
नेपालगन्ज २७ जेठ – नेपाली कांग्रेस बाँकेको दोश्रो जिल्ला सम्मेलन शनिबार बिधिवत सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख आकर्षण रहनु भएका केन्द्रीय नेता नेपाली कांग्रेसका पुर्व महामन्त्री प्रतिनिधि सभासदस्य डा. शशांक कोइराला र सह–महामंत्री मा. किशोर सिंह राठौरले पार्टी नेता कार्यकर्तालाई सम्बोधन गर्दै देशको जटिल अवस्था र त्यसलाई चिर्न नेपाली कांग्रेस सक्षम छ र यस्तो अवस्थामा बीपीको बिचार आदर्शलाई अनुसरण गर्दै संगठन सुदृढिकरणमा जोड दिंदै यताउता नलागेर जनताको घरदैलोमा नेता कार्यकर्ता र जनप्रतिनिधिहरुलाई इमान्दारीपुर्बक भीज्न आह्वान गरे ।

आन्तरिक प्रतिस्पर्धा स्वाभाविक छ तर लोकतन्त्रमा रिसराग इर्स्याले कुनै ठाउँ नपाउने इमान्दारीपुर्बक आफ्नो गोरेटो आफैले तय गर्नु पर्ने बताए ।
सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय गोपाल दहित, गुरुराज घिमिरे, मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पुर्वमन्त्री महाधिवेशन महासमित सदस्य गजेन्द्रबहादर हमाल बक्ताहरुले आफ्ना बिचार प्रस्तुतीमा संबैधानिक निर्वाचन प्रणाली बैदेशिकशिक्षाको असर, आन्तरिक संगठन र कमी कमजोरी, नयाँ उठाउँदै गरेका दल भ्रष्टाचार र हिन्दु राष्ट्र लगायतका बिषयमा बिचार नेता कार्यकर्ता मांझ राखेका थिए ।

नेपाली कांग्रेस जिल्ला सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न सम्मेलन कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य अन्जना पाण्डे, बाँके पुर्व जिल्ला सभापति कृष्णमान श्रेष्ठ, किरण कोइराला क्षेत्रीय सभापतिहरु १२३ पोषण केसी, रमेशकुमार गुप्ता, नक्की खाँले पनि संगठन प्रति आ–बिचार मन्तब्य प्रस्तुत गर्नु भएका थिए ।

साथ साथै खेलबिधामा ख्याति प्राप्त अन्तर्राष्ट्रिय पदक बिजेता, बाँकेका पुर्व सभापति, प्रजातन्त्र सेनानी, पुर्व जनप्रतिनिधि अग्रज समाजसेवी, सामाजिक संस्था उत्कृष्ट “शिक्षा, स्वास्थ्य“ लगायतकालाई बिषेश सम्मान गरिएको थियो भने कार्यक्रम सञ्चालन जिल्ला सचिव सुधान्शु कोइराला, आर्थिक प्रतिवेदन कोषाध्यक्ष यज्ञबहादुर वस्नेतले प्रस्तुत गर्नु भयो भने सम्मेलन कार्यक्रम धन्यबाद ज्ञापन उपसभापति कृष्ण कार्कीले गर्नु भएका थिए ।