल प्रतियोगिताको भव्य उद्घाटन

बाँकेको ईगाउँमा फुटवल प्रतियोगिताको भव्य उद्घाटन

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ८ पौष – बाँकेको खजुरा ४ ई गाउँमा खुल्ला नकआउट फूटबल प्रतियोगिताको शनिबार भव्य उद्घाटन भएको छ । बाजा गाजा र साँस्कृतिक कार्यक्रम सहित सुरु भएको प्रतियोगिताको लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले मनकामना नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ईगाउँको खेल मैदानमा उद्घाटन गर्नुभयो ।प्रतियोगिताको उद्घाटन गर्दै प्रदेशसभा सदस्य खत्रीले खेलकुदको विकासका लागि आफुले पहल गर्ने बताउँदै ग्रामीण क्षेत्रमा खेलकुदका ठुला प्रतियोगिता हुनु आफैमा सह्रानीय काम भएको बताउनुभयो । क्लबका अध्यक्ष प्रकाश केसीको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाही, खजुरा गाउँपालिका ४ का वडा अध्यक्ष टेकबहादुर रोकाय, नेपालगन्ज उद्योग बाणिज्य संघका एशोसियट सदस्य कमल कार्की, खजुरा गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव छवी विष्ट, नेकपा एमालेका घननाथ खनाल र झगबहादुर पौडेल, नेप...
युद्धविराम उल्लंघनको बैठकमा पाकिस्तानी रेन्जर्सहरु अस्पष्ट : बीएसएफ डीजी

युद्धविराम उल्लंघनको बैठकमा पाकिस्तानी रेन्जर्सहरु अस्पष्ट : बीएसएफ डीजी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ७ पौष – नोभेम्बर 9 मा साम्बामा युद्धविराम सम्झौताको उल्लंघनपछि बोलाइएको बैठकमा पाकिस्तानी रेन्जर्सहरू 'पूर्ण रूपमा अस्पष्ट' भएको सीमा सुरक्षा बल (बीएसएफ) का महानिर्देशन (डीजी) नितिन अग्रवालले बताएका छन्। उनका अनुसार पाकिस्तानी पक्षले युद्धविराम उल्लंघन गर्दै आक्रमण गरेपछि एक भारतीय जवान मारिएको पनि बताइएको छ। यस विषयमा स्पष्टिकरणका लागि बोलाइएको बैठकमा पाकिस्तानीहरु अस्पष्ट भएको बताइएको छ। वार्षिक पत्रकार सम्मेलनका क्रममा बीएसएफ प्रमुखले भने, 'हाम्रो काम प्रत्येक चोटि उनीहरू (पाकिस्तानी रेंजर्स) ले गोली चलाउँदा जवाफ दिने हो, र हामी त्यसो गर्छौं। हामीले यी तीनवटा अवसरहरूमा गर्यौं।' अग्रवालले भने, 'हाम्रो प्रयास उत्तेजित गराउने होइन। हामी उक्साउने होइनौं। यदि उनीहरूले हामीमाथि गोली हान्छन् भने, हामी पक्कै पनि जवाफ फर्काउँछौं। त्यसैले हामीले त्यही गर्‍यौं।' फ्ल्याग बैठक...
उइगर दास श्रमिकको चरम शोषणबाट उत्पादित सामग्रीले फस्टाउँदै चिनियाँ व्यापार

उइगर दास श्रमिकको चरम शोषणबाट उत्पादित सामग्रीले फस्टाउँदै चिनियाँ व्यापार

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ७ पौष – उइगर क्षेत्रमा मानवअधिकार हनन रोक्नका लागि सरकार र अन्तर्राष्ट्रिय संस्थाहरूको उत्कृष्ट प्रयासको बाबजुद उत्तरपश्चिम चीनमा व्यापार र जबरजस्ती श्रम दुवै बढ्दै गएको छ। लाखौं उइगर र अन्य टर्किक जनताले बनाएका उत्पादनहरूलाई तिनीहरूको इच्छाविपरीत चीनको वरपरका कारखानाहरूमा पश्चिमी बजारहरूमा पुग्नबाट रोक्नको लागि डिजाइन गरिएका उपायका बाबजुद चिनियाँ व्यापार फस्टाएको छ। सिनजियाङको पछिल्लो व्यापार तथ्यांक अनुसार सिन्जियाङमा पहिलो पटक ४९ प्रतिशत वृद्धि भएको देखिन्छ। जुन सन् २०२२ को तुलनामा तीन चौथाई वृद्धि हो। अक्टोबर २४, २०२३ मा 'साउथ चाइना मर्निङ पोस्ट' द्वारा रिपोर्ट गरिएको तथ्यांकहरू उइगरको केन्द्रबिन्दुको ताक्लिमाकान मरुभूमिको सुदूर दक्षिणपश्चिमी छेउमा अवस्थित काशगर प्रान्तलाई उद्धृत गर्दै बेइजिङको मुखपत्र 'चाइना न्यूज'बाट थप चकित पार्ने तथ्यांकहरु सार्वजनिक गरिएका छ। जसको...
लोकतान्त्रिक प्रणालीहरुलाई निस्तेज बनाउँदै चिनियाँ कम्युनिस्ट पार्टी

लोकतान्त्रिक प्रणालीहरुलाई निस्तेज बनाउँदै चिनियाँ कम्युनिस्ट पार्टी

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ७ पौष – चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले संसारभरि राजनीतिक संलग्नता बढाउनुका साथै प्रजातान्त्रिक प्रक्रियाहरूमा हस्तक्षेप गरिरहेको छ। यद्यपि बेइजिङ विकासोन्मुख र अविकसित विश्वमा आफूलाई विकास साझेदारको रूपमा प्रस्तुत गर्दै लोकतान्त्रिक प्रणालीहरुलाई निस्तेज बनाउने रणनीति अनुरुप अघि बढेको देखिन्छ। सीसीपीले विकासोन्मुख र अल्पविकसित देशहरूमा आफ्नो प्रभाव विस्तार गर्न विभिन्न विधिहरू प्रयोग गरेको बुझिएको छ। जसको प्रभावमा मुलुकको सार्वभौमिकतामा हस्तक्षेप गर्नेसम्मका गतिविधिहरुमा संलग्‍न भएको पाइएको छ। संसारभरि प्रजातान्त्रिक मान्यताहरू प्रतिकूल ऋणको विस्तार, कम्युनिष्ट पार्टी शैलीको शासन पद्धतिको प्रवद्र्धन र निरंकुश राजनीतिलाई स्पष्ट रूपमा समर्थन गर्ने उम्मेदवारहरू, पार्टीले रणनीतिक रूपमा महत्त्वपूर्ण देशहरूमा मित्रहरू जित्ने महत्त्वपूर्ण गति हासिल गरेको सुनिश्चित गरेको छ। ...
पाकिस्तानमा बालश्रमको चिन्ताजनक चित्र

पाकिस्तानमा बालश्रमको चिन्ताजनक चित्र

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ७ पौष – डरलाग्दो तथ्यांकले बालश्रमलाई प्रभावकारी रूपमा उन्मूलन गर्न दुवै संघीय र प्रादेशिक सरकारहरूको असक्षमतालाई फेरि एकपटक उजागर गरेको छ। हालैका आक्रमणहरुको बाबजुद पनि जारी रहेको दबाबको मुद्दालाई सम्बोधन गर्न कानूनहरू कमजोर छन्। द एक्सप्रेस ट्रिब्युनका अनुसार १० देखि १४ वर्ष उमेर समूहका सात लाखभन्दा बढी बालबालिकाले देशभरका इँटा भट्टा र कृषि क्षेत्रमा काम गरिरहेका छन्। देशव्यापी विभिन्न क्षेत्रहरूमा संलग्न ७१ मिलियनभन्दा बढी बालबालिकाको कुल कार्यशक्ति मध्ये २६ मिलियन कृषि र इट्टा भट्टामा कार्यरत छन्। यस डरलाग्दो तथ्यांकले सरकारी निकाय र संस्थाहरूले बालश्रम नियन्त्रण गर्ने दाबी र आश्वासनको बीचमा जग्गा वास्तविकताले अर्कै कथा बताउने गरेको देखाएको छ। संघीय तथ्यांक ब्यूरोले सिनेट सचिवालयसँग साझेदारी गरेको तथ्यांकले कृषि क्षेत्रमा १.४७ मिलियन पुरुष र १.०४ मिलियन महिलाहरू...
फास्ट ट्र्याकलाई प्रभावित गर्ने खेलमा चिनियाँ कम्पनी, चलखेल गर्दै भ्रष्टाचारमा मुछिएको कालिका कन्सट्रक्सन

फास्ट ट्र्याकलाई प्रभावित गर्ने खेलमा चिनियाँ कम्पनी, चलखेल गर्दै भ्रष्टाचारमा मुछिएको कालिका कन्सट्रक्सन

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ७ पौष – राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना निर्माण सुरु भएको ६ वर्षमा २७ प्रतिशतमात्रै काम पूरा भएको छ। २०७४ वैशाख २१ को मन्त्रिपरिषद निणर्यले फास्ट ट्र्याक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो। मन्त्रिपरिषद निर्णयसँगै २०७४ जेठ १४ मा प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेका थिए। यद्यपि, सेनाले २०७४ मंसिरबाट मात्रै निर्माण सुरु गरेको थियो। निर्माणाधीन फास्ट ट्र्याकमा निर्माण कम्पनी भने चिनियाँ छन्। सुरुमा फास्ट ट्र्याक निर्माण सम्पन्‍न गर्ने म्याद २०८१ मंसिरसम्म तोकिएको थियो। तर, पहिलोपटकको म्याद सकिने बेलासम्म आयोजनाको भौतिक प्रगति २७.१९ प्रतिशतमात्रै भएको काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजनाले जनाएको छ। यद्यपि, मंसिरमा आयोजना निर्माण सम्पन्‍न नहुने निश्चित भएपछि २०८० वैशाख ५ को मन्त्रिपरिषदले म्याद थप गरेर २०८३ चैतसम्म पु...
खजुरामा आजदेखि डेढलाख राशीको खुल्ला नकआउट फूटबल प्रतियोगिता

खजुरामा आजदेखि डेढलाख राशीको खुल्ला नकआउट फूटबल प्रतियोगिता

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, ७ पाैष - बाँकेको खजुरा ४ ई गाउँमा आज शनिबारदेखि खुल्ला नकआउट फूटबल प्रतियोगिता आयोजना हुने भएको छ ।न्यु दर्पण युवा स्पोर्ट्स क्लबको आयोजनामा पुस १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १७ टोलिको सहभागिता रहेको क्लबका अध्यक्ष प्रकाश केसीले जानकारी दिनुभयो ।प्रतियोगिताको बिजेतालाई १ लाख, दोश्रो हुनेलाई ५१ हजार सहित प्रत्येक खेलको मेन अफ द म्याचलाई नगद पुरस्करको ब्यवस्था गरिएको छ ।ई गाउँस्थित मनकामना माविको खेल मैदानमा उद्घाटन खेल आयोज न्यु दर्पण ए र दङ्गा नियन्त्रण प्रहरी गण खजुरा बिच दिउँसो हुनेछ ।...
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई भ्रष्टाचार विरुद्धको हस्ताक्षर बुझाईयो

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई भ्रष्टाचार विरुद्धको हस्ताक्षर बुझाईयो

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ७ पाैष - भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बास नेपालले संकलन गरेको हस्ताक्षर शुक्रबार बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेललाई बुझाईएको हो ।बास नेपालका कार्यबाहक केन्द्रीय अध्यक्ष शिवकुमार बर्मा, सचिव दिला शाह, पूर्व अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह लगायतले उक्त हस्ताक्षर ब्यानर प्रमुख जिल्ला अधिकारी पोख्रेललाई हस्तान्तरण गरेका थिए ।हस्ताक्षर ब्यानर ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी पोख्रेलले व्यानर तत्काल प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता व्यक्त गरे । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बास नेपालद्वारा सञ्चालित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंसिर २० गते नेपालगन्जको बिपि चौकमा हस्ताक्षर संकलन गरिएको थियो । कार्यक्रम संयोजक शोभा थापा मगरका अनुसार ब्यानरमा एक हजार बढिले हस्ताक्षर गरेका थिए ।सम्माननीय प...
विश्व हिन्दु परिषद नरैनापुरद्वारा मन्त्री सुदन किरातीको पुतला दहन

विश्व हिन्दु परिषद नरैनापुरद्वारा मन्त्री सुदन किरातीको पुतला दहन

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, ६ पौष – विश्व हिन्दु परिषद नरैनापुर गाउँपालिकाद्वारा मन्त्री सुदन किरातीको पुतला दहन गरिएको छ ।केही दिन अगाडी मन्त्रि सुदन किरातीले नेपालमा रहेका ९५ प्रति ॐकार परिवार हिन्दू धर्मावलम्बीहरुको आस्तामाथि चोट पुग्ने गरी क्रिश्चन धर्म नमान्नेले संविधान नमान्ने तथा तिनीहरुलाई जेल हाल्नु पर्ने अभिव्यक्ति दिएको बिरोध गर्दै आज नरैनापुरमा मन्त्री सुदन किरातीको पुतला दहन गरेका छन् । विश्व हिन्दु परिषद नेपाल नरैनापुर गाउँपालिका प्रमुख सुधिर शर्माको अगुवाईमा धर्म निर्पेक्षता खारेज गर, हिन्दु राष्ट्र कायम गर, सुदन किराँती राजीनामा दे लगायतको नाराहरु लगाउँदै मन्त्री किराँतीको पुतला दहन गरेका छन् ।मन्त्री किराँतीको पुतला दहन कार्यक्रममा विश्व हिन्दु परिषदका अध्यक्ष सुधिर शर्मा, उपाध्यक्ष बिरेन्द्र यादवने नेतृत्व गरेका थिए भने १०० बढीको सहभागिता रहेको थियो ।विश्व हिन्दु परिषद नेपाल नरैनापु...