Thursday, February 13सत्यम खबर
Shadow

असार ७ गतेदेखि देशभरका सिनेमा घरहरुमा ‘दानवी’ प्रदर्शन

नेपालगन्ज, २७ जेठ – यही असार ७ गते देशभरका सिनेमाघरहरुमा प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र ‘दानवी’को प्रचार–प्रसार तीब्र पारिएको छ । नेपालगन्जका कलाकारहरुको भूमिका रहेको दान्भीको व्यानर सार्वजनिक गरिएको छ ।
कलाकार दीपक थापा (काजी) र सत्यनारायण चौधरीको भूमिकामा रहेको चलचित्र दानवीको व्यानर शनिवार एक कार्यक्रम बीच नेपालगन्जमा मिस नेपाल प्रिय रानी लामाले लञ्च गरेकी हुन ।


२५÷२० को होर्डिङ बोर्ड भएको उक्त व्यानर बासको टेकाले वालमा झुण्ड्याउनु परेको स्थानीय कलाकार दीपक थापाले (काजी) एवं सत्यनारायण चौधरीले सत्यमखबरलाई जानकारी गराउनु भयो ।
‘दान्भी’ आगामी असार ७ गते सिनिमा घरहरुमा प्रदर्शन हुने भएको छ । यसअघि आगामी असार १० गते प्रदर्शन गर्ने फिल्म निर्माता टिमको तयारी रहेको भएपनि नयाँ पोस्टर सार्वजनिक गर्दै असार ७ गते प्रदर्शन हुने घोषणा गरेको छ ।
प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघसँगको छलफलपछि निर्माताले फिल्म असार ७ गते प्रदर्शन गर्ने निर्णाय गरेको हो ।


फिल्मको प्रदर्शन मिति सरेपछि अभिनेत्री पूजा शर्माले फेसबुकमा लेखेकी छन्, ‘एकसाथ तीन फिल्म प्रदर्शन हुन उपयुक्त नहुने ठानेर ‘दान्भी’लाई केही हप्ता पछि सार्ने निणर्य गरेका छौं ।’
उनले असार १० गते रिलिज हुन लागेका दुई फिल्मलाई सफलताको शुभकामना पनि दिएकी छिन ।
नेपालगन्जका दुई कलाकारहरूद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘दानवी’ नेपालगन्जका सिनेमा घरहरुमा राम्रै प्रदर्शन हुने बताउँछन नेपालगन्जका युवा राजनीतिक ब्यक्तित्व हुकुम सिंह के सी । डाईरेक्टर रुपेस तामा·द्वारा ‘दानवी’को सफलताको विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *