
नेपालगन्ज, २६ जेठ – ग्रिल, स्टील तथा आल्मुनियम व्यवसायी संघ, बाँकेको प्रथम बाँके जिल्ला अधिवेशन सर्वसम्मत सम्पन्न भएको छ ।
प्रथम जिल्ला अधिवेशनबाट अध्यक्ष्यमा जनक पहराई मगर सहित २१ सदस्य समिति गठन गरेको हो । जसमा वरिष्ठ उपाध्यक्ष महोमद फरिलद हरु, उपाध्यक्ष नवीन शर्मा, सचिवमा रविन पोखरेल, महासचिव सुर्य गिरि, सचिव राजेश यादव, कोषाध्यक्षमा नारायण बुढामगर सहकोषाध्यक्ष दिलबहादुर आले र सदस्यमा रेवत महोतो, रामु गोैंतम, अशोक गुरुङ, असत् तिमिल्सिना, शमशाद शेख, सुरेशकुमार चोैंधरी, ह्वावेल थारु, रामकुमार थापा मगर, पुर्णबहादुर हमाल, धनि सुनार, सखावात हुसेन र जमान अन्सारीलाई सर्वसम्मत चयन गरिएको हो ।
बाँकेका विभिन्न ठाउँमा ब्यवसायी गरि बसेका सम्पूर्ण ग्रिल, स्टील तथा आल्मुनियम व्यावसायीहरुलाई ऐक्यबद्धता गराउने उदेश्य रहेको र सबै आल्मुनियम तथा ग्रिल उद्योग माथि हुने विभिन्न विभेद, समस्या, अप्ठ्यारो समयमा सहकार्य जस्ता कार्यमा सधै एकजुट हुने प्रतिबद्धता सहित समिति गठन गरिएको अध्यक्ष जनक पहराइ मगर बताउनुभयो ।