Tuesday, April 21सत्यम खबर
Shadow

खजुरामा आजदेखि डेढलाख राशीको खुल्ला नकआउट फूटबल प्रतियोगिता

खजुरा, ७ पाैष – बाँकेको खजुरा ४ ई गाउँमा आज शनिबारदेखि खुल्ला नकआउट फूटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
न्यु दर्पण युवा स्पोर्ट्स क्लबको आयोजनामा पुस १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १७ टोलिको सहभागिता रहेको क्लबका अध्यक्ष प्रकाश केसीले जानकारी दिनुभयो ।
प्रतियोगिताको बिजेतालाई १ लाख, दोश्रो हुनेलाई ५१ हजार सहित प्रत्येक खेलको मेन अफ द म्याचलाई नगद पुरस्करको ब्यवस्था गरिएको छ ।
ई गाउँस्थित मनकामना माविको खेल मैदानमा उद्घाटन खेल आयोज न्यु दर्पण ए र दङ्गा नियन्त्रण प्रहरी गण खजुरा बिच दिउँसो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *