
काठमाण्डौ, ५ ज्येष्ठ – गाजामा चलिरहेको भीषण लडाइँका बिच इजरायली सेनाले पछिल्लो २४ घण्टामा ७० भन्दा बढी लक्ष्यमा बमबारी गरेको जनाएको छ । सबैभन्दा भीषण भिडन्त उत्तरी गाजाको जबलिया क्षेत्रमा भइरहेको छ ।
इजरायली सेनाले गाजाको यो क्षेत्र हमासबाट मुक्त गराएको दाबी गरेको थियो । तर अहिले हमासका लडाकुहरूले इजरायली सेनामाथि फेरि आक्रमण गरिरहेका छन् ।

जबलियामा ठुलो शरणार्थी शिविर पनि छ। यहाँका साँघुरो गल्लीहरूमा इजरायली सैनिक र हमास लडाकुहरूबिच झडप भइरहेको छ । इजरायली सेनाले बुलडोजरले पसल र घर भत्काएको यहाँका बासिन्दाले बताएका छन् ।
उही समयमा, गाजाको अर्को छेउमा, रफाह सहरमा लडाई जारी छ। इजरायलले यहाँ हमासका कैयौँ अड्डाहरू ध्वस्त पारेको र इस्लामिक जिहादका एक शीर्ष कमान्डरलाई मारेको दाबी गरेको छ। एजेन्सी
