Sunday, July 12सत्यम खबर
Shadow

आस्था

ज्योती मगरले नेपालगन्ज तताईन

ज्योती मगरले नेपालगन्ज तताईन

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज ८ चैत्र – उसै त बढ्दै गएको नेपालगन्जको तापक्रम त्यसैमा गायिका ज्योती मगरको बेजोड प्रस्तुतीले नेपालगन्जको वाटरपार्क बिहीबार तातियो ।नेपालगन्जमा मङ्गलबारदेखि सुरु भएको सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको तेस्रो दिन ज्योती मगरको बेजोड प्रस्तुतीले महोत्सव स्थल तातिएको हो । ‘मेहनत सृजना उत्पादन र बस्तुः मेरै नेपालको’ भन्ने मूल नाराका साथ सञ्चालित महोत्सवमा गायिका ज्योती मगरले आफ्नो प्रस्तुती राख्दा उपस्थित दर्शकको भीड थामिनसक्नु भयो । ज्योती मगरले आफ्ना चर्चित गितहरु गाएर दर्शकलाई मन्त्रमुग्ध पार्नुका साथै नेपालगन्जको माहोल तताइन् । उनले गाएको हरेका गितमा दर्शकहरुको उत्साहजनक उपस्थिती रह्यो ।ज्योती मगरका साथ दोस्रो दिन गायक कमल विसी ‘माल्दाई’ र सपना शाहीको समेत बेजोड प्रस्तुती रह्यो । गायक कमल विसी तथा गायिका सपना शाहीले आफ्ना चर्चित गितह...
शसस्त्र प्रहरी प्रधान कार्यालयद्धारा डुडुवा अध्यक्ष चौधरी सम्मानित

शसस्त्र प्रहरी प्रधान कार्यालयद्धारा डुडुवा अध्यक्ष चौधरी सम्मानित

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज ६ चैत – शसस्त्र प्रहरी बल प्रधान कार्यालय काठमाण्डौले बाँके डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई सम्मान गरेको छ ।शसस्त्र प्रहरीलाई सामाजिक, शान्ति, सुरक्षा कायम राख्ने कार्यमा अध्यक्ष चौधरीले उल्लेखनीय सहयोग पुर्याएको भन्दै उहाँको उच्च मुल्याङ्कन गर्दै प्रहरीले सम्मान गरेको हो । ‘२३औँ शसस्त्र प्रहरी दिवस २०८०’ को अवसरमा शसस्त्र प्रहरी प्रधान कार्यालयले पालिका अध्यक्ष चौधरीलाई कदरपत्रले सम्मान गरेको थियो । शसस्त्र प्रहरी बल महेन्द्रनगर बाँकेका प्रमुख (गणपति) शसस्त्र प्रहरी उपरिक्षक विमल डाँगीले एक कार्यक्रमका विच पालिका अध्यक्ष चौधरीलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्नु भएको थियो । शसस्त्र प्रहरी दिवसको अवसरमा प्रदान गरिएको कदर पत्र नेपालगन्जमा प्रदान गरिएको हो ।कदर पत्र ग्रहण गर्दै पालिका अध्यक्ष चौधरीले गाउँ समुदाय तथा सिमा क्षेत्रमा शसस्त्र प्रहरीको भुमिका...
बाँकेमा सुरु भयो एन्फा कम्युनिटी कोचिङ कोर्ष सुरु

बाँकेमा सुरु भयो एन्फा कम्युनिटी कोचिङ कोर्ष सुरु

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ चैत – बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगन्जमा एन्फा कम्युनिटी कोचिङ कोर्ष सुरु भएको छ । चैत ६ देखि ९ गतेसम्म सञ्चालन हुने एन्फा कम्युनिटी कोचिङ कोर्षमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाल, डोटी, कालिकोट, काठमाडौं लगायतका जिल्लाबाट ४३ जनाको सहभागिता रहेको छ ।नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दिप जंग शाहले एन्फा कम्युनिटी कोचिङ कोर्षको सुभारम्भ गर्नु भयो । आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा एन्फा कार्यवहाक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान हरी खड्का, एन्फा हेड अफ कोच एजुकेशन संजित सिंह, एन्फाका पुर्व उपाध्यक्ष एवम् बाँके जिल्ला फुटबल संघका सदस्य गोवर्धन सिंह सम्झना, साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशक...
महाराजले श्रीमतीलाई महारानी बनाउनुपर्छ : श्रीनिवास

महाराजले श्रीमतीलाई महारानी बनाउनुपर्छ : श्रीनिवास

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौ, ६ चैत – हिन्दु धर्मगुरु आचार्य श्रीनिवासले शीतलकृष्ण महाराजले श्रीमतीलाई अन्याय गरेको आरोप लगाएका छन् । हिन्दु धर्मशास्त्रमा डिभोर्सको बारेमा कतै चर्चा नभएको भन्दै धर्मगुरुले नै डिभोर्सको लागि श्रीमतीलाई बाध्य पार्नु अपराध भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आचार्यले धार्मिक गुरु महाराजले आफ्नी श्रीमतीलाई पनि महारानी बनाउन अपिल गरेका छन् । उनले भनेका छन् – शितलकृष्णलाई पटक–पटक सम्झाएको हो । प्रभु हामी धर्मगुरुहरूले हिंसा गरेको कुराहरू बाहिर आयो भने हाम्रो अस्तित्व रहँदैन । तपाइले श्रीमती के कारणले छोड्दै हुनुहुन्छ ? के कारणले डिभोर्स दिँदै हुनुहुन्छ भनेर सोध्दा उहाँले श्रीमतिसँग उपासना पद्धति मिलेन बुबाआमासँग राम्रो व्यवहार भएन । मलाई इच्छा लागेन म डिभोर्स चाहन्छु । डिभोर्स भन्ने शब्द हाम्रो धर्मशास्त्रमा छ ? यो क्रिश्चियन पश्चिमाको नीति हो । आज गुरुहरूले डिभोर्स गर्...
साउथ चाइना सी मा हस्तक्षेप गर्ने अधिकार अमेरिकालाई छैन : चीन

साउथ चाइना सी मा हस्तक्षेप गर्ने अधिकार अमेरिकालाई छैन : चीन

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ चैत – साउथ चाइना सी’मा हस्तक्षेप गर्ने अधिकार अमेरिकालाई नभएको चीनले मंगलबार बताएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विवादित जलमार्गमा भएको सशस्त्र आक्रमणविरुद्ध फिलिपिन्सको रक्षा गर्ने आफ्नो प्रतिबद्धतामा वासिङ्टन अडिग रहेको बताएपछि चीनको उक्त भनाई आएको हो । ‘संयुक्त राज्य अमेरिका ‘साउथ चाइना सी’ को मुद्दाको पक्ष राष्ट्र होइन र चीन र फिलिपिन्सबीचको सामुद्रिक मामिलामा हस्तक्षेप गर्ने कुनै अधिकार छैन,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा भने । सन् २०२२ मा राष्ट्रपति फर्डिनान्ड मार्कोसले कार्यभार सम्हालेपछि दोस्रो पटक फिलिपिन्सको राजधानी मनिला पुगेका ब्लिन्केनले मित्रराष्ट्रका लागि चीनविरुद्धको अमेरिकी समर्थनलाई मजबुत बनाउन संक्षिप्त एसिया भ्रमण गरेका हुन् । ब्लिन्केनको टिप्पणीबारे सोधिएको प्रश्नको ज...
प्राकृति विरोधीलाई झटका, अदालतले जारी गर्यो अन्तरिम आदेश

प्राकृति विरोधीलाई झटका, अदालतले जारी गर्यो अन्तरिम आदेश

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ चैत – तीब्र गतिमा भईरहेको जलवायु परिवर्तनले सम्पूर्ण मानव, पशु पंक्षी, चराचुरुंगी प्रभावित भईरहेको, पानीका प्राकृतिक मुहान सुकीरहेको अवस्थामा नदी, नाला, ताल, पोखरी संरक्षण गर्नु सम्पूर्ण मानव समाजको प्राथमिकतामा हुनु पर्ने भए पनि नरैनापुर गाउँपालिकाका जनप्रतिनिधिहरु पोखरी विनाशकर्ताको रुपमा देखिएका छन् । सिंचाईको सुविधाबाट बञ्चित नरैनापुरबासीहरु सो क्षेत्रमा रहेका प्राकृतिक पोखरीहरुबाट सिंचाई गर्दै आएकोमा नरैनापुर पालिकाले पोखरीबाट समेत सिंचाई गर्न नदिने, पशु पंक्षी, चराचुरुंगीहरुलाई पानी खान नदिने गरी भएका पोखरीहरुलाई पटान गरी भवन निर्माण गर्ने योजना बनाएको छ ।नरैनापुर वडा नं. ४ मा रहेको पोखरी पटान गरी पालिका भवन निर्माण गरी रहेको छ भने नरैनापुर वडा नं. १ कटकुईयाँमा रहेको पोखरीमा भवन निर्माण गरी रहेकोमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आज मंगलबार एउटा आदेश जारी गर...
जिससबाट महिला कलेज र बीचबाट पूर्व जाने बाटो स्तरोन्नति कार्य सुरु

जिससबाट महिला कलेज र बीचबाट पूर्व जाने बाटो स्तरोन्नति कार्य सुरु

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ चैत – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ र १३ अन्तर्गत ‘जिल्ला समन्वय समिति (जिसस) बाट महिला कलेज र बीचबाट पूर्व जाने बाटो योजना कार्य’ सुरु भएको छ । नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले आज (मंगलबार) बाटो स्तरोन्नति कार्यको शुभारम्भ गर्नुभएको छ । सडक स्तरोन्नति कार्यको शुभारम्भ गर्दै नगर प्रमुख विष्टले समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले सामुदायिक सहभागितामा काम गर्न समेत आग्रह गर्नुभयो । ‘यो धेरै मानिसहरु आवतजावत गर्ने बाटो हो, बर्खामा डुबान हुने क्षेत्र पनि हो, फुल्टेक्रादेखि अन्य गाउँहरु तथा विभिन्न कार्यालयहरु आउने जाने बाटो भएकाले यसको स्तरोन्नति जरुरी थियो, नगर प्रमुख विष्टले भन्नुभयो, सडक स्तरोन्नति पछि सबैलाई सहज हुनेछ ।’ नगरमा सडक सञ्जाल विस्तार, स्तरोन्नति र नाला निर्माणका कामलाई प्राथमिकताका साथ अगाडि...
पवन जयसवालले गरे ९९ औं पटक रक्तदान

पवन जयसवालले गरे ९९ औं पटक रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ चैत – सञ्चारकर्मी पवन जायसवालले आईतवारका दिन आफ्नो रक्तदानको ९९ औं पटक श्रृंखला रक्तदान गरी पुरा गरेका छन् । बाँके र बर्दियामा अहिलेको समयमा पहिलो रक्तदाताको रुपमा रहेका सञ्चारकर्मी पवन जायसवालले आईतवारका ९९ औं पटक रक्तदान गरेका छन् ।बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१९ सुर्जीगाउँ निवासी नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके जिल्ला कार्य समितिका सल्लाहकार, तथा सञ्चारकर्मी हिमालिनी अनलाईन, मध्यान्ह राष्ट्रिय दैनिक, लोकलय मासिक म्याग्जिन, दैनिक नेपालगन्ज, जनमत अद्र्ध साप्ताहिक, नयाँ नेपाल अवधी पृष्ठ लगायतमा सम्वाददाताको रुपमा रहेका छन् । उहाँले बि.सं.२०८० साल चैत्र ४ गते आईतवार नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जमा ९९ औं पटक रक्तदान गरेका छन् । रक्तदान गर्ने पाकेटको संख्या एम नं. ४१०१ रहेको छ । रक्तदान गर्दा...
विदेशमन्त्री जयशंकर र दक्षिण कोरियाली समकक्षीबीच सियोलमा द्विपक्षीय सम्बन्ध विस्तारबारे छलफल

विदेशमन्त्री जयशंकर र दक्षिण कोरियाली समकक्षीबीच सियोलमा द्विपक्षीय सम्बन्ध विस्तारबारे छलफल

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ चैत – भारतीय विदेश मन्त्री एस जयशंकर र उनका दक्षिण कोरियाली समकक्षी चो ताए-युलबीच भेटवार्ता भएको छ। दुई नेताबीच द्विपक्षीय सम्बन्ध विस्तार, रक्षा, विज्ञान तथा प्रविधि, व्यापार र व्यापार क्षेत्रमा सहकार्यका विषयमा वार्ता भएको छ। यसअघि दुबैजनाले सियोलमा १०औं भारत-दक्षिण कोरिया संयुक्त आयोग बैठकको अध्यक्षता गरेका थिए। भेटका क्रममा जयशंकर र चो ताए-युलले इन्डो-प्यासिफिकको विकास र यस क्षेत्रका चुनौतीहरूमा भारत र दक्षिण कोरियाको अभिसरणबारे छलफल गरे। दुवै पक्षले त्रिपक्षीय सहयोगलाई अगाडि बढाउने विषयमा पनि कुराकानी गरेका थिए । सामाजिक सञ्‍जाल ट्विटर एक्सको एक पोस्टमा विदेशमन्त्री जयशंकरले भने, '@FMChoTae_yul को सह-अध्यक्षतामा आज सियोलमा भएको १०औं भारत-दक्षिण कोरिया संयुक्त आयोगको बैठकमा विस्तारित द्विपक्षीय सम्बन्ध, रक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा सहयोगलाई समेट्यो। व्याप...
प्रधानमन्त्री मोदीद्वारा भारतको पहिलो अन्डरवाटर मेट्रो सेवा उद्घाटन

प्रधानमन्त्री मोदीद्वारा भारतको पहिलो अन्डरवाटर मेट्रो सेवा उद्घाटन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ५ चैत – भारतको पहिलो पानीमुनिको मेट्रो मार्ग कोलकातामा उद्घाटन गरिएको छ। जसले शहरको केन्द्र एस्प्लेनेडलाई हावडासँग जोड्ने र देशको सबैभन्दा बढी जनसंख्या भएको सहरहरू मध्ये एकमा दैनिक यात्रुहरूलाई छिटो सञ्चार विकल्प उपलब्ध गराउने बताइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ मेट्रो रुटको उद्घाटन गरे, जुन हुग्ली नदी मुनिबाट जानेछ। प्रधानमन्त्री मोदीले आफ्नो मेट्रो यात्रा ‘अविस्मरणीय’ रहेकोसमेत टिप्पणी गरेका छन्। आगामी महिनामा हुने राष्ट्रिय चुनावपछि लगातार तेस्रो कार्यकालको लागि पुनरागमन गर्ने लक्ष्य राखेका भारतीय प्रधानमन्त्रीले केही विद्यालयका विद्यार्थीहरूलाई मेट्रो सवारीमा सामेल गरेका छन्। उद्घाटन पछि, मोदीले पोष्ट गरेका छन्, 'यो कोलकाताका मानिसहरूका लागि धेरै विशेष दिन हो, किनकि सहरको मेट्रो नेटवर्क उल्लेखनीय रूपमा वृद्धि भएको छ। कनेक्टिभिटीलाई बढावा दिनेछ र...