Sunday, April 19सत्यम खबर
Shadow

विश्व हिन्दु परिषद नरैनापुरद्वारा मन्त्री सुदन किरातीको पुतला दहन

नरैनापुर, ६ पौष – विश्व हिन्दु परिषद नरैनापुर गाउँपालिकाद्वारा मन्त्री सुदन किरातीको पुतला दहन गरिएको छ ।
केही दिन अगाडी मन्त्रि सुदन किरातीले नेपालमा रहेका ९५ प्रति ॐकार परिवार हिन्दू धर्मावलम्बीहरुको आस्तामाथि चोट पुग्ने गरी क्रिश्चन धर्म नमान्नेले संविधान नमान्ने तथा तिनीहरुलाई जेल हाल्नु पर्ने अभिव्यक्ति दिएको बिरोध गर्दै आज नरैनापुरमा मन्त्री सुदन किरातीको पुतला दहन गरेका छन् ।


विश्व हिन्दु परिषद नेपाल नरैनापुर गाउँपालिका प्रमुख सुधिर शर्माको अगुवाईमा धर्म निर्पेक्षता खारेज गर, हिन्दु राष्ट्र कायम गर, सुदन किराँती राजीनामा दे लगायतको नाराहरु लगाउँदै मन्त्री किराँतीको पुतला दहन गरेका छन् ।
मन्त्री किराँतीको पुतला दहन कार्यक्रममा विश्व हिन्दु परिषदका अध्यक्ष सुधिर शर्मा, उपाध्यक्ष बिरेन्द्र यादवने नेतृत्व गरेका थिए भने १०० बढीको सहभागिता रहेको थियो ।
विश्व हिन्दु परिषद नेपाल नरैनापुर गाउँपालिकाद्वारा आयोजित पुतला दहन कार्यक्रममा हिन्दु राष्ट्र कायम होस भनी प्रमुख मांग रहेको अध्यक्ष शर्माले जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *