Monday, July 13सत्यम खबर
Shadow

आस्था

‘खेतैभरी आलु’ बोलको गीत बजारमा

‘खेतैभरी आलु’ बोलको गीत बजारमा

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ८ जेठ – गायक भिम चापागाइको ‘खेतैभरी आलु’ बोलको गीत बजारमा आएको छ ।उक्त गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । विश्वकिर्तिमानी संगीतकार लक्षु प्रकाश मल्लको शब्द, संगीत र संगीत संयोजनमा तयार भएको गीतलाई भिम चापागाइ अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो । गायिका शान्ती श्री परियारको आवाज रहेको गीतलाई एचबीएन किस्मतले मिक्सिङ, मनोज डंगोलले रेकर्डिङ गरेका हुन ।अशोक बिकको निर्देशन, नवराज उप्रेतीले छायांकन,पदम सुवेदीले सम्पादन गरेको भिडियोलाई मिलन विश्वकर्माले कलर गरेका हुन । अर्जुन सापकोटा र उषा उप्रेतिको अभिनय रहेको भिडियोमा ध्रुव पुनको कथा रहेको छ । https://youtu.be/Xo5x21m9KGo...
पाँचौ बैठक र रक्तदान सम्पन्न

पाँचौ बैठक र रक्तदान सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ जेठ – डोटी जिल्लाको ३ हजार ३०० मीटर भन्दा माथि प्राकृतिक सुन्दरताले भरिएको देशको ऐतिहासिक धरोहर खप्तड जिल्लामा नेपाल स्वयंसेवी रक्तदाता समाजको केन्द्रीय कार्य समितिको पाँचौ बैठक र रक्तदान कार्यक्रम गरी सम्पन्न भएको छ ।केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदानको निमित्त रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्दै कार्यक्रमको शुरूआत गर्नुभएको थियो । सो कार्यक्रमले ३ हजार ३०० मिटर भन्दा माथि पनि सहजै तरीकाले रक्तदान गर्न सकिन्छ भन्ने संदेश खप्तडबाट प्रवाह गरिएको छ । स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदान शुभारम्भ गर्नको लागि समाजका केन्द्रीय सदस्य गोबिन्द वाग्लेलाई रगत संकलन गर्ने पाकेट प्रदान गर्नु भएको थियो । सो कार्यक्रममा समाजका केन्द्रीय सदस्य बिमल भित्राकोटी, प्रेमप्रसाद लम्साल र शिखर नगरपालिकाको पूर्व प्रमुख सीताराम जोशी समेतल...
साहू समाजको अध्यक्षमा पुनः हंशराम साहू

साहू समाजको अध्यक्षमा पुनः हंशराम साहू

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ जेठ – बाँके जिल्लाको विभिन्न पालिकामा रहेका साहूहरुको समाज साहू समाज समिति नेपालगन्जको वार्षिक साधारणसभा तथा अभिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले ‘समाजमा रहने विभिन्न व्यक्तिहरुको सामाजिक विकासमा निकै ठूलो महत्व राख्ने गठित समाजहरुको नेतृत्व चयनमा होस अथाव अन्य विषयमा छलफल गर्दा राजनिति विषय हावी हुनु हँुदैन, जसले समाजको आफ्नो गरिमा घट्ने तथा कमजोर बन्ने हुन्छ’ बताउनु भएको छ ।साहू समाज समिति बाँकेका अध्यक्ष हंशराम साहूको अध्यक्षतामा, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । साहू समाज समितिका सहसचिव प्रदीप साह द्वारा सञ्चालित कार्यक्रममा साहू समाज समितिका सदस्य तथा मिथिला सेवा समाजका अध्यक्ष रामलोचन साहले साहू समाज समितिले हाल सम्म गर्दै आएका कामका बारेमा प्रकाश पारेक...
धनगढीमा संघीय हिन्दु गणतन्त्रबारे छलफल

धनगढीमा संघीय हिन्दु गणतन्त्रबारे छलफल

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
धनगढी, ७ जेठ - कैलाली जिल्लाको धनगढीमा हिन्दू पहिचान र सुशासनको लागि स्थापित राष्ट्रिय एकता अभियानले संघीय हिन्दु गणतन्त्र सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय सामाजिक अभियन्ता प्रभाकर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा अभियानका केन्द्रीय अध्यक्ष विनय यादव लगायत अतिथि तथा वक्ताहरुको सहभागिता रहेको थियो । विशेष अतिथि प्रख्यात समाजसेवी तथा पूर्व नेका जिल्ला अध्यक्ष गोविन्दराज जोशीले हिन्दू धर्मको ऐतिहासिक र सांस्कृतिक महत्वलाई उजागर गर्दै छलफलमा बहुमूल्य अन्तर्दृष्टि दिएका थिए । अभियानको प्रतिनिधित्व गर्दै महासचिव हर्क स्वारले समकालीन सामाजिक–राजनीतिक परिदृश्यमा हिन्दू मूल्य मान्यता र सिद्धान्तलाई कायम राख्न सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिँदै वक्ताहरूको भावनालाई प्रतिध्वनि दिनुभयो । अन्य सहभागीहरू अभियानका विभिन्न पक्षहरूमा रचनात्मक संवादमा संलग्न भए, जसमा शास...
विद्युत प्राधिकरणको लापरवाहीप्रति राप्रपा नेपालको ध्यानाकर्षण, एक हप्तामा समस्या समाधान नभए कठोर कदम चाल्ने चेतावनी

विद्युत प्राधिकरणको लापरवाहीप्रति राप्रपा नेपालको ध्यानाकर्षण, एक हप्तामा समस्या समाधान नभए कठोर कदम चाल्ने चेतावनी

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ जेठ – नेपालगन्जको गर्मी प्रायः यस क्षेत्रमा बसोबास गर्ने आम सर्वसाधारणदेखि कुलर ऐसीमा बस्नेहरुलाई समेत जानकारी भएकै हो तर समस्या त्यहाँ आईपरेको हुन्छ जब प्राकृतिकले तापक्रम ४२ डिग्री गरिरहेको हुन्छ र बीचमा विद्युत कार्यालयले बिना सूचना बिद्युत कटौती गरिरहेको पाईन्छ ।नेपालगन्ज विद्युत प्राधिकरणले केही दिनदेखि लगातार बिद्युत कटौती गर्दै आईरहेको पाईन्छ । सूचना एउटा निकालेको हुन्छ भने त्यसको विपरित बिद्युत काटिरहेको पाईन्छ । यस ४२ डिग्रीको तपक्रममा पटक–पटकको विद्युत अवरोध हुँदा नेपालगन्जबासीहरुको पीडालाई महसुस गरी राप्रपा नेपाल जिल्ला कार्यसमिति बाँकेले ज्ञापनपत्र नै बुझाएको छ ।राप्रपा नेपालद्वारा बुझाईएको ज्ञापनपत्रमा ‘नेपालगन्ज विद्युत प्राधिकरणबाट बाँके जिल्लामा प्रशारण गरिने विद्युत आपूर्तिमा पटक पटक अवरुद्धता हुने गरेको सम्बन्धित सबैमा जगजाहेर नै छ । नेपाल कै अत्याधिक ...
हेल्थ याद आयोको स्वास्थ्य शिविर मार्फत् मोवाइल एपबाट सम्पूर्ण स्वास्थ्य सेवा

हेल्थ याद आयोको स्वास्थ्य शिविर मार्फत् मोवाइल एपबाट सम्पूर्ण स्वास्थ्य सेवा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ जेठ – वर्तमान सूचना प्रविधिले विश्वलाई कुनै पनि मुलुकको गाउँ–शहर र घर मात्र होइन, एक कोठामा सीमित गरि दिएको छ । अझै भनौं भने प्रत्येक व्यक्तिको औंलामा सीमित गरि दिएको अनुभूति वर्तमान पुस्ताले गर्न थालेको छ । अहिले मोवाइल एपको माध्यमबाट मानिसले हरेक किसिमका सेवाहरु लिइरहेका छन् ।आधुनिक विज्ञानको उपहारको रुपमा विकसित भइरहेको सूचना प्रविधिले मोवाइल एपको माध्यमबाट हरेक मानिसले मानव स्वास्थ्यसंग सम्बन्धित हरेक किसिमका स्वास्थ्य सेवा घर मै बसेर सहजै पाउन सकिन्छ भन्ने कुरा आज यहाँ सचेतना सहितको निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमले नयाँ सन्देश दिएको छ । “हेल्थ याद आयो” नामक नीजि क्षेत्रको संस्थाले काठमाडौं महानगरपालिका अन्तर्गत वडा नं. १४ वाफल स्थित कोहिनर हिलकलोनीमा शनिवार आयोजित निःशुल्क स्वास्थ्य परामर्श, परिक्षण तथाल्याव परिक्षण सेवामा कलोनी भित्र र आसपासका बासिन्दाले पाएका ...
बुद्ध जयन्तीको उपलक्ष्यमा १६ जनाले गरे रक्तदान

बुद्ध जयन्तीको उपलक्ष्यमा १६ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ ज्येष्ठ – अशोधरा बौद्ध महिला संघ नेपालगन्ज बाँकेको आयोजना, २५६८ औं बुद्ध जयन्ती (स्वाँ या पुंन्ही) को उपलक्ष्यमा महिला पुरुष गरी १६ जनाले रक्तदान गरेका छन् ।हाम्रो शाक्य समाज बाँकेका अध्यक्ष तथा प्रमुख अतिथि पदम कुमार शाक्य र अशोधरा बौद्ध महिला संघ नेपालगन्ज बाँकेकी अध्यक्ष सुर्दशना शाक्यले रगत संकल गर्ने पोकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक महेश दहितलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो । २५६८ औं बुद्ध जयन्ती (स्वाँ या पुंन्ही) को उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा सरेश पोखरेल, सीता शाही, ज्योति शाक्य, निर्मला बिक, तुलसी बस्नेत, आँचल तम्राकार, अजय गुप्ता, केशव क्षेत्री, सन्तोष सोतीमगर, श्याम काजी शाक्य, मीना घर्ती, प्रज्वल जोशी, अनुप श्रेष्ठ, प्रभाकर शाक्य, पदम श्रेष्ठ, निरज केसी लगायतले रक्तदान गरेका थिए ।कार्यक्रममा प्राद...
डुडुवामा मातृ मृत्युदर घटाउनु पर्नेमा जोड

डुडुवामा मातृ मृत्युदर घटाउनु पर्नेमा जोड

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज ५ ज्येष्ठ – बाँकेको डुडुवामा मातृ मृत्युदर उच्च भएकाले सोको नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ ।स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशद्धारा नेपालगन्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी डुडुवाका जनप्रतिनिधीले मातृ मृत्युदर घटाउनका लागि विशेष ध्यान दिई प्रभावकारी सेवा प्रदान गर्नुपर्ने बताएका थिए ।उनीहरुले डुडुवामा स्वास्थ्य क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिएकाले मातृ मृत्युदरमा घटाउनका लागि रणनिति बनाएर काम गर्न आग्रह गर्दै गाउँका गर्भवती महिलालाई सुविधा सम्पन्न स्वास्थ्य संस्थामा प्रसुती गराउनु पर्ने बताएका थिए । समुदाय स्तरमा स्वास्थ्य सचेतना अभिबृद्धिका कार्यक्रम सञ्चालन गरि महिलाहरुलाई सचेत बनाउनु नपर्ने डुडुवा ५ नं. का वडा अध्यक्ष झंकबहादुर थापाले बताउनुभयो । निर्देशनालयले प्रस्तुत गरेको तथ्याँक अनुसार लुम्बिनी प्रदेश मै बाँके जिल...
वेस्ट बैंकको जेनिनमा इजरायली हवाई हमला : १ जनाको मृत्यु, ८ घाइते

वेस्ट बैंकको जेनिनमा इजरायली हवाई हमला : १ जनाको मृत्यु, ८ घाइते

आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ ज्येष्ठ – इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शुक्रवार राति उत्तरी वेस्ट बैंकको प्यालेस्टिनी सहर जेनिनमा लक्षित आक्रमण गर्दा एक जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । जेनिन शरणार्थी शिविरमा भएको हवाई हमलामा कम्तीमा एक जनाको मृत्यु भएको र अन्य आठ जना घाइते भएको बताइएको छ । जेनिन सरकारी अस्पतालका निर्देशक वेसम बकरले मृतकको पहिचान इस्लाम खामासेह रहेको बताए । प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनको सैन्य शाखा अल–कुद्स ब्रिगेडले खामासेह आफ्नो सदस्य भएको पुष्टि गरेको छ । एजेन्सी...
गाजा : पछिल्लो २४ घण्टामा ७० भन्दा बढी लक्ष्यमा बमबारी

गाजा : पछिल्लो २४ घण्टामा ७० भन्दा बढी लक्ष्यमा बमबारी

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ ज्येष्ठ – गाजामा चलिरहेको भीषण लडाइँका बिच इजरायली सेनाले पछिल्लो २४ घण्टामा ७० भन्दा बढी लक्ष्यमा बमबारी गरेको जनाएको छ । सबैभन्दा भीषण भिडन्त उत्तरी गाजाको जबलिया क्षेत्रमा भइरहेको छ । इजरायली सेनाले गाजाको यो क्षेत्र हमासबाट मुक्त गराएको दाबी गरेको थियो । तर अहिले हमासका लडाकुहरूले इजरायली सेनामाथि फेरि आक्रमण गरिरहेका छन् । जबलियामा ठुलो शरणार्थी शिविर पनि छ। यहाँका साँघुरो गल्लीहरूमा इजरायली सैनिक र हमास लडाकुहरूबिच झडप भइरहेको छ । इजरायली सेनाले बुलडोजरले पसल र घर भत्काएको यहाँका बासिन्दाले बताएका छन् । उही समयमा, गाजाको अर्को छेउमा, रफाह सहरमा लडाई जारी छ। इजरायलले यहाँ हमासका कैयौँ अड्डाहरू ध्वस्त पारेको र इस्लामिक जिहादका एक शीर्ष कमान्डरलाई मारेको दाबी गरेको छ। एजेन्सी...