
नेपालगन्ज, ६ ज्येष्ठ – अशोधरा बौद्ध महिला संघ नेपालगन्ज बाँकेको आयोजना, २५६८ औं बुद्ध जयन्ती (स्वाँ या पुंन्ही) को उपलक्ष्यमा महिला पुरुष गरी १६ जनाले रक्तदान गरेका छन् ।
हाम्रो शाक्य समाज बाँकेका अध्यक्ष तथा प्रमुख अतिथि पदम कुमार शाक्य र अशोधरा बौद्ध महिला संघ नेपालगन्ज बाँकेकी अध्यक्ष सुर्दशना शाक्यले रगत संकल गर्ने पोकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक महेश दहितलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।

२५६८ औं बुद्ध जयन्ती (स्वाँ या पुंन्ही) को उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा सरेश पोखरेल, सीता शाही, ज्योति शाक्य, निर्मला बिक, तुलसी बस्नेत, आँचल तम्राकार, अजय गुप्ता, केशव क्षेत्री, सन्तोष सोतीमगर, श्याम काजी शाक्य, मीना घर्ती, प्रज्वल जोशी, अनुप श्रेष्ठ, प्रभाकर शाक्य, पदम श्रेष्ठ, निरज केसी लगायतले रक्तदान गरेका थिए ।
कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सुनिल पुलामी, महेश दहित केशर सिंह डाँगी लगायतले प्राविधिकमा सहयोग गरेका थिए ।
उक्त कार्यक्रममा निर्वतमान अध्यक्ष शीला शाक्य, मीना तुलाधर, लता शाक्य, सञ्जु शाक्य, मुना शाक्य लगातयलको सहभागिता रहेको थियो ।