Thursday, March 13सत्यम खबर
Shadow

वेस्ट बैंकको जेनिनमा इजरायली हवाई हमला : १ जनाको मृत्यु, ८ घाइते

काठमाण्डौ, ५ ज्येष्ठ – इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शुक्रवार राति उत्तरी वेस्ट बैंकको प्यालेस्टिनी सहर जेनिनमा लक्षित आक्रमण गर्दा एक जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । जेनिन शरणार्थी शिविरमा भएको हवाई हमलामा कम्तीमा एक जनाको मृत्यु भएको र अन्य आठ जना घाइते भएको बताइएको छ ।

जेनिन सरकारी अस्पतालका निर्देशक वेसम बकरले मृतकको पहिचान इस्लाम खामासेह रहेको बताए । प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनको सैन्य शाखा अल–कुद्स ब्रिगेडले खामासेह आफ्नो सदस्य भएको पुष्टि गरेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *