Sunday, July 12सत्यम खबर
Shadow

आस्था

कर्मचारी मिलन केन्द्र बाँकेको कार्य समिति चयन

कर्मचारी मिलन केन्द्र बाँकेको कार्य समिति चयन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ५ चैत – कर्मचारी मिलन केन्द्र बाँकेले तपसिल अनुसार सल्लाहकार तथा पदाधिकारी रहने गरी कार्य समितिको पूर्णता दिएको छ ।उक्त केन्द्रको कार्य समितिको अध्यक्षमा गोविन्दप्रसाद पाण्डे, कार्यालय प्रमुख, जिल्ला हुलाक कार्यालय बाँके, उपाध्यक्षमा तिलक न्यौपाने कार्यालय प्रमुख खाने पानी तथा सरसफाई डिभिजन कार्यालय बाँके, सचिवमा डा. सुमन खनाल फर्म व्यवस्थापक कुखुरा विकास फर्म खजुरा बाँके, सहसचिवमा अमित भुषण सुमन कार्यालय प्रमुख खाद्य प्रविधी तथा गुणस्तर नियन्त्रण कार्यालय नेपालगन्ज, कोषाध्यक्षमा डा. गिता रेग्मी कार्यालय प्रमुख बाँके आयूर्वेद स्वास्थ्य केन्द्र तथा सदस्यहरुमा भिमार्जुन शाह उपनिर्देशक, नेपाल राष्ट्र बैंक शाखा नेपालगन्ज, निनु श्रेष्ठ बरिष्ठ औषधी व्यवस्थापक औषधी व्यवस्था कार्यालय नेपालगन्ज, सन्तोष दाहाल खाद्य अनुसन्धान अधिकृत खाद्य आयात तथा निर्यात कार्यालय नेपालगन्ज, सुमन बोहरा कृष...
सातौं प्रादेशिक महोत्सवको तयारी ८० प्रतिशत सम्पन्न

सातौं प्रादेशिक महोत्सवको तयारी ८० प्रतिशत सम्पन्न

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज ५ चैत – यही चैत ६ गतेदेखि नेपालगन्जको वाटरपार्कमा आयोजना हुने सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काका अनुसार महोत्सवको तयारी ८० प्रतिशत सम्पन्न भएको हो ।महोत्सवलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको जानकारी दिदैँ अध्यक्ष खड्काले बाँकेको आर्थिक गतिविधिलाई चलायमान गर्ने उद्देश्यका साथ नेपालगन्जको वाटरपार्कमा सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सव आयोजना गरिन लागेको जानकारी दिइन् । उनले भनिन्– ‘महोत्सवको सम्पूर्ण तयारी लगभ पुरा भइ सकेको छ । महोत्सवमा आउने कलाकारहरुको टुङ्गो लागि सकेको छ । भने महोत्सव स्थलमा २ सय स्टल बुक भई सकेको छ ।’महोत्सवलाई भब्य र सभ्यरुपमा सम्पन्न गर्न महासंघ जिल्ला स्थ...
निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ चैत – बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । बारबर्दिया नगरपालिका नगर कार्यालय मगरागाडी आयुर्वेद औषधालय जयनगर बर्दियाको आयोजना र नेपालगन्ज आयुर्वेद जनरल अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।बारबर्दिया नगरपालिका–३ रामपुरको वर्थिङ सेन्टरमा भएको आयुर्वेद विशेषज्ञ शिविरमा प्रमुख अतिथिको रुपमा नगर प्रमुख छविलाल थारु, विशिष्ट अतिथिको रुपमा संविधान सभा सदस्य, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् नेपालगन्ज हेल्थ क्याम्पस र नेपालगन्ज जनरल आयुर्वेद अस्पतालका प्रबन्ध निर्देशक मैकुलाल बाल्मिकीले आयुर्वेद स्वास्थ्य सेवाको बारेमा बताउनु भएको थियो । वडा नम्बर ३ अध्यक्ष नन्दलाल थारुको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास संयोजक श्यामकुमारी चौधरी, विशिष्ट अतिथिको रुपमा नेपालगन्ज ...
आशा लघुवित्तको उत्कृष्ट केन्द्र नं. १४० मानपुर प्रथम

आशा लघुवित्तको उत्कृष्ट केन्द्र नं. १४० मानपुर प्रथम

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ३ चैत - आशा लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय खजुराले बित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम शनिवार खजुराको मिनि पार्कमा सम्पन्न गरेको छ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय खजुराले एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको हो । संस्थाले गरेको कार्यप्रति विश्वस्त पार्न, वित्तिय संस्थाबारे भ्रम चिर्न, गुनासो र चुनौती बारे छलफल, धितो कर्जा कसरी चलाउने लगायतका विषयमा केन्द्र प्रमुखहरुलाई प्रशिक्षण गरिएको थियो । एक दिने गोष्ठीमा २ सय ६ केन्द्रका केन्द्र प्रमुखको उपस्थिति रहेको खजुरा शाखाका प्रबन्धक सञ्जित ओलीले जानकारी दिनुभयो । कार्यक्रममा महिलाहरुलाई विशेष गरी लघुबित्त कर्जा र बचत सम्बन्धि ब्यबसाय दर्ता, ब्यवसाय योजना, कर्जा सदुपयोगिता, वित्तीय ब्यवस्थापन, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्त...
५२ जनाले गरे रक्तदान

५२ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
पवन जयसवालनेपालगन्ज, २ चैत – बाँकेको समृद्धि फाउण्डेसन नेपाल बाँकेद्वारा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ५३ जनाले स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका छन् ।जानकी गाउँपालिका वार्ड नं.–३ को आर्थिक सहयोग र नेपाल स्वयंसेवी रक्तदाता समाज उपशाखा जानकी गाउँपलिकाको समन्वयमा फागुन ३० गते बुधवार जानकी गाउँपालिका ३ नं. वडा कार्यालयको परिसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि वडा ३ नं. का वडाध्यक्ष राजकुमार वर्मा, समृद्धि फाउण्डेसन नेपाल बाँकेका अध्यक्ष महेशकुमार चौधरी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके अध्यक्ष दिला शाह, उपशाखा जानकी गाउँपालिका अध्यक्ष धर्मराज वर्मा, जिल्ला सल्लाहकार पूर्णलाल चुके, कोषध्यक्ष मनमोहन वर्मा लगायतले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सोम प्रकाश सापकोटा, सन्दिप आचार्य, गोमा सुनारलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको.उद्घ...
गुप्तामाथि अभद्र व्यवहारप्रति मधेश मिडियाको भर्त्सना

गुप्तामाथि अभद्र व्यवहारप्रति मधेश मिडियाको भर्त्सना

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज १ चैत - भेरी अस्पतालमा रिपोर्टिङका क्रममा पुगेका जि नेपाल टेलिभिजनका संवाददाता अभिषेक गुप्तामाथि दुरव्यवहार भएको छ । अभद्र व्यवहारप्रति मधेश मिडिया मिसन नेपाल बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । समाचार संकलनका लागि उक्त अस्पताल पुगेका पत्रकार गुप्तामाथि अस्पतालमा कार्यरत सुरक्षा गार्डले दुव्र्यवहार गरेका हुन् । सो क्रममा क्यामेरा खोस्ने दुष्प्रयास गरेकाे पत्रकार गुप्ताले जानकारी दिएका छन् । सञ्चारकर्मीमाथि भएको यस्तो दुव्र्यवहारप्रति मधेश मिडिया मिसन नेपाल बाँके शाखाले घोर भत्सर्ना एवं निन्दा व्यक्त गर्दै उक्त घटना प्रेस स्वतन्त्रताका विपरित भएको संस्थाकाे ठहर छ । मधेश मिडिया मिसन नेपाल बाँकेका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले घटनाको भत्सर्ना गर्दै यश अघि समेत झाेरा सामुदायिक वनमा काठकाे विषयमा झगडा हुँदा दुबै पक्ष भेरी अस्पतालकाे ईमरजेन्सीमा भेट्न जाँदा राेक लगाईएकाे वि...
रूसमा विमान दुर्घटना हुँदा १५ को मृत्यु

रूसमा विमान दुर्घटना हुँदा १५ को मृत्यु

आस्था, मौसम, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ चैत – मंगलबार मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रूसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । न्युयोर्क पोस्टले रूसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उडानपछि विमानको एउटा इन्जिनमा आगो लागेपछि आइएल-७६ विमान जङ्गलमा खसेको जनाएको छ । सैन्य कार्गो विमान दुर्घटना हुँदा जहाजमा आठ जना चालक दलका सदस्य र सात यात्रु सहित १५ जना थिए । अझैसम्म यात्रुहरूको परिचय तथा गन्तव्य भने स्पष्ट हुन सकेको छैन । न्युयोर्क पोस्टले टेलिग्राम च्यानल–११२ मा सम्प्रेषण गरिएको फुटेजमा विमानको एउटा इन्जिनमा आगो लागेको र तीव्र गतिमा उचाइ गुमाएको देखाइएको रिपोर्ट गरेको छ । अनलाइन समाचार माध्यामहरूले दुर्घटनामा पर्ने सबैको मृत्यु भएको रिपोर्ट गरेका छन् । ‘मस्कोको स्थानीय समयअनुसार दिउसो एक बजे एक आइएल–७६ सैन्य यातायात विमान इभानोवो क्षेत्रमा निर्धारित उडा...
चिनियाँ विदेशमन्त्री वाङले अस्ट्रेलिया भ्रमण गर्ने

चिनियाँ विदेशमन्त्री वाङले अस्ट्रेलिया भ्रमण गर्ने

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ चैत – चीनका विदेशमन्त्री वाङ यीले अर्को हप्ता अस्ट्रेलियाको भ्रमण गर्ने भएका छन् । सन् २०१७ पछि चिनियाँ विदेशमन्त्री वाङ उच्चपदस्थ अधिकारीका रूपमा अस्ट्रेलिया भ्रमण गर्ने पहिलो व्यक्ति हुन् । मानव अधिकार र प्रशान्त क्षेत्रमा चीनको बढ्दो कूटनीतिक तथा सैन्य प्रभाव भए पनि उनको भ्रमण दुई देशबीच सहज व्यापारिक सम्बन्ध स्थापनाका लागि हुन लागेको हो । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले व्यापार अवरोध हटाउन ‘उल्लेखनीय प्रगति’ भएको उल्लेख गर्दै बिहीबार पत्रकारहरूसँग भने, ‘मलाई लाग्छ वाङ यीले अस्ट्रेलिया भ्रमणलाई महत्त्व दिनु राम्रो कुरा हो ।’ चिनियाँ विदेशमन्त्रीले मार्च २० मा क्यानबेरामा विदेशमन्त्री पेनी वोङसँग ‘रणनीतिक वार्ता’ गर्ने कार्यक्रम छ । “हामी चीनसँग जहाँ सक्छौं, त्यहाँ सहकार्य गर्न चाहन्छौं, जहाँ आवश्यक छ त्यहाँ असहमत हुन चाहन्छौँ र हाम्रो राष्ट्रिय हि...
अस्ट्रेलियाका पूर्वप्रधानमन्त्रीले भने – भारत विश्वको उदीयमान लोकतान्त्रिक महाशक्ति

अस्ट्रेलियाका पूर्वप्रधानमन्त्रीले भने – भारत विश्वको उदीयमान लोकतान्त्रिक महाशक्ति

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ चैत – अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री टोनी एबोटले भारतको प्रशंसा गर्दै भारत विश्वको उदीयमान लोकतान्त्रिक महाशक्ति भएको बताएका छन्। भारत अहिले पूर्ण आर्थिक टेकअफको लागि रनवेमा दौडिरहेकोसमेत उनले बताए। एबोटले भारत र अष्ट्रेलियाबीचको सम्बन्ध निकै बलियो रहेको उल्लेख गर्दै भारतसँग व्यापार गर्ने ठूलो मुख्य कारण भारतले चीनजस्तो व्यापार अचानक बन्द गर्ने छैन भन्‍ने भरोसा भएको बताएका हुन्। एएनआईसँग कुरा गर्दा एबटले भने, 'अहिलेको सम्बन्ध धेरै बलियो सम्बन्ध हो, र यो सधैं बलियो हुँदै गइरहेको छ…। विश्वको उदीयमान लोकतान्त्रिक महाशक्ति राष्ट्र मलाई लाग्छ अहिले भारत नै हो। रनवेलाई पूर्ण आर्थिक टेकअफको लागि गर्जन गर्दै भारत सबै प्रमुख शहरहरूमा पूर्वाधार निर्माण भइरहेको छ भनेर मात्र हेर्नुपर्छ।' अष्ट्रेलियामा हिन्दू मन्दिरहरू तोडफोडको बारेमा एबोटले सचेत भएको र यो सानो अल्पसंख्यकको...
थाई प्रधानमन्त्री भगवान बुद्धको पवित्र अवशेष लिन बैंकक

थाई प्रधानमन्त्री भगवान बुद्धको पवित्र अवशेष लिन बैंकक

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ चैत – भगवान बुद्धका अवशेष थाइल्याण्डकी प्रधानमन्त्री श्रेथा थाभिसिनले ग्रहण गर्ने कार्यक्रम छ। समारोहअघि, थाभिसिन शुक्रबार बैंककको रोयल ग्राउन्ड सनम लुआङ पुगेकी हुन्। अवशेषहरू औपचारिक मैदानमा लगिनेछ। थाइल्यान्डको बैंककस्थित सनम लुआङको रोयल मैदानमा राष्ट्रिय सङ्ग्रहालयबाट बुद्धका पवित्र अवशेषहरू लैजाने क्रममा शोभायात्रा जारी छ। भगवान बुद्धका अवशेषहरू उनका दुई शिष्यहरू, अरहता सारिपुत्र र अरहता मौद्गलयाना, माख बुचा दिवसदेखि मानिसहरूलाई श्रद्धा अर्पण गर्नको लागि शाही मैदानमा तयार गरिएको भव्य मण्डपमा राखिनेछ। भव्य शोभायात्रामा लालटेन र कमल जुलुसको साक्षी हुनेछ, साथै भारतीय र थाई दुवै पक्षका जातीय प्रदर्शनहरू हुनेछन्। समारोह फेब्रुअरी २४ देखि मार्च ३ सम्म, बिहान ९ बजे र ८ बजेसम्म जनतालाई श्रद्धाञ्‍जलि अर्पण गर्न खुला छ। यस क्षेत्रका मानिसहरूलाई श्रद्धाञ्जली दिनको लागि म...