Friday, July 10सत्यम खबर
Shadow

आस्था

पर्यावरणको क्षेत्रमा भारत विकासशील देशहरूको आवाज

पर्यावरणको क्षेत्रमा भारत विकासशील देशहरूको आवाज

आस्था, प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ११ पौष – भारत केन्द्रिय पर्यावरणमन्त्री भूपेन्द्र यादवले भने, पर्यावरण सम्बन्धी मामिलामा वैश्विक स्तरमा भारत विकासशील देशहरूको आवाज भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा आज दुनियाँले भारतको क्षमतालाई चिनेको मात्र छैन जबकि स्वीकार पनि गरेको छ। जी-20 शिखर सम्मेलन अवधि दिल्ली घोषणा अन्तर्गत ''हरित विकास''- को प्रस्तावित अवधारणालाई दुनियाँले स्वीकार गरेको छ। प्रधानमन्त्री मोदीको नेतृत्वमा विश्वमा भारतको प्रतिष्ठा बढ़ेको छ। भूपेन्द्र यादवले मङ्गलवार यहाँ सम्पन्न एक सम्वाददाता सम्मेलनमा भने, चन्द्रयान मिशनबाट हामीले सारा दुनियाँलाई हाम्रो क्षमता के हो भन्ने देखाइदियौं। यसको साथै चन्द्रयान मिशनबाट हामीले विश्वलाई यो कुरा पनि बतायौं, न्यूनतम बजेटमा हामी चाँदसम्म पुग्नसक्छौं। भारतले मिशन चन्द्रयानलाई सञ्चालन गरेर आफ्नो क्षमताहरूलाई सिद्ध गरिसकेको छ। भारतले कम वित्तीय ...
चीनद्वारा राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै दुर्लभ पृथ्वी प्रशोधन प्रविधिको निर्यातमा प्रतिबन्ध

चीनद्वारा राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै दुर्लभ पृथ्वी प्रशोधन प्रविधिको निर्यातमा प्रतिबन्ध

आस्था, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ११ पौष –विश्वको दुर्लभ पृथ्वीको शीर्ष प्रोसेसर चीनले बिहीबार महत्वपूर्ण सामग्रीहरू निकाल्न र अलग गर्ने प्रविधिको निर्यातमा प्रतिबन्ध लगाएको छ। धेरै रणनीतिक धातुहरूमा आफ्नो प्रभुत्व जोगाउनका लागि चीनले पछिल्लो कदम चालेको विश्लेषण भइरहेको छ। उक्त प्रविधि दुर्लभ पृथ्वीका चुम्बकहरू बनाउन प्रयोग हुने १७ धातुहरूको समूह हो, जसले विद्युतीय सवारी, पवन टर्बाइन र इलेक्ट्रोनिक्समा प्रयोगको लागि शक्तिलाई गतिमा परिणत गर्दछ। जब पश्चिमी देशहरूले आफ्नै दुर्लभ पृथ्वी प्रशोधन कार्यहरू सुरु गर्न खोजिरहेको समयमा यो प्रतिबन्ध लगाइएको हो। यसले 'हेभी रेयर अर्थ' मा सबैभन्दा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ। विद्युतीय मोटर, चिकित्सा उपकरण र हतियारहरूमा प्रयोग हुने, जहाँ चीनको भर्चुअल एकाधिकार छ। 'यो एक स्पष्ट कल हुनुपर्दछ कि मूल्य श्रृंखलाको कुनै पनि भागमा चीनमा निर्भरता दिगो छैन,' भूराजनीतिक...
भारतद्वारा चीनलाई धक्का : मेगा इभेन्टमा ताइवान, तिब्बत र विवादित क्षेत्रका प्रमुख सहभागी

भारतद्वारा चीनलाई धक्का : मेगा इभेन्टमा ताइवान, तिब्बत र विवादित क्षेत्रका प्रमुख सहभागी

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ११ पौष – आफ्नो बौद्ध सम्पदा प्रबर्द्धनमा भारतले बुधबार आफ्नो पहिलो तीन दिने अन्तर्राष्ट्रिय बौद्ध भिक्षु र ननहरूको सम्मेलनको आयोजना गर्‍यो। दलाई लामाले संघको नेतृत्व गरेका थिए र बेइजिङले दाबी गरेको क्षेत्र भारतको अरुणाचल प्रदेशका मुख्यमन्त्रीले उनीसँग मञ्च साझा गरेका थिए। बिहारको बोधगयामा अन्तर्राष्ट्रिय मण्डली भएको थियो, जहाँ बुद्धले बुद्धत्व प्राप्त गरेको विश्वास गरिन्छ। सम्मेलनमा दक्षिण र दक्षिणपूर्वी एसियाली मुलुकका बौद्ध समुदायका प्रतिनिधिका अलावा ताइवानका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो। तिब्बती बौद्ध धर्मको नेतृत्व गर्ने ८८ वर्षीय आध्यात्मिक नेता बेइजिङले विलय गरेपछि सन् १९५९ मा तिब्बत छोडेर भारतमा निर्वासनमा बस्दै आएका कारण तिब्बती बौद्ध नेता भारत र चीनबीचको आँधीको चपेटामा परेका छन्। बेइजिङले दलाई लामालाई पृथकतावादी भएको आरोप लगाएको छ। यसले दाबी गर्छ ...
दैनिक जीवनमा मुटुको सुरक्षाका लागि सावधानी उत्तम विकल्प

दैनिक जीवनमा मुटुको सुरक्षाका लागि सावधानी उत्तम विकल्प

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० पाैष - वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विकास नेपालले मुटु रोगबाट जोगिन सावधानी नै उत्तम विकल्प भएको बताएका छन् । दैनिक नेपालगन्जले आफ्ना सहकर्मी पत्रकार ऋषिराज गैरेको हृदयघातबाट निधन भएको ४५औं दिन पुण्यथितिमा आयोजना गरेको मुटु सुरक्षा कसरी ? विषयक स्वस्थ्य प्रशिक्षण कार्यक्रममा डा. नेपालले मुटु रोग लाग्न नदिन अपनाउनु पर्ने जीवनशैली, लागि सकेपछि मुटुको हेरचाह र वर्तमान समयमा जीवनशैलीले मुटुमा पारेको असरबारे प्रशिक्षण दिएका थिए ।कार्यक्रममा डा. नेपालले शरीरका प्रत्येक अंगको डिमाण्ड र सप्लाई हुने गरेको त्यो असन्तुलित हुँदा अंगहरुले कुनै न कुनै लक्षण देखाउने गरेको बताए । उनले मुटुमा समस्या सुरु भएमा छाती दुख्ने, उक्त दुखाई सरेर घाँडी तथा शरीरको पछाडिको भाग दुख्ने, चिटचिट पसिना आउने, सास फेर्दा असहज, मुटुको धडकन छिटो चल्ने, दौडदा सास फेर्न गाह्रो हुने लक्षण देखिने जानकारी दिए ।मुटुरोग...
श्रेष्ठकाे अध्यक्षतामा बाँके जिल्ला टेबल टेनिस संघ गठन

श्रेष्ठकाे अध्यक्षतामा बाँके जिल्ला टेबल टेनिस संघ गठन

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १० पाैष - बाँके जिल्ला टेबल टेनिस संघको अध्यक्षमा प्रशान्त श्रेष्ठ पुन: निर्बाचित भएका छन । सोमवार नेपालगन्ज स्थित गोल्डेन एबीसी स्कुलमा सम्पन्न संघको साधारणसभाबाट श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिती निर्बिरोध चयन भएको हो। कार्यसमितीको उपाध्यक्षमा अरुण बिक्रम शाह र गौतम सिंह परियार रहेका छन। त्यसैगरी सचिवमा भुमण्डल प्रकाश श्रेष्ठ र कोषाध्यक्षमा नितु गुरुङ चयन भएका छन। संघको सदस्यमा बिकास बहादुर सिंह, बिकास राजभण्डारी, पुर्ण कुमारी थापा, युवराज कोइराला, नरेश यादव, अब्दुल अजिज बागवान रहेका छन। संघको आजै बसेको पहिलो बैठकले धन्यवादज्ञापन, प्रदेश प्रतिनिधि चयन र सल्लाहकार मनोनयन समेत गरेको छ। आगामी पुस १५ गते हुने संघको प्रदेश अधिबेशनको लागि प्रशान्त श्रेष्ठ, बिकास बहादुर सिंह र अरुण बिक्रम शाहलाई प्रतिनिधि चयन गरिएको छ भने सल्लाहकारमा सुभाष सिंह श्रेष्ठ र जितेन्द्र बह...
नेपालगन्जमा पाैष २७ र २८ गते तेक्वान्दो प्रतियोगिता हुने

नेपालगन्जमा पाैष २७ र २८ गते तेक्वान्दो प्रतियोगिता हुने

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ९ पाैष - नेपालगन्जमा १४ औं बाँके जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । यही पाैष २७ र २८ गते मोडेल तेक्वान्दो एकेडेमी बाँकेले नेपालगन्जस्थित रंगशालामा प्रतियोगिता गर्न लागेकाे जानकारी गराएकाे छ । नेपालगन्ज रंगशालामा साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै आयाेजक माेडेल एकेडेमीका अध्यक्ष हाेमब हादुर सुनारले प्रतियोगितामा बाँकेमाका १३ वटा डोजाङ्गहरु सहभागी हुने जानकारी दिनुभयाे । जम्मा ४ सय ९६ जना खेलाडी, २५ जना रेफ्री, १३ जना कोच लगायत गरी कुल ५ सय २९ जनाको सहभागिता रहने प्रतियोगिता उद्घाटन गर्नुअघि विभिन्न झाँकीसहित नेपालगन्ज उपमहानगर क्षेत्र परिक्रमा गरिने अध्यक्ष सुनारले बताउनुभयाे । प्रतियोगिता सञ्चालन गर्न १४ लाखको हाराहारीमा खर्च हुने अनुमान गरिएको बाँके जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष बीरेन्द्र शाहीले बताउनुभयाे । खेलको माध्यमबाट लुम्बिनी प्...
वडा नं. १८ मा थप पूर्वाधार बिकास निर्माणकाे शुरूवात

वडा नं. १८ मा थप पूर्वाधार बिकास निर्माणकाे शुरूवात

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ पाैष - नेपालगन्ज वडा नं-१८ मा थप पूर्वाधार बिकास निर्माणकाे शुरूवात गरिएको छ । वडाकाे क्षेत्रभित्र रहेका सम्पूर्ण टाेलहरूमा आवश्यकता अनुसारकाे मागलाई सम्बाेधन गर्दै भाैतिक पूर्वाधार बिकास निर्माणकाे कार्य शुरूवात गरिएको छ । साेही क्रममा साेमबार कारकाँदाे चाेकदेखि बर्दिया बाईपास सडकमा उत्तरमा रहेकाे खानेपानी टयांकी भगवती टोलमा थप एक वटा पूर्वाधार निर्माणकाे कार्य शुरू गरिएको वडा अध्यक्ष दिपककुमार बर्माले जानकारी दिनुभयाे । साे टाेलमा दुई मिटर चौडाइ भएको आर.सी.सी नालासहित सडक निर्माण कार्यकाे साेमबार औपचारिक रूपमा पुजा पाठ गरेर वडा अध्यक्ष बर्मासहित वडा सदस्यकाे टाेलीले शिलान्यास गरेकाे छ । ५० लाखकाे लागतमा निर्माण भएको र यस आ.ब. मा थप रु ५० लाख गरी रु. एक करोडको लागतमा उक्त नाला तथा सडक निर्माण भइ रहेको वडा अध्यक्ष बर्माले जानकारी दिनुभयाे । ´वडाकाे याेजना अनुसार मा...
नेपालगन्ज महोत्सवका दर्शक बिराज भट्टको प्रस्तुतीमा खुलेरै रमाए

नेपालगन्ज महोत्सवका दर्शक बिराज भट्टको प्रस्तुतीमा खुलेरै रमाए

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ९ पाैष - नेपालगन्जमा सञ्चालन छैठौं नेपालगन्ज महोत्सबमा चर्चित नायक बिराज भट्टको ‘ईश्वरले नै ठगेको मान्छेलाई समाजका धनी र बुद्धिजिबीले समेतले किन  ठग्छन्’ बोलको डाइलोग बोल्दा नेपालगन्जका दर्शक खुलेरै रमाउएका छन् । सोमवार नेपालगन्जको महोत्सवमा  चर्चित नायक बिराज भट्टको ‘ईश्वरले नै ठगेको मान्छेलाई समाजका धनी र बुद्धिजिबीले समेतले किन  ठग्छन्’ बोलको डाइलोग बोल्दा नेपालगन्जका दर्शक रमाउएका हुन् । महोत्सवमा बिराजले रोसनी तिम्ले म बाहेक अरु कसैको हातबाट सियंदो र∙ाएउ भने म तिम्रो सिउदोनै मेटाई दिन्छु, भगवानको लिला पनि अचम्म छ, मलाई समात्न कठिन मात्रै होईन असम्भव छ’ डाईलग लगायत चरी काफल टिप्यो खानलाई हो की खुवाउन गीतमा डान्स समेत प्रस्तुत गर्नुभएको थियो । बिराजको सबै प्रस्तुतीमा नेपालगन्जका महोत्सबका दर्शक खुलेरै रमाएका थिए । हरेक दिन राष्टिय कलाकारको बेजोड प्रस्तुती रहनुका साथ थार...
सेन्ट जेभियर्सको सहज जित

सेन्ट जेभियर्सको सहज जित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ८ पौष – सेन्ट जेभियर्स स्कुलले प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट आईतबार फराकिलो अन्तरले जित हासिल गरेको छ ।नेपालगन्ज मंगल प्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा सेन्ट जेभियर्सले ड्रिम ल्यान्डलाई २ सय ६ रनले हरायो ।पंकज केसीले प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गर्दै सतकको योगदान गरेपछि सेन्ट जेभियर्सले २० ओभरमा २ सय ३५ रन जोडन सफल भएको थियो । प्लेयर अफ द म्याच पंकजले १ सय २८ रन बनाए । पंकजले ७० बल खेल्दै १९ चौका र ५ छक्का प्रहार गरेका थिए ।सेन्ट जेभियर्सका सन्जोक थापाले २७ रन, शंक्ति जंग शाहीले १३ र सुशान्त रानाले १० रन बनाए । डिूमल्यान्डका हेमन्त सार्की र आनन्द रावतले २–२ विकेट लिए । जवाफमा ड्रिम ल्यान्डका खेलाडी ६.५ ओभरमा २९ रन बनाएर अलआउट भएका थिए । ड्रिम ल्यान्डका कुनैपनि खेलाडीले दोहोरो स्कोर जोडन सकेनन । सेन्ट जेभियर्सका पंकज केसी, शंक्ति जंग शाही, बिपिन खनाल र...
छुवाछुतको भेदभाव हटाउने सन्देश दिंदै मनाईयो स्व. राम गोपाल वैश्य स्मृति दिवस

छुवाछुतको भेदभाव हटाउने सन्देश दिंदै मनाईयो स्व. राम गोपाल वैश्य स्मृति दिवस

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ पौष – प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्य स्मृति प्रतिष्ठानले छुवाछुत र तल्लो उपल्लो जाति बीचको भेदभाव हटाउने सन्देश दिएको छ ।शनिवार दिन प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्यको छैठौं वार्षिक पुण्यतिथिको अवसरमा दलित वर्गका बाल्मीकी समुदायका ६७ वर्षीय वृद्ध मैकुलाल बाल्मीकीको खुट्टा धुवाई नयाँ वस्त्र पहिराई कदर सम्मान गरेको छ ।यो खुट्टा धुवाउने कार्य स्व. राम गोपाल वैश्यका साईंलो छोरा अजय कुमार गुप्ताले गरेका थिए । त्यस्तै कार्यक्रम बीच प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यले गरीब निर्धन वर्गका असहाय व्यक्तिलाई न्यानो कम्बल ओढाएका थिए ।कार्यक्रमबीच प्रतिष्ठानले कसौंधन वैश्य समाज, बाँकेका अध्यक्ष सन्तोष कुमार वैश्य (सोयाबीन) लाई फूलमाला लगाई कदर सम्मान गरेको थियो । दलित ज्येष्ठ नागरिक मैकुलाल बाल्मीकीको कदर सम्मान गर्दै उपाध्यक्ष अजयकुमार गुप्ताले भने, तराई ...