Friday, July 10सत्यम खबर
Shadow

आस्था

एलिना चौहानले तताए नेपालगन्ज महोत्सव

एलिना चौहानले तताए नेपालगन्ज महोत्सव

आस्था, कला/साहित्य, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ पौष – चर्चित गायीका एलिना चौहान तिम्रो मायाले बाधेर राख मेरो सिरानी होस तिम्रो काख, जान नदेउ अब मलाई टाढा गितबाट सूरुवात गर्नु भएको आफ्नो प्रस्तुतीले नेपालगन्ज महोत्सव गुञ्जयमान भएको थियो ।यस्तै गायीका चौहानले,यो भाग्यमा खोट छ, यो मुटुमा चोट छ को प्रस्तुतीले झनै नेपालगन्ज महोत्सवको महोल तातेको थियो । एकपछि एक चर्चित गाएर गायीका चौहानले जुनी भरीलाई रुवाई गयो तिमी अझै पनि मनमा छौ तिमी, धोकेबाज हौ तिमी धोके बाज हौ तिमी, ए है तिम्रै माया लाग्छ बरि लै, ए है तिम्रै याद लाग्छ बरि लै, कालो कपाल घुग्रियो, मनमा माया उर्मियो लगायतका चर्चित चर्चित गित गाएर मनोरञ्जन प्रदान गर्नु भएको थियो । यस्तै चर्चित जादुगर बलराम सरकारले विभिन्न खाले जादु देखाएर नेपालगन्ज महोत्सवका दर्शकलाई भरपुर हसाएका थिए । महोत्सवमा चर्चित डान्सर तथा मोडल अनुस्का चौधरी, भावना चौधरीले आफ्नो प्रस्तुती प्रस्तुत ग...
सिद्धार्थ बैंकको रक्तदानमा ४४ जनाले रक्तदान

सिद्धार्थ बैंकको रक्तदानमा ४४ जनाले रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ पौष – सिद्धार्थ बैंकद्वारा आयोजित रक्तदान कार्यक्रममा आज ४४ बढीले रक्तदान गरेको छ । आफ्नो २१ आंै वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४४ बढीले रक्तदान गरेको जनाएका छन् ।सिद्धार्थ बैंक लिमिटेडले आफ्नो २१ औं वार्षिकोत्सवको उपलक्ष्यमा लुम्बिनी प्रदेश स्थित आफ्नो नेपालगन्ज शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटीसँगको समन्वयमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै ग्राहकहरु एवं स्थानीयबासीहरु गरी ४४ जना रक्तदाताहरुको सहभागिता रहेको थियो । अस्पतालहरुलाई जहिले पनि रगतको ठूलो आपूर्तिको आवश्यकता रहेको र यस अभावलाई केही हदसम्म भएपनि कम गर्ने उद्देश्य लिई बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको हो । साथै बैंकको आफ्नो २१ औं वार्षिकोत्सव कै उपलक्ष्यमा देशका अन्य प्रदेशहरुमा पनि रक्तदान कार्यक्रम गर्ने योजना रहेको छ ।सबै...
नेपालगन्ज महाेत्सव आजदेखि शुरू

नेपालगन्ज महाेत्सव आजदेखि शुरू

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ पाैष - छैठौं नेपालगन्ज महोत्सब २०८० को आज भव्य रुपमा उद्घाटन भएको छ । कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले रिबन काटेर महोत्सबको उद्घाटन गर्नुभएको हो ।उद्घाटन सत्रमा बोल्दै कृषि मन्त्री अहिरले कृषि प्रधान देशमा कृषकलाई बढि प्रथामिकताका साथ लैजाने कुरामा जोड दिनुभयो । असल देशका व्यक्ति सधै असल बाटो हिड्नु पर्ने कुरामा सधै अग्रसर भएर लाग्नुपर्ने कुरामा समेत उहाँले जोड दिनुभयो । जनताले नेताहरुसँग हिसाबकिताब माग्न जरुरी छ भन्दै उहाँले भन्नुभयो अहिले जनता सचेत भएका छन तर पनि नेताहरुले गरेको आर्जन र जोडिएको सम्पत्तिको छानविन जनताले नै गर्न अति आवश्यक रहेको कुरा कृषि मन्त्री अहिरले उल्लेख गर्नुभयो । महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै महोत्सवमा भोली (शुक्रवार) चर्चित गायीका एलिना चौहानले आफ्नो प्रस्तुतीका साथ साथै स्थानिय सोन...
छैठौं नेपालगन्ज महोत्सवको तयारी पुरा

छैठौं नेपालगन्ज महोत्सवको तयारी पुरा

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ पौष – ए.जी. सर्भिस प्रा.लिले सञ्चालनमा गर्न लागेको छैठौं नेपालगन्ज महोत्सवको तयारी पुरा भएको छ । नेपालगन्जमा बिहीवार देखी सञ्चालनमा आउन लागेको छैठौं नेपालगन्ज महोत्सवको तयारी पुरा भएको हो । बुधबार आयोकले पत्रकार सम्मेलन गरि महोत्सबको तयारी पुरा भएको जानकारी गराएको छ । कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवद्र्धन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सवको तयारी पुरा भएको ए.जी. सर्भिस प्रा.लिका अध्यक्ष तथा महोत्सबका संयोजक नन्दु बुढाले जानकारी गराउनुभयो । ‘कृषी प्रवद्र्धन व्यापारिक तथा रोजगार पूर्वाधार’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागेको महोत्सवमा झण्डै ३ लाख बढि दर्शकले अवलोकन गर्ने अनुमान रहेको आयोजकले जनाएको छ ।महोत्सवमा थारु गाउँ, बालउद्यान, सबै प्रकारका स्टल, घुम्ने पिङ, बिबिध कला संस्कृति, भेष भूषा, डान्स तथा नृत्य प्रतियोगिता, राष्ट्रिय तथ...
हनुमान चालिसा समितिद्वारा अनुज गिरीलाई सम्मान

हनुमान चालिसा समितिद्वारा अनुज गिरीलाई सम्मान

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ पौष – भारतको देहेरादुनमा भएको सातौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बाँकेका १२ जना खेलाडीले पदक हात पार्न सफल भएका छन् ।उत्तराखण्ड तेक्वान्दो एशोसिएसन तथा यूपी गुडबिल तेक्वान्दो एशोसिएसनको संयुक्त आयोजनामा गत डिसेम्बर १५ देखि १७ तरेखसम्म सञ्चालित प्रतियोगितामा नेपालका पाँच टोलीले सहभागिता जनाएका थिए । १२ वटा देशका खेलाडीले प्रतिस्पर्धा गरेकोमा बाँकेबाट सहभागी खेलाडीले विभिन्न उमेर तथा तौल समूहमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएको प्रशिक्षक चन्द्र प्रकाश श्रेष्ठले बताउनुभयो । प्रशिक्षक श्रेष्ठ आफै पनि प्रतियोगितामा ५० बर्ष माथिको उमेर समूहमा प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँले प्रथम स्थान हासिल गर्नुभयो ।बाँकेमा विभिन्न उमेर तथा तौल समूहमा प्रतिस्पर्धा गर्नुभएका सागर धामी, विहान गोयल, अनुज गिरी, आभाष पराजुली, प्रिति विष्टले प्रथम स्थान हासिल गर्दै...
१ सय ३५ जनाले गरे रक्तदान

१ सय ३५ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ पौष – “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ बर्दिया जिल्लाको बगनाहामा दशौंं बृहत रक्तदान कार्यक्रम (चुरे महोत्सव–२०८०) मंगलवार आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी १ सय ३५ जनाले उत्साहजनक रुपमा रक्तदान गरेका छन् ।“रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ दशौंं पटक वृहत रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिका नगर कार्यपालिकाको कार्यालय सैनवारको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया तथा ठाकुरबाबा नगर समितिको समन्वयमा रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले प्राविधिक द्वय राजेन्द्र महतरा, राम भक्त लम्साललाई, उपप्रमुख बीना भट्टराई, नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय सदस्य तथा बर्दिया जिल्लाका अध्यक्ष प्रेम प्रसाद लम्सालले प्राविधिक महेश राना क्षेत्रीलाई, नेपाल रेडक्रस सोसाइटी उपशाखा ठाकुरबाबा भुरीगाउँका सभापति यज्ञ नेपाल र वडा नं. ...
नेपालगन्जमा ‘सचेतना प्रबद्र्धन र जरिवाना अभियान’

नेपालगन्जमा ‘सचेतना प्रबद्र्धन र जरिवाना अभियान’

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ पौष – नेपालगन्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि ‘सचेतना प्रबद्र्धन र जरिवाना अभियान’ थालेको छ । नगरबासीलाई आफ्नो फोहोर आफ्नै डस्टविनमा राख्न प्रेरित गर्न सचेत बनाइँदैछ । पहिलो चरणमा चारबाहिनी चोकदेखि न्यूरोड कल्पत्रु होटेलसम्म सचेतना अभियान सुरु गरिएको छ । पर्चा पम्प्लेट वितरण र माइकिंग गर्दै फोहोर जथाभावी नफाल्न सचेत बनाइएको छ । घरधनी, पसल व्यवसायी लगायतलाई अबदेखि सडकमा फोहोर नफाल्न सचेत बनाइएको हो । सडकमा जथाभावी फोहोर फालेमा अबदेखि नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम ५ हजारदेखि १५ हजार रुपैयाँ जरिवाना गरिने नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो । जिल्ला प्रशासन, वडा अध्यक्षहरु, होटल व्यवसायी, सरसफाई अभियन्ता, नगर प्रहरीसहित आज बुधबारदेखि सडक मै उत्रिएर नेपालगन्ज उपमहानगरपालिकाले घरदैलो सुरु गरेको छ । “नगरबासीलाई सचेत बनाउन हिंड...
होटल बाटिकले गर्दै न्यू ईयर ईव

होटल बाटिकले गर्दै न्यू ईयर ईव

आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ४ पाैष - अंग्रेजी नयाँ बर्ष २०२४ को स्वागत तथा २०२३ को बिदाईको अवसरमा यस बर्षको अन्तिम दिन होटल बाटिकाले न्यू ईयर ईव गर्न लागेको हो । थारू कला संस्कृतिको पहिचान झलकिने थारू नृत्य, थारू परिकारका साथै अन्य नेपाली तथा हिन्दी डीजे सोंग समेत मनोरञ्जनका लागी राखिएको होटलका प्रबन्धक सत्यनारायण चौधरीले जानकारी गराउनु भयो । प्रति ब्यक्ति प्रबेश शुल्क १२५०/- रहेको छ भने बारह बर्षदेखी मुनि पांँच बर्षभन्दा माथीको प्रबेश शुक्लमा ५० प्रतिशत छूटको ब्यवस्था गरिनुका साथै ५ बर्ष मुनिका बालबालिकाहरूको लागि निशुल्क प्रबेश रहने वव्यवस्था मिलाईएकाे छ ।पहिलो पटक गर्न लागेको इवेंटमा एकदमै कम मूल्यमा हामीले onlimited स्नेक्स with 1 can bear समेत रहने छ भने ३०० वटा प्रबेश टिकट बितरण गर्ने लक्ष्य राखिएको छ ।...
चीनमा भूकम्प, १०० जना बढीको मृत्यु

चीनमा भूकम्प, १०० जना बढीको मृत्यु

आस्था, मौसम, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ४ पौष – चीनमा शक्तिशाली भूकम्प गएको छ । सोमबार राति उत्तरी चीनको गान्सु प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा एक सय ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । भूकम्पमा परी २२० जना घाइते भएका छन् । मृत्यु हुनेमा गान्सुका १०० र छिङ्हाइका ११ जना छन् । भूकम्पले गान्सु र छिङ्हाइ प्रान्तमा बढी क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्प १० किलोमिटर गहिराइमा गएको जनाएको छ । यसैबीच, चिनियाँ राष्ट्रपति सी चीनफिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरूको उद्धार, राहत र घाइतेहरूको उपचारमा सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन् । आपतकालीन कामदारहरूले चिसो मौसमको सामना गर्दै उद्धारकार्यलाई जारी राखेको समाचारमा जनाइएको छ ।...
‘रिफ्लेक्टिभ स्टिकर’ दुर्घटना कम गर्न सवारी साधनमा टाँस

‘रिफ्लेक्टिभ स्टिकर’ दुर्घटना कम गर्न सवारी साधनमा टाँस

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ पौष – सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनमा ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस गरेको छ । चिसो बढेसँगै हुस्सु र कुहिरोका कारण सवारी दुर्घटना हुनसक्ने जोखिमलाई ख्याल गर्दै सवारी साधन र विद्यार्थीको झोलामा ‘स्टिकर’ टाँस गरेको हो । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझी चोकमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम समेत आयोजना गरिएको थियो । बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले अभियानको पहिलो दिन मङ्गलबार तीन सय सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँस गरिएको जानकारी दिए । उनले नम्बर प्लेट नभएका र स्पष्ट नदेखिने सवारी साधनमा रातिको समयमा दुर्घटना बढी हुन सक्ने भएकाले त्यस्ता सवारी साधनहरूमा स्टिकर टाँस गरिएको बताए । ‘राति हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्नका लागि हामीले नम्बर प्लेट नभएका र स्पष्ट नदेखिने सवारी साधनमा रिफ्लेक...