Thursday, February 13सत्यम खबर
Shadow

डुडुवामा मातृ मृत्युदर घटाउनु पर्नेमा जोड

नेपालगन्ज ५ ज्येष्ठ – बाँकेको डुडुवामा मातृ मृत्युदर उच्च भएकाले सोको नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ ।
स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशद्धारा नेपालगन्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी डुडुवाका जनप्रतिनिधीले मातृ मृत्युदर घटाउनका लागि विशेष ध्यान दिई प्रभावकारी सेवा प्रदान गर्नुपर्ने बताएका थिए ।
उनीहरुले डुडुवामा स्वास्थ्य क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिएकाले मातृ मृत्युदरमा घटाउनका लागि रणनिति बनाएर काम गर्न आग्रह गर्दै गाउँका गर्भवती महिलालाई सुविधा सम्पन्न स्वास्थ्य संस्थामा प्रसुती गराउनु पर्ने बताएका थिए । समुदाय स्तरमा स्वास्थ्य सचेतना अभिबृद्धिका कार्यक्रम सञ्चालन गरि महिलाहरुलाई सचेत बनाउनु नपर्ने डुडुवा ५ नं. का वडा अध्यक्ष झंकबहादुर थापाले बताउनुभयो ।


निर्देशनालयले प्रस्तुत गरेको तथ्याँक अनुसार लुम्बिनी प्रदेश मै बाँके जिल्ला संस्थागत प्रसुति दर उच्च रहे पनि मातृ मृत्युदर बढेको पाइएको छ । संस्थागत प्रसुति सेवामा १६८ प्रतिशतले सेवा लिएका छन् भने डुडुवा गाउँपालिकामा ८३ प्रतिशतले सेवा लिएको निर्देशनालयका तथ्यांक अधिकृत मानबहादुर वलीले बताउनुभयो । उहाँको अनुसार डुडुवामा आर्थिक वर्ष २०८०÷०८१ मा दुई जना आमाको ज्यान गएको छ ।
बाँकेमा मातृ मृत्यु हुनुमा समुदाय स्तरमा जनचेतनाको कमी, स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता नपर्नु, धेरै पटक गर्भवती हुनु,सन्तुलित आहारको कमी, प्रसुती केन्द्रमा ल्याब सेवा तथा आरयुएसजीको प्रावधान नहुनु, घर मै बच्चा जन्माउनु लगायतका समस्या रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले बताउनुभयो ।
कार्यक्रममा डुडुवाका वार्ड नं. ३ का अध्यक्ष आमोद तिवारी, ५ का अध्यक्ष झंकबहादुर थापा, ६ का अध्यक्ष मोहनराम मिश्र, कार्यपालिका सदस्य सम्सुद्दिन सल्मानी, नेपालगन्ज मेडिकल कलेज कोहलपुरका निर्देशक रेशमबहादुर रानालगायतले बोल्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *