
नेपालगन्ज ५ चैत – यही चैत ६ गतेदेखि नेपालगन्जको वाटरपार्कमा आयोजना हुने सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काका अनुसार महोत्सवको तयारी ८० प्रतिशत सम्पन्न भएको हो ।
महोत्सवलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको जानकारी दिदैँ अध्यक्ष खड्काले बाँकेको आर्थिक गतिविधिलाई चलायमान गर्ने उद्देश्यका साथ नेपालगन्जको वाटरपार्कमा सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सव आयोजना गरिन लागेको जानकारी दिइन् ।

उनले भनिन्– ‘महोत्सवको सम्पूर्ण तयारी लगभ पुरा भइ सकेको छ । महोत्सवमा आउने कलाकारहरुको टुङ्गो लागि सकेको छ । भने महोत्सव स्थलमा २ सय स्टल बुक भई सकेको छ ।’
महोत्सवलाई भब्य र सभ्यरुपमा सम्पन्न गर्न महासंघ जिल्ला स्थित सम्बद्ध सरोकारवालासँग आवश्यक पहल गरि सकेको छ । विभिन्न समिति, उपसमितिबाट आवश्यक तयारी ब्यापाकता दिइएको छ । यस्तै ३ वटा अटो र दुईवटा गाडीबाट दिनहुँ ब्यापक प्रचार–प्रसार गरिनुका साथै पर्चा पम्पलेट टाँसि रहेको छ ।

सुस्ताउ“दै गएको ब्यापार व्यवसायलाई चलयमान बनाउने उद्देश्यका साथ उद्यमीहरुले उत्पादन गरेको वस्तुहरुको बजारीकरण, उत्पादन र उद्यमीहरुको प्रर्वद्धनका लागि महोत्सवको आयोजना गरिएको अध्यक्ष खड्काले जानकारी दिइन् ।
मेला महोत्सवबाट नेपालगन्जको मौलिक कुराहरुको प्रर्बद्धन गर्नुका साथै नेपालगन्ज वाटरपार्कसहित यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा जोड दिनुका साथै महासंघको भवन निर्माणमा समेत बजेट संकलनका लागि महोत्सव महत्वपूर्ण रहेकोले उनले जिल्लाबासीलाई महोत्सवमा सहभागि हुन आग्रह गरिन् ।
बढ्दै गएको गर्मीको चुनौतीका बाबजुत नेपालगन्जमा पहिलो पटक बेलुका ८ बजेसम्म महोत्सव सञ्चालन हुने भएकाले सन्ध्याकालिन महोत्सवको आनन्द लिनका लागि पनि महोत्सवमा सहभागि हुन नछुटाउन उनले आग्रह गरिन् ।
अध्यक्ष खड्काका अनुसार स्थानीय वाटरपार्कको खुला मैदानमा १३ दिनसम्म आयोजना हुने महोत्सवमा ५० वटा स्टल उद्यमीहरुलाई निशुल्क उपलब्ध गराइएको छ ।
महोत्सवमा २५० देखि ३०० वटासम्म विभिन्न स्टलहरू राखिने जनाउँदै अध्यक्ष खड्काले ती स्टलहरूमा कृषि, वनपैदावर, हस्तकला, ऊर्जा, बायोग्यास लगायतका सामग्रीहरू प्रदर्शनी गरिने बताइन् ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूद्वारा हरेक दिन सांस्कृतिक कार्यक्रम आयोजना गरिने जनाउँदै नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जीआर भुसालले महोत्सवमा एक लाख पचास हजारदेखि दुई लाखसम्म दर्शकले अवलोकन गर्ने तथा दुई करोड जतिको आर्थिक कारोबार हुने अपेक्षा गरिएको बताए । महासचिव भुसालका अनुसार चैत्र ६ गते महोत्सव उद्घाटनका दिन ¥यालीसहित भब्य झाँकीका साथ उद्घाटन गरिनेछ ।