Monday, July 13सत्यम खबर
Shadow

आस्था

महिला मन्त्री चौधरी र पूर्व राजदूत लिउ युहेबिच भेट

महिला मन्त्री चौधरी र पूर्व राजदूत लिउ युहेबिच भेट

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौँ, २८ जेठ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र पूर्व राजदूत तथा परराष्ट्र मन्त्रालय चीन, क्याडर विभागका पूर्व महानिर्देशक लिउ युहेबिच भेटवार्ता भएको छ ।आज मन्त्रालयमा मन्त्री चौधरी र पूर्व राजदूत युहेबिच भेटवार्ता भएको हो । भेटका क्रममा वुमन इम्पावरमेन्ट एन्ड डेभलपमेन्ट सोसाइटी इन एशिया-अफ्रिका (वेड्स)का तर्फबाट गरिएको भेटका क्रममा मन्त्री चौधरीले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत रहेको ३ पिलर महिलाको आर्थिक सशक्तीकरण, महिलाविरुद्ध हुने कुरीति विरुद्ध सामाजिक रूपान्तरण र जोखिममा परेका महिलाको उद्धार तथा संरक्षणका क्षेत्रमा योगदान दिन चिनियाँ टोलीलाई आग्रह गर्नुभएको थियो । त्यस्तै मन्त्री चौधरीले बालसुधार गृहमा भएका बालबालिकाहरूले माथिल्लो तहमा गइसकेपछि शिक्षाबाट वञ्चित हुने अवस्था रहेको भन्दै त्यस क्षेत्रमा पनि योगदान दिन आग्रह गर्नुभएको थियो ।त...
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भित्र स्वार्थका लागि गठित समूह सक्रिय, पारदर्शिताको कुरा उठाउँदा जागिर चट

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भित्र स्वार्थका लागि गठित समूह सक्रिय, पारदर्शिताको कुरा उठाउँदा जागिर चट

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २८ जेठ – यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भित्र स्वार्थका लागि गठित समूह सक्रिय भएको पाइएको छ। पहिलो पटक संवैधानिक अधिकार प्राप्त गरेको समुदायलाई छिन्नभिन्न पार्न स्वार्थका लागि गठित समूह सक्रिय भएको पाइएको हो।नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी), यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपाल (एफएसजिएमएन), क्रुज एड्स लगायतका संस्थाको नेतृत्व एक अर्कालाई संरक्षण गर्दै समुदायभित्र विभाजन ल्याउने खेलमा लागेका हुन्।यो स्वार्थका लागि गठित समूह पारदर्शिताको प्रश्नबाट भने भागेको छ। ब्लु डायमन्ड सोसाइटीमा सन् २००८ देखि सञ्जीव गुरुङ (शीतल, पिंकी) अध्यक्ष छन्। सोसाइटीमा अहिले पनि ३२ जना मात्रै सदस्य छन्। अध्यक्ष गुरुङले क्रुज एड्समा प्राविधिक सल्लाहकारको भूमिका निर्वाह गरेका छन्।क्रुज एड्सका अध्यक्ष रूप बहादुर तामाङ (रुविना) ब्लु डायमन्ड सोसाइटीको परियोजनामा तलबी कर्मचारी छन्। ब्लु...
रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा कोइरालाको निरन्तरता, चिमोरिया प्यानलै पराजित

रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा कोइरालाको निरन्तरता, चिमोरिया प्यानलै पराजित

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २७ जेठ – नेपाली बजारमा सेकेण्ड ह्यान्ड गाडी बिक्री गर्दै आएका व्यवसायीहरूको संगठन नेपाल रिकन्डिसन अटो व्यवसायी संघले नयाँ कार्यसमिति प्राप्त गरेको छ । जेठ २६ गते शनिवार काठमाडौँमा सम्पन्न सातौँ र आठौँ साधारण सभा तथा दोस्रो अधिवेशनले रमेश कोइरालालाई पुन; अध्यक्ष पदमा निर्वाचित गर्दै आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।निर्वाचनमा कोइरालाको प्यानल पुरै बिजयी भएको छ भने उनको प्रतिस्पर्धामा कुमार चिमोरियाको नेतृत्वमा अर्को प्यानल निर्वाचनमा होमिएको थियो । घोषित परिणाम अनुसार संघको वरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा, उपाध्यक्षमा प्रवीण लामिछाने, महासचिवमा कुमार बोगटी, सचिवमा डुक्पा घले र अमित अधिकारी निर्वाचित भएका छन् । त्यसैगरी पदाधिकारीहरू मध्ये कोषाध्यक्षमा प्रदीप राना मगर र सह–कोषाध्यक्षमा राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका हुन् ।निर्वाचित कार्यसमित...
वडा नं. ७ मा नाला निर्माण कार्यमा तिब्रता

वडा नं. ७ मा नाला निर्माण कार्यमा तिब्रता

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
बब्लु शेषनेपालगन्ज, २७ जेठ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ ले वडाबासीहरुको समस्यालाई समाधान हुने तवरले केशव श्रेष्ठको घरदेखि नामुको घर हुँदै दक्षिण निजामुद्दिन अन्सारीको घरदेखि उत्तर बब्लु शेषको घरसम्म नाला र ढक्कन निर्माण कार्यको थालनी गरेको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ को वडा कार्यालयद्वारा बिनियोजित बजेट मार्फत निर्माण कार्य शुरु गरिएको स्थानीयहरुको भनाई रहेको छ । गणेश श्रेष्ठको अध्यक्षतामा गठन गरिएको ९ सदस्यीय उपभोक्ता समितिमार्फत उक्त नाला र ढक्कन निर्माण कार्य गरिने उपभोक्ता समिति अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो । श्रेष्ठका अनुसार मिति २०८१ जेठ १८ गतेदेखि कार्यको शुभारम्भ गरी ०८१ असार १७ गते सम्पन्न गरिने निर्माण कार्यको कुल बजेट १५ लाख ३७ हजार ४ सय ९३ रुपैयाँ २० पैसा रहेको छ । जस मध्ये बिनियोजित रकम १५ लाख रहेकोमा वडा कार्यालयले १४ लाख ६० हजार ६ सय १८ रु...
फरक भुगौलसँग रोमाञ्चित हुदै उपल्लो मुस्ताङ्गको यात्रा

फरक भुगौलसँग रोमाञ्चित हुदै उपल्लो मुस्ताङ्गको यात्रा

आस्था, कला/साहित्य, प्रदेश ५, मौसम, यता पनि, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
बिष्णु गिरी निश्चल मिति : २०८१–०२-२७ गते, आईतबारसिङ्गो पहाड नै मन्दिर, गुम्बा, चर्च र मस्जिद बनेर आसानसँग मिलेर बसेका छन् प्रकृतिले त कुनै धर्म, जातजाती, लिङ्ग र वर्ग बीच भेदभाव र विभेद गरेको छैन । उपल्लो मुस्ताङ्गमा दैनिक तीन देखि चार हजार खर्च गर्दा बस्न सकिने रहेछ । त्यहाँका स्थानीयले स्थानीय भाषा र पोषकको संरक्षण, एकिकृत बस्ती, सामुहिकतामा बिश्वास गरेको देख्दा मनै आन्दीत भयो ।मैदानको बीचमा नेपाल र चीनको सीमा क्षेत्र छुट्याउने नेपालको तर्फको २०१९ मा निर्मित २४ नम्बरको एक्लो टिठलाग्दो फुच्चे सीमा स्तभ्म मात्र थियो । नेपाल तर्फको दशगजा क्षेत्र खुल्ला छ भने चीनको क्षेत्र भने तार बारले घेरिएकोले प्रवेश बन्द गरिएको छ । चीनभित्र लोभलाग्दो पूर्वाधारहरू जस्तै सीमा सुरक्षा बल, भन्सार, अध्यागमन कार्यालय र कर्मचारी आवाश भवनहरू थिए भने नेपाल तर्फ खुल्ला थियो । सुरक्षाको लागि दुई जना ससस्त्र ...
असार ७ गतेदेखि देशभरका सिनेमा घरहरुमा ‘दानवी’ प्रदर्शन

असार ७ गतेदेखि देशभरका सिनेमा घरहरुमा ‘दानवी’ प्रदर्शन

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ जेठ – यही असार ७ गते देशभरका सिनेमाघरहरुमा प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र ‘दानवी’को प्रचार–प्रसार तीब्र पारिएको छ । नेपालगन्जका कलाकारहरुको भूमिका रहेको दान्भीको व्यानर सार्वजनिक गरिएको छ ।कलाकार दीपक थापा (काजी) र सत्यनारायण चौधरीको भूमिकामा रहेको चलचित्र दानवीको व्यानर शनिवार एक कार्यक्रम बीच नेपालगन्जमा मिस नेपाल प्रिय रानी लामाले लञ्च गरेकी हुन । २५÷२० को होर्डिङ बोर्ड भएको उक्त व्यानर बासको टेकाले वालमा झुण्ड्याउनु परेको स्थानीय कलाकार दीपक थापाले (काजी) एवं सत्यनारायण चौधरीले सत्यमखबरलाई जानकारी गराउनु भयो ।‘दान्भी’ आगामी असार ७ गते सिनिमा घरहरुमा प्रदर्शन हुने भएको छ । यसअघि आगामी असार १० गते प्रदर्शन गर्ने फिल्म निर्माता टिमको तयारी रहेको भएपनि नयाँ पोस्टर सार्वजनिक गर्दै असार ७ गते प्रदर्शन हुने घोषणा गरेको छ ।प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपा...
मन्त्री तामाङद्वारा ग्लान थातथलोको अवलोकन, ङारदिमको संरक्षण संवर्द्धन गर्ने

मन्त्री तामाङद्वारा ग्लान थातथलोको अवलोकन, ङारदिमको संरक्षण संवर्द्धन गर्ने

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २७ जेठ – संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले ग्लान बंशको थातथलोको अवलोकन गरिएको छ ।मन्त्री तामाङले नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ४ बेतिनिस्थित ग्लान वंशको थातथलो नाम्सापुरान पुगेका हुन् । मन्त्री तामाङको आफ्नै वंशको थातथलो पुगेर नाम्सापुरानलाई पहिचानको रुपमा ग्लान सांस्कृतिक सङ्ग्राहलय बनाउने उद्घोष गरे ।मन्त्री तामाङले यो वर्षको बजेटमार्फत त्यस स्थानमा सङ्ग्राहलय बनाउन ग्लान समाजको संयोजनमा ‘ग्लान उद्गमथलो ङारदिम संरक्षण तथा प्रवर्द्वन केन्द्र’ शिर्षकमा ९० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेका हुन् । default यसैगरी बागमती जिल्ला समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित ग्लानले यसको ठाउँको संस्कृति जोगाउनुपर्ने बताए । उनले भने, ‘ग्लानहरुले खोज्दै आउँदा ग्लानको थातथलोमा आफ्नै संस्कृति पाउनुपर्छ, त्यसको लागि जोगाउनु प...
पार्टीले दिएको जिम्मेवारी आफूले आफैलाई समिक्षा गरौंः सह–महामन्त्री किशोर सिंह राठौर

पार्टीले दिएको जिम्मेवारी आफूले आफैलाई समिक्षा गरौंः सह–महामन्त्री किशोर सिंह राठौर

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज २७ जेठ – नेपाली कांग्रेस बाँकेको दोश्रो जिल्ला सम्मेलन शनिबार बिधिवत सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख आकर्षण रहनु भएका केन्द्रीय नेता नेपाली कांग्रेसका पुर्व महामन्त्री प्रतिनिधि सभासदस्य डा. शशांक कोइराला र सह–महामंत्री मा. किशोर सिंह राठौरले पार्टी नेता कार्यकर्तालाई सम्बोधन गर्दै देशको जटिल अवस्था र त्यसलाई चिर्न नेपाली कांग्रेस सक्षम छ र यस्तो अवस्थामा बीपीको बिचार आदर्शलाई अनुसरण गर्दै संगठन सुदृढिकरणमा जोड दिंदै यताउता नलागेर जनताको घरदैलोमा नेता कार्यकर्ता र जनप्रतिनिधिहरुलाई इमान्दारीपुर्बक भीज्न आह्वान गरे । आन्तरिक प्रतिस्पर्धा स्वाभाविक छ तर लोकतन्त्रमा रिसराग इर्स्याले कुनै ठाउँ नपाउने इमान्दारीपुर्बक आफ्नो गोरेटो आफैले तय गर्नु पर्ने बताए ।सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय गोपाल दहित, गुरुराज घिमिरे, मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अम...
चितवनमा संघ शिक्षा वर्ग २०८१ समापन समारोह सम्पन्न

चितवनमा संघ शिक्षा वर्ग २०८१ समापन समारोह सम्पन्न

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ जेठ – नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेलको प्रमुख अतिथिता र माननीय सर्वाधिकारी विष्णुप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ । समापन समारोहमा प्रमुख वक्ता संघका माननीय राष्ट्रिय संघचालक कल्याणकुमार तिम्सिना, विशिष्ट अतिथि भरतपुर महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष प्रमेश्वर खनाल, वर्ग संयोजक टंकनाथ पौडेल, वरिष्ठ समाजसेवी उमाशंकर अग्रवाल, ब्रह्माण समाज नेपाल चितवन जिल्ला अध्यक्ष रुद्र पौडेल, संघका भरतपुर महानगरपालिकाका मा.नगर संघचालक महाप्रसाद सिलवाल, सर्व व्यवस्था प्रमुख रुद्रप्रसाद न्यौपानेलगायत भरतपुर महानगरका सयौं व्यक्तित्वहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न भएको छ । प्रशिक्षाक्षार्थीद्वारा कार्यक्रममा घोष, दण्ड, यष्टी, निःयुद्ध, खेल, व्यायाम योग, सामूहिक समता, आसन, सूर्य नमस्कार विषयको शारीरिक प्रदर्शन गएिको थियो । वर्ग सञ...
आल्मुनियम व्यवसायी संघको प्रथम बाँके जिल्ला अधिवेशन सम्पन्न

आल्मुनियम व्यवसायी संघको प्रथम बाँके जिल्ला अधिवेशन सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २६ जेठ - ग्रिल, स्टील तथा आल्मुनियम व्यवसायी संघ, बाँकेको प्रथम बाँके जिल्ला अधिवेशन सर्वसम्मत सम्पन्न भएको छ । प्रथम जिल्ला अधिवेशनबाट अध्यक्ष्यमा जनक पहराई मगर सहित २१ सदस्य समिति गठन गरेको हो । जसमा वरिष्ठ उपाध्यक्ष महोमद फरिलद हरु, उपाध्यक्ष नवीन शर्मा, सचिवमा रविन पोखरेल, महासचिव सुर्य गिरि, सचिव राजेश यादव, कोषाध्यक्षमा नारायण बुढामगर सहकोषाध्यक्ष दिलबहादुर आले र सदस्यमा रेवत महोतो, रामु गोैंतम, अशोक गुरुङ, असत् तिमिल्सिना, शमशाद शेख, सुरेशकुमार चोैंधरी, ह्वावेल थारु, रामकुमार थापा मगर, पुर्णबहादुर हमाल, धनि सुनार, सखावात हुसेन र जमान अन्सारीलाई सर्वसम्मत चयन गरिएको हो । बाँकेका विभिन्न ठाउँमा ब्यवसायी गरि बसेका सम्पूर्ण ग्रिल, स्टील तथा आल्मुनियम व्यावसायीहरुलाई ऐक्यबद्धता गराउने उदेश्य रहेको र सबै आल्मुनियम तथा ग्रिल उद्योग माथि हुने विभिन्न विभेद, समस्या, अप्ठ्यार...