
बब्लु शेष
नेपालगन्ज, २७ जेठ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ ले वडाबासीहरुको समस्यालाई समाधान हुने तवरले केशव श्रेष्ठको घरदेखि नामुको घर हुँदै दक्षिण निजामुद्दिन अन्सारीको घरदेखि उत्तर बब्लु शेषको घरसम्म नाला र ढक्कन निर्माण कार्यको थालनी गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ को वडा कार्यालयद्वारा बिनियोजित बजेट मार्फत निर्माण कार्य शुरु गरिएको स्थानीयहरुको भनाई रहेको छ । गणेश श्रेष्ठको अध्यक्षतामा गठन गरिएको ९ सदस्यीय उपभोक्ता समितिमार्फत उक्त नाला र ढक्कन निर्माण कार्य गरिने उपभोक्ता समिति अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो ।

श्रेष्ठका अनुसार मिति २०८१ जेठ १८ गतेदेखि कार्यको शुभारम्भ गरी ०८१ असार १७ गते सम्पन्न गरिने निर्माण कार्यको कुल बजेट १५ लाख ३७ हजार ४ सय ९३ रुपैयाँ २० पैसा रहेको छ । जस मध्ये बिनियोजित रकम १५ लाख रहेकोमा वडा कार्यालयले १४ लाख ६० हजार ६ सय १८ रुपैया ५८ पैसा व्यहोर्ने छ भने जनश्रमदानबाट रु. ७६ हजार ८ सय ७४ रुपैया ६६ पैसा व्यहोर्ने जनाईएको छ ।
उक्त निर्माण कार्यमा प्रयोग हुने सामग्री १ नम्बरको भएको बब्लु शेषको भनाई रहेको छ भने सोको निगरानी कार्यस्थलमा वडा नं. ७ का वडा सदस्य समीर खानले गरिरहेको जनाईएको छ ।
माँ बागेश्वरी नाला निर्माण उपभोक्ता समितिको नाममा खडा गरिएको उपभोक्ता समितिले वडा नं. ७ ब्रह्माकुमारी मार्गमा नाली निर्माण कार्यलाई तिब्रता दिएको श्रेष्ठको भनाई रहेको छ ।
