Monday, July 13सत्यम खबर
Shadow

आस्था

अनुगमनको क्रममा २ पसलमा भेटिए बालश्रमिक

अनुगमनको क्रममा २ पसलमा भेटिए बालश्रमिक

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ जेठ – नेपालगन्ज उपमहानगरपालिकाका वडा नम्बर १२ मा बालमैत्री वडा घोषणा कार्यानवयन अवस्थाको अनुगमन गरिएको छ । बालमैत्री वडा घोषणा पश्चात शुक्रबार वडाका बिभिन्न क्षेत्रमा बालश्रमिकको अनुगमन गरिएको हो । बालमैत्री स्थानीय शासनको अवधारणालाइ आत्मसाथ गर्दै २०७८ मा वडा नं. १२ बालमैत्री वडा घोषणा भएको थियो । बालमैत्री वडा घोषणा पश्चात वडाभित्र रहेका बिभिन्न होटेलहरु, ज्ञारेजहरु, फर्निचरहरु, सिरक, डसना पसल लगायतमा बालश्रमिक रहेनरहेको विषयमा अनुगमन गरिएको वडा अध्यक्ष तरुण बज्राचार्यले बताए । वडा अध्यक्ष तरुण बज्राचार्य, वडा सदस्यहरु राजकुमार बाल्मिकी, सुशिला पन्त, चन्दा चिडिमार, विनोदकुमार रस्तोगी, वडा सचिब नेवलाल घर्ति, खरिदार गोरखबहादुर नेपाली, स्वास्थ्यचौकी इन्चार्ज आरती थारु, युवा घरका अध्यक्ष मन भण्डारी, सदस्य शिवकुमार वर्मा, प्रहरी वरिष्ट हवलदार नरेन्द्र घर्तिमगर, शिक्षक जिवर...
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन–२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्छौः मन्त्री चौधरी

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन–२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्छौः मन्त्री चौधरी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौँ, २५ जेठ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन–२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्ने बताउनुभएको छ ।महिला कानून र विकास मञ्च (एफडब्ल्यूएलडी)ले नेपालले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी उपलेख (पार्लेमो) प्रोटोकल अनुमोदन गरेको चौथो वार्षिकोत्सवको उपलक्ष्यमा पार्लेमो प्रोटोकलको कार्यान्वयन सन्दर्भमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धमा भएका पहलहरू सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।नेपालले पार्लेमो प्रोटोकलमा हस्ताक्षर गरिसकेपछि अहिले कानून निर्माणको चरणमा रहेको बताउँदै मन्त्री चौधरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन –२०६४ संशोधन गर्न प्रक्रिया अगाडि बढेको बताउनुभयो ।‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन–२०६४ संशोधन गर्न सिफारिस गरिएको ...
कांग्रेस बाँकेको दोस्रो जिल्ला सम्मेलन भोलि, तयारी पूरा

कांग्रेस बाँकेको दोस्रो जिल्ला सम्मेलन भोलि, तयारी पूरा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २५ जेठ – नेपाली कांग्रेस बाँकेले भोलि (शनिबार) नेपालगन्जमा दोस्रो जिल्ला सम्मेलन गर्दैछ । सुर्खेतरोड स्थित सिद्धार्थ कटेजमा विहान १० बजे सुरु हुने सम्मेलनको तयारी पूरा भएको कांग्रेसले जनाएको छ । कांग्रेसले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेर सम्मेलनको तयारी पूरा भएको जनाएको हो । सम्मेलनमा करीब १ हजार ५ सय प्रतिनिधि सहभागी हुने सभापति नारायणप्रसाद गौडेलले बताए । सम्मेलनको नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री डा. शशांक कोइरालाले उद्घाटन गर्नेछन् । दोस्रो जिल्ला सम्मेलनमा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवदेन, बार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतिकरणसंगै प्रजातन्त्र सेनानीहरु, अग्रज ब्यक्तित्व, समाजसेवी, पूर्व जनप्रतिनिधि, अग्रज नेता, प्रत्येक पालिकाबाट एक÷एक जना उत्कृष्ट कार्य गरेका वडा सभापतिहरु, तीन कार्यकाल वडा सभापति भइसकेका वा हाल वडा सभापतिको भूमिकामा रहेकाहरु...
भारत भ्रमणमा जान लागेकै अवस्थामा राजदूत फिर्ता बोलाउनु कूटनीति विपरीत कार्य

भारत भ्रमणमा जान लागेकै अवस्थामा राजदूत फिर्ता बोलाउनु कूटनीति विपरीत कार्य

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २५ जेठ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी आइतबार भारत भ्रमणमा जाने भएका छन् । भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल सम्हाल्ने क्रममा हुन लागेको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत जान लागेका हुन् । जुन मन्त्रीपरिषद् बैठकबाट प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई स्वीकृति दिइएको छ, सोही बैठकबाट भारतका लागि नेपाली राजदूतलगायत अन्य ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णयसमेत भएको छ । एकातिर राजदूत फिर्ता बोलाउने, अर्कोतिर त्यही देशको भ्रमणमा प्रधानमन्त्री जान लागेको भन्दै अहिले विभिन्न टिप्पणी भइरहेको छ । कूटनीतिक क्षेत्रमा यसले राम्रो सन्देश नदिएको कूटनीतिज्ञहरूको बुझाइ छ । प्रधानमन्त्री प्रचण्ड भारतबाट फर्केपछि राजदूतलाई फिर्ता बोलाउनु पर्थ्यो वा उनी भ्रमणमा जानुअघि फिर्ता बोलाएर अर्को नियु...
भारतीय विद्यार्थीको नेपाल साइनो

भारतीय विद्यार्थीको नेपाल साइनो

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २५ जेठ – भारतमा पुरातत्त्व अध्ययन गरिरहेका विद्यार्थीहरू केही समयअघि लुम्बिनी, तौलिहवा र तिलौराकोटका सांस्कृतिक सम्पदाबारे अध्ययन र अनुसन्धानमा सक्रिए भए । अध्ययनपछि भारत फर्केका तीमध्ये अधिकांश विद्यार्थी नेपालको लोकल खाना र नेपालीको स्वागत सत्कार मिस गरिरहेको बताउँछन् । भारतको गुजरातस्थित द महाराजा सायाजीराव विश्वविद्यालय (एमएसयू) मा विद्यावारिधिकी शोधकर्ता २६ वर्षीया स्वाती बर्मा नेपालको हावापानी, स्थानीय बासिन्दा र यहाँका परिकार ‘मिस’ गरिरहेकी छन् । वनारस हिन्दु विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर पूरा गरेकी उनी गुजरातको बरोडास्थित विश्वविद्यालयमा राजस्थानको पुरापाषणकालीन पुरातात्त्विक अवस्थाबारे शोध गरिरहेकी छन् । भारतीय विद्यार्थीको नेपाल साइनोबर्मा गत हिउँदमा कपिलवस्तुको तिलौराकोटमा सञ्चालित एकमहिने उत्खननमा सहभागी भएकी थिइन् । सरल स्वभावकी उनी नेपालको धनगढीनजिकै ...
मे महिनामा चीनको निर्यातमा वृद्धि : भन्सार

मे महिनामा चीनको निर्यातमा वृद्धि : भन्सार

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २५ जेठ – मे महिनामा चीनको निर्यात अपेक्षा गरिएभन्दा निकै बढी बढेको तर आयातमा कमी आएको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । राजश्व प्रशासनले अप्रिलको १.५ प्रतिशतको तुलनामा निर्यातमा धेरै राम्रो भएको र यो दरले ब्लुमबर्ग सर्वेक्षणमा विश्लेषकले गरेको ५.७ प्रतिशतको पूर्वानुमानलाई पनि उछिनेको बताएको छ । चीनमा निर्यातले ऐतिहासिक रूपमा एक महत्त्वपूर्ण आर्थिक इन्जिनको रूपमा सेवा गरेको छ । विदेशी निर्यातको राम्रो प्रदर्शनले हजारौँ कम्पनीहरूको रोजगारीमा प्रत्यक्ष प्रभाव पारेको छ । पछिल्लो आँकडाले लगातार दोस्रो महिनाको वृद्धिको प्रतिनिधित्व गर्दछ । अघिल्लो वर्षको तुलनामा मार्चमा छोटो समयका लागि चीनको निर्यात दरमा ७.५ प्रतिशत गिरावट आएको थियो । पछिल्लो समय महाशक्ति राष्ट्रहरूबीच जारी भूराजनीतिक विवादका बीच संयुक्त राज्य अमेरिकासँगको संयुक्त निर्यात र आयात मे महिनामा १.४ प्र...
चरम गुटबन्दीका कारण लक्ष्यमा पुग्न सकिन्न: मैकुलाल बाल्मिकी

चरम गुटबन्दीका कारण लक्ष्यमा पुग्न सकिन्न: मैकुलाल बाल्मिकी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज जेष्ठ २५ - नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को दोश्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनका प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य तथा पुर्ब संबिधान सभा सदस्य मैकुलाल बाल्मिकीले बाँके क्षेत्र नम्बर २ चरम गुटबन्दीका करण लक्ष्यमा पुग्न नसकेको र कार्यकर्तामा निराशाको बातावरण बन्दै जानु र आउने २०८४ को निर्वाचनमा पनि सुखद परिणाममा पुग्न नसकिने हो कि चिन्ता जाहेर गरेका छन स्वाभाविक हो एउटा समूहले गुटबन्दी गर्न थालेव भने अर्को समूह स्वतः गुटमा परिणित हुने बताउदै भाषणको प्रतिउत्तर भाषण नै नहुने सम्बादको बिकल्प पनि हुन सक्छ । तर बाँकेमा यो परिस्थितिले आन्तिम स्वास लिदै आएको बताउदै कार्यकर्ताको सहि मूल्याङ्कन नहुनु उम्मेदवार चयन प्रकृयामा पारदर्शिताका लागि अब आउने निर्वाचनमा तल्लो तह मै प्रिएलेक्शनको अवधारणा चर्चा गर्नु भएको छ । सम्मेलनमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश...
महिला मन्त्री चौधरी र इजरायली राजदूत गोडरबिच शिष्टाचार भेट

महिला मन्त्री चौधरी र इजरायली राजदूत गोडरबिच शिष्टाचार भेट

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २४ जेठ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच शिष्टाचार भेटघाट भएको छ ।आज विहिबार मन्त्रालयमा भेट गर्दै मन्त्री चौधरीले नेपाल र इजरायलबिच १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रही आएको बताउँदै मन्त्री चौधरीले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाका लागि पहल गरिदिन राजदूत गोडरलाई आग्रह गर्नुभयो । इजरायलले कृषि क्षेत्रमा गरेको विकासको प्रशंसा गर्दै उहाँले नेपालको कृषिको विकासमा योगदान दिन आग्रह गर्नुभयो ।विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोगलगायतका विषयमा नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै मन्त्री चौधरीले नेपाल –इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने ब...
तेस्रो मंगलबारका दिन विभिन्न स्थानमा भब्य भण्डारको साथै हनुमान चालिसा पाठ

तेस्रो मंगलबारका दिन विभिन्न स्थानमा भब्य भण्डारको साथै हनुमान चालिसा पाठ

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ जेठ – धार्मिक मान्यता अनुसार जेठ महिनामा पर्ने प्रत्येक मंगलबारको दिन अति नै शुभ मानिएको छ । उक्त दिनमा दानपुण्य गरे, कोही भुखो पेटलाई खाना खुवाए अति नै पुण्य आर्जित गर्ने मान्यता रहेको हुँदा नेपालगन्ज उपमहानगरपालिका भित्र आस्थावान धार्मिक व्यक्तित्वहरुले विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरी भब्य रुपले मनाउने गरेका छन् । oplus_0 गत मंगलबार जस्तै जेठको तेस्रो मंगलबार पनि विभिन्न स्थानमा भण्डारको आयोजना गरिनुका साथै भगवान श्रीरामका प्रिय भक्त हनुमान जीको हनुमान चालिसा पाठ समेत बाचन गरी भक्तजनहरुलाई भगवान श्रीरामको कथा समेत श्रवण गराईएको छ ।यसैक्रम क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रा स्थित धार्मिक पर्यटकीय स्थल श्री १००८ हडियाबाबा आश्रममा समेत हनुमान चालिसा पाठ समितिद्वारा ४५ आंै श्रृंखलाको आयोजना गरी भब्य रुपले भगवान श्रीरामको कथा श्रवण गराउनुका साथै भग...
शपथको तयारीमा मोदी : प्रचण्डलाई निम्तो, नेपालसँगको सम्बन्ध सुदृढ बनाउन तयार

शपथको तयारीमा मोदी : प्रचण्डलाई निम्तो, नेपालसँगको सम्बन्ध सुदृढ बनाउन तयार

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २४ जेठ – तेस्रो कार्यकाल भारतीय प्रधानमन्त्रीको शपथ लिने तयारीसँगै नरेन्द्र मोदीले छिमेकी देशका नेताहरूलाई निम्तो दिएका छन्। शनिबार शपथको तयारी भएको छ । त्यसअघि बुधबार मोदी राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) बाट नेता चुनिएका छन् । लोकसभा चुनावमा एनडीएलाई २९३ सिट मिलेको छ। एनडीएकन सबै घटक दलले आफ्नो समर्थन पत्र सुम्पिएपछि मोदी तेस्रो पटक प्रधानमन्त्रीका लागि शपथ लिने तयारीमा जुटेका हुन्। शपथ ग्रहण समारोहलाई भव्य बनाउने तयारी सुरू भइसकेको छ। जसमा विदेशी नेतालाई निम्तो दिइएको हो । जसमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि छन् । उनले बुधबार नै मोदीलाई बधाई दिइसकेका छन् । बुधबार नै दुई नेताबीच टेलिफोन संवाद भएको छ। मोदीले प्रचण्डसँगको टेलिफोन संवादपछि दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउने वचन दिएका छन् । उनले प्रचण्डलाई धन्यवाद दिँदै हार्दिकताक...