Sunday, February 9सत्यम खबर
Shadow

कर्मचारी मिलन केन्द्र बाँकेको कार्य समिति चयन

नेपालगन्ज, ५ चैत – कर्मचारी मिलन केन्द्र बाँकेले तपसिल अनुसार सल्लाहकार तथा पदाधिकारी रहने गरी कार्य समितिको पूर्णता दिएको छ ।
उक्त केन्द्रको कार्य समितिको अध्यक्षमा गोविन्दप्रसाद पाण्डे, कार्यालय प्रमुख, जिल्ला हुलाक कार्यालय बाँके, उपाध्यक्षमा तिलक न्यौपाने कार्यालय प्रमुख खाने पानी तथा सरसफाई डिभिजन कार्यालय बाँके, सचिवमा डा. सुमन खनाल फर्म व्यवस्थापक कुखुरा विकास फर्म खजुरा बाँके, सहसचिवमा अमित भुषण सुमन कार्यालय प्रमुख खाद्य प्रविधी तथा गुणस्तर नियन्त्रण कार्यालय नेपालगन्ज, कोषाध्यक्षमा डा. गिता रेग्मी कार्यालय प्रमुख बाँके आयूर्वेद स्वास्थ्य केन्द्र तथा सदस्यहरुमा भिमार्जुन शाह उपनिर्देशक, नेपाल राष्ट्र बैंक शाखा नेपालगन्ज, निनु श्रेष्ठ बरिष्ठ औषधी व्यवस्थापक औषधी व्यवस्था कार्यालय नेपालगन्ज, सन्तोष दाहाल खाद्य अनुसन्धान अधिकृत खाद्य आयात तथा निर्यात कार्यालय नेपालगन्ज, सुमन बोहरा कृषि अनुसन्धन अधिकृत कृषि अनुसन्धान निर्देशनालय खजुरा बाँके, प्रकाश के.शी.कार्यालय प्रमुख नेपालगन्ज औद्योगिक क्षेत्र बाँके, विष्णु धिताल कार्यालय प्रमुख वायिज्य कार्यालय नेपालगन्ज, बीरबहादुर बि.क.शाखा अधिकृत उच्च अदालत तुलसीपुर इजलास नेपालगन्ज र दिपेन्द्र श्रेष्ठ अधिकृत (छैटौ) नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय बाँके सर्वसम्मत रुपमा चयन हुनु भएको छ ।


केन्द्रका प्रमुख सल्लाहकारमा चन्द्रबहादुर सारु मूख्य न्यायधीश उच्च अदालत, तुलसीपुर, नेपालगन्ज, इजलास, सल्लाहकार भीष्मराज प्रसाई जिल्ला न्यायधीश, बाँके जिल्ला अदालत, संरक्षकमा श्रवणकुमार पोख्रेल, प्रमुख जिल्ला अधिकारी बाँके, सल्लाहकारहरुमा मोहन शरण भण्डारी प्रमुख कोष नियन्त्रक को.ले.नि.का.बाँके, रबिन श्रेष्ठ प्रमुख सेनानी बज्रदल गण, बाँके, सुबासचन्द्र बोहरा प्रहरी उपरीक्षक जि.प्र.का. बाँके, बिमल डांगी, शसस्त्र प्रहरी उपरीक्षक, श.प्र.बल तथा ओमबहादुर खड्का उप अनुसन्धान निर्देशक बाँके चयन हुनु भएको छ ।
त्यसैगरी मिलन केन्द्रले हालै बाँके जिल्लामा आउनु भएका उच्च अदालत तुलसीपुर, नेपालगन्ज, इजलासका न्यायधीश बसन्तराज पौडेल, शसस्त्र प्रहरी वलका शसस्त्र प्रहरी उपरिक्षकद्वय विमल डांगी तथा क्षितिज क्षेत्री, नेपाल टेलिकमका कार्यालय प्रमुख निरज बज्राचार्य, राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख खगेन्द्रराज सापकोटा, शसस्त्र प्रहरी वलका शसस्त्र प्रहरी नायव उपरिक्षक द्वय जनकराज उपाध्याय तथा डुडुवा गाउ“पालिकाका प्रमुख प्रशासकिय अधिकृत दानबहादुर ऐडीलाई स्वागत समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *