Tuesday, December 3सत्यम खबर
Shadow

पाँचौ बैठक र रक्तदान सम्पन्न

नेपालगन्ज, ८ जेठ – डोटी जिल्लाको ३ हजार ३०० मीटर भन्दा माथि प्राकृतिक सुन्दरताले भरिएको देशको ऐतिहासिक धरोहर खप्तड जिल्लामा नेपाल स्वयंसेवी रक्तदाता समाजको केन्द्रीय कार्य समितिको पाँचौ बैठक र रक्तदान कार्यक्रम गरी सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदानको निमित्त रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्दै कार्यक्रमको शुरूआत गर्नुभएको थियो । सो कार्यक्रमले ३ हजार ३०० मिटर भन्दा माथि पनि सहजै तरीकाले रक्तदान गर्न सकिन्छ भन्ने संदेश खप्तडबाट प्रवाह गरिएको छ ।


स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदान शुभारम्भ गर्नको लागि समाजका केन्द्रीय सदस्य गोबिन्द वाग्लेलाई रगत संकलन गर्ने पाकेट प्रदान गर्नु भएको थियो । सो कार्यक्रममा समाजका केन्द्रीय सदस्य बिमल भित्राकोटी, प्रेमप्रसाद लम्साल र शिखर नगरपालिकाको पूर्व प्रमुख सीताराम जोशी समेतले रक्तदान गर्नुभएको थियो ।


कार्यक्रममा समाजका केन्द्रीय सदस्यहरु प्रवास कुमार शाक्य, रामबहादुर खड्का सुशील घर्ती, समाजका डोटी जिल्लाका कोषाध्यक्ष उत्तम खड्का, सदस्य रामचन्द्र भट्ट, समरजीत गुल्मका क्याप्टेन भरत राना मगर, खप्तड राष्ट्रिय निकुन्ज प्रमुख सरोजमणि पौडेलको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा समरजीत गुल्मको मेडिकल टिमले प्राविधिकमा सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *