Monday, July 13सत्यम खबर
Shadow

आस्था

माल्दिभ्सलाई चीनको पानी उपहार

माल्दिभ्सलाई चीनको पानी उपहार

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १२ जेठ – चीनले माल्दिभ्सलाई तिब्बती हिमनदीहरूबाट १५ सय टन पानी उपहार दिएको छ । माल्दिभ्स चारैतिर समुन्द्रले घेरिएको भए पनि त्यहाँ पिउने पानीको अभाव छ । त्यसैले माल्दिभ्सका लागि चीनको पानी उपहार विशेष मानिएको छ । माल्दिभ्स सरकारले यसका लागि चीन सरकारलाई धन्यवाद दिएको छ । यसअघि मार्च २७ मा चीनले १५ हजार टन पानीको पहिलो खेप माल्दिभ्स पठाएको थियो । यस्तै, चीनले माल्दिभ्समा मौसम अनुगमन प्रणालीलाई सुदृढ गर्न पनि सहयोग गरिरहेको छ । माल्दिभ्स जलवायु परिवर्तनको मारमा परेको छ र यसको कारण समुद्रको सतह द्रुत रूपमा बढिरहेको छ । खबरहब...
‘नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकार गीता अधिकारी सम्मानित

‘नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकार गीता अधिकारी सम्मानित

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ जेठ – पत्रकार गीता अधिकारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उहाँलाई चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसर पारेर बिहीबार एक विशेष समारोहबीच नगद राशीसहित ‘नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८१’ अर्पण गरेको हो । उक्त पुरस्कारलाई चलचित्र निर्माता एवं वितरक नरेन्द्र महर्जनले आफ्नो बुबाको नाममा स्थापना गर्नुभएको हो । दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय अधिकारी संघको पूर्वकेन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ । गीतकारसमेत रहनुभएकी अधिकारीको हालै ‘मैले पढेका ५१ पुस्तक’ कृति पनि पाठकमाझ आएको छ । मिलाप फाउण्डेशनकी अध्यक्षसमेत रहनुभएकी अधिकारी मिलाप राष्ट्रिय दैनिकको कार्यकारी सम्पादक र हिमालय टाइम्स राष्ट्रिय दैनिकमा कार्यरत हुनुहुन्छ ।सो अवसरमा चलचित्र पत्रकारिता पुरस्कार–२०८१ पत्रकार बालकृष्ण अधिकारीलाई प्रदान ग...
महिला पुरुष गरी ८८ जनाले गरे रक्तदान

महिला पुरुष गरी ८८ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० जेठ – “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ बर्दियाको भुरीगाउँमा ११ औंं पटक आयोजित वृहत रक्तदान कार्यक्रममा महिला पुरुष गरी ८८ जनाले बुधबार रक्तदान गरेका छन् ।ठाकुरबाबा नगरपालिका सैनवारको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया शाखाको संयुक्त आयोजनामा जेष्ठ ९ गते बुद्धवार १६ महिला सहित ८८जनाले रक्तदान गरेका छन् । ११ औ पटक आयोजित वृहत रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिका सैनवारका नगर प्रमुख तिलकराम लम्साल, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष तथा केन्द्रिय सदस्य प्रेमप्रसाद लम्साल, नेपाल रेडक्रस सोसाइटी उपशाखा ठाकुरबाबा भुरीगाउँका सभापति यज्ञ प्रसाद नेपालले प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्राविधिक द्वय महेश दहित र महेश राना क्षेत्रीलाई संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरीे कार्यक्रमको उद्घाटन गरेका थिए । ठाकुरबाबा ...
समस्या समाधानतर्फ दशकौंपछि जनप्रतिनिधिको ध्यान पुगेपछि….

समस्या समाधानतर्फ दशकौंपछि जनप्रतिनिधिको ध्यान पुगेपछि….

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ जेठ – दुई दशकदेखि वा सोभन्दा पनि अझ बढी समयदेखि हिलो र फोहोरमा बस्न बाध्य वडा नं. ८ र १३ नं. वडाका स्थानिय बासिन्दाहरु अब दुबैतर्फ नालासहित अल्सफाल्ट सडकमा हिंड्न पाउने भएका छन् । आठ वर्ष अगाडी डिके फर्निचर उद्योगको नजिकै रहेका युनुस खाँले आफ्नो पीडा पोख्दै भने– “यो क्षेत्र डुबान क्षेत्रको रुपमा रहेको पाईन्छ । यस क्षेत्रमा बसोबास गर्ने ठूलो–ठूलो घरमा भित्र समेत वर्षासातको बेला पानीले परीभराऊ हुने गरेको हुन्थ्यो । तर केही वर्षदेखि डुबान नभएपनि यस क्षेत्रमा प्राकृतिक रुपले हुने वर्षाको निकास सम्म कही कतै नभएको हुँदा समस्या हुने गरेको थियो । तर हाल नेपालगन्ज उपमहानगरपालिकाले केही दिन देखि यस क्षेत्रको समस्यालाई पहिचान गरी बाटो बनाउन लागेको सुनेर, देखेर सुखी लागेको जानकारी गराउनुभयो ।” नेपालगन्ज उपमहानगरपालिका ईन्जिनियर ईश्वरी सापकोटा स्थानीयबासी खाँले अगाडी थप्दै भन्नुभयो– ...
इरानी राष्ट्रपति चढेको हेलीकप्टर हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको दाबी

इरानी राष्ट्रपति चढेको हेलीकप्टर हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको दाबी

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ जेठ – इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकप्टरमा सवारहरुको अवस्था अझै अज्ञात रहेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको बताएका छन् । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारकर्मी घटनास्थलमा पुगेका छन् । इरानको रेड क्रिसेन्ट सोसाइटीका प्रमुखले अवस्था राम्रो नभएको बताएका छन् । यो दुर्घटना भएको ठाउँको मौसम निकै खराब छ । जसका कारण उद्धार टोलीलाई घटनास्थल पुग्न कठिनाइ भएको थियो । टर्किले हेलिकप्टर पत्ता लगाउन ड्रोन पठाएको र सो ड्रोनले दुर्घटनाको स्थल पत्ता लगाएको मिडिया रिपोर्टमा उल्लेख छ । यो हेलिकप्टरमा इरानका राष्ट्रपति रायसीसहित विदेशमन्त्री अब्दुल्लाहिया...
भारतको लोकसभाको पाँचौं चरणको मतदान जारी

भारतको लोकसभाको पाँचौं चरणको मतदान जारी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य
काठमाण्डौ, ८ जेठ – भारतको लोकसभा चुनावको पाँचौं चरणको मतदान आज जारी रहेको छ । आज बिहान ७ बजेबाट सुरु भएको भारतीय निर्वाचन आयोगले जानकारी दिएको हो । यस चरणमा ६ राज्य र दुई केन्द्र शासित प्रदेशका ४९ लोकसभा सीटमा मतदान भइरहेको छ । पाँचौं चरणमा कांग्रेस अध्यक्ष राहुल गान्धी, रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृति इरानी, ​​जम्मू कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लासहित कुल ६९५ उम्मेदवार मैदानमा छन् । यस चरणमा मतदान हुने राज्य र केन्द्र शासित प्रदेशहरू हुन्- बिहार, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू कश्मीर, लद्दाख रहेका छन् । यसपछि अब छैटौं चरणको २५ मे मा र सातौं चरणको १ जुनमा मतदान हुने छ । मतगणना जुन ४ मा हुने आयोगले जनाएको छ । नेपाल पाना...
पक्राउ गरी कैलाश सिरोहियालाई लगियो धनुषा

पक्राउ गरी कैलाश सिरोहियालाई लगियो धनुषा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ८ जेठ – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा लगिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार पक्राउ परेका सिरोहियालाई धनुषा लगिएको छ। ‘त्यहाँ भीडमा हामीले उहाँकै गाडीमा यहाँ ल्याएका थियौं‌। अहिले प्रहरीको गाडीमा राखेर लगिएको छ। अन द वे हुनुहुन्छ,’ एसपी रेग्मीले भने। सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मं‌गलबार साँझ पक्राउ गरेको हो। उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाका अनुसार उनलाई नागरिकता सम्बन्धी कसुरमा पक्राउ गरिएको हो। उनको नागरिकता नम्बर अर्को एक जना व्यक्तिसँग मिलेको र फरकफरक ठाउँमा फरकफरक नागरिकता पेश गरेको हुँदा पक्राउ गरिएको डिएसपी अवाले बताए। सिर...
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ जेठ – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ (बिआरआई) कार्यान्वयन योजनासम्बन्धी लेखन अन्तिम चरणमा पुगेको छ । नेपालले यसमा दुई देशलाई उपयुक्त हुने समयमा हस्ताक्षर गर्ने भएको छ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले यहाँस्थित चिनियाँ राजदूतावासले आयोजना गरेको ‘नेपाल चीन सम्बन्धको समीक्षा र उन्नत भविष्य’ विषयक विचारगोष्ठीमा सो जानकारी दिएका हुन् उनले योजनाको कार्यान्वयनपछि यथार्थमा देख्न सकिने परिणाम आउने विश्वास व्यक्त गरे । दुवै देशले सन् १९१७ मे १२ मा बिआरआई ढाँचाभित्र द्विपक्षीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सो अवसरमा परराष्ट्रमन्त्री श्रेष्ठले जलवायु परिवर्तनको गलत असरविरुद्ध लड्नेलगायत साझा विकास प्रयासमा सँगै संलग्न हुनका लागि चिनियाँ राष्ट्रपति सी चीनफिङले अघि सारेको र संयुक्त राष्ट्र सङ्घमा गठित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जिडिआई) का म...
पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्ड प्रस्थान

पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्ड प्रस्थान

आस्था, कला/साहित्य, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ८ जेठ – पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती सोमबार विहान थाईल्याण्ड प्रस्थान गरेका छन् ।यहि मे २३ देखि २६ सम्म थाइल्याण्डमा हुने पारालिम्पीकमा केशव थापा ह्वीलचियर क्याटोगोरीको क्लास ३ मा प्रतिस्पर्धाका लागि थाइल्याण्ड गएका हुन् । उक्त खेलमा विश्व बरियतामा रहेका खेलाडीहरुले मात्र प्रतिस्पर्धा गर्न पाउने र नेपालमा पारा टेबल टेनिसका खेलाडी केशव थापा एकमात्र विश्व बरियतामा हुन् । यस्तै प्रशिक्षक बसन्त भारती पनि उनी सँगै थाइल्याण्ड गएका छन् । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टमा विश्वका धेरै देशका खेलाडीहरुले सहभागिता जनाउने सो खेलमा ह्वीलचियर ब्याइज क्लास ३ मा १५ देशका विश्व वरिएतामा रहेका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन । उक्त खेलमा विजेता हुने खेलाडी आगामी अगष्ट तथा से...
प्रलोभनमा पारेर हिंसा हुने गरेको छ, हिंसा शून्य पार्ने गरी काम गर्नुस् : मन्त्री चौधरी

प्रलोभनमा पारेर हिंसा हुने गरेको छ, हिंसा शून्य पार्ने गरी काम गर्नुस् : मन्त्री चौधरी

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ८ जेठ – रुमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिला सम्बन्धी कार्यक्रम सञ्चालन गर्दा आर्थिक तथा सामाजिक रूपले पछाडि पारिएका व्यक्तिलाई लक्षित गर्नुपर्ने बताउनुभएको छ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विश्व बैङ्कको सहकार्यमा सुरु गरेको “लैङ्गिक हिंसा रोकथामका लागि एकीकृत विकास परियोजना”को शुभारम्भ गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । मन्त्रालयले महिला तथा बालबालिका लक्षित कार्यक्रम सञ्चालन गर्दा सीमान्तकृत वर्ग, समुदायका व्यक्तिलाई समेट्नुपर्ने मन्त्री चौधरीले बताउनुभयो । ‘जो थिचोमिचोमा परेका छन्, सीमान्तकृत समुदायका वर्ग तथा समुदायलाई समेट्नुपर्छ । अहिले ६ वटा पालिकामा यो परियोजना सञ्चालन भएको छ । यसलाई अझ बिस्तार गर्न आवश्यक छ’, मन्त्री चौधरीले भन्नुभयो ।यी क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा मध्य पहाडी लोकमार्ग, तराई–पहाड फास्...