Tuesday, July 14सत्यम खबर
Shadow

आस्था

बिरामीलाई सहज रुपमा उपचार सेवा दिनेतर्र्फ सरकारः स्वास्थ्यमन्त्री पौडेल

बिरामीलाई सहज रुपमा उपचार सेवा दिनेतर्र्फ सरकारः स्वास्थ्यमन्त्री पौडेल

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ साउन – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालहरूमा उपचारका लागि बिरामी लाइन लाग्ने अवस्था हटाउने उपायको खोजीका लागि सरकार दत्तचित्त भएर लागेको बताउनु भएको छ । भेरी अस्पतालमा नवनिर्मित इन्डोर भवन र एमआरआई सेवाको आज एक समारोहका बीच उद्घाटन गर्दै मन्त्री पौडेलले बिरामीलाई विना लाइन र झन्झट सहज रुपमा उपचार सेवा दिने प्रबन्ध कसरी गर्न सकिन्छ भनेर सरकार लागि परेको बताउनुभयो । उहाँले सरकारी अस्पतालहरूमा भएको क्षमतालाई प्रयोग गरेर प्रभावकारी बनाउनुपर्ने बताउनु भयो । उपलब्ध उपकरणहरुको सही प्रयोगमा पनि ध्यान दिन आवश्यक रहेको मन्त्री पौडेलको भनाई छ । भेरीमा भएको बेडको सूचना पनि अनलाइन मै राखे अझ राम्रो हुने भन्दै उहाँले सोचेको भन्दा राम्रो सेवा भेरीले दिइरहेको भए पनि अझै धेरै सुधार्न आवश्यक रहेको औँल्याउनु भयो । मन्त्री पौडेलले न्यूनतम जनशक्ति र उपकरणको उपलब्धता...
बादशाह कुर्मीलाई मन्त्रीबाट नहटाएसम्म माइतीघरमा धर्नामा बस्छौं: रूबी खान

बादशाह कुर्मीलाई मन्त्रीबाट नहटाएसम्म माइतीघरमा धर्नामा बस्छौं: रूबी खान

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २५ साउन – बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ। बाँकेकी निर्मलादेवी कुर्मीको हत्या आरोपी बादशाह कुर्मीलाई लुम्बिनीमा कांग्रेसले मन्त्री बनाएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको हो। शुक्रबार अभियन्ता रूबी खानसहित मानव अधिकारकर्मी र पीडितका आफन्तहरू काठमाडौंको कलंकीदेखि खाली खुट्टा हिँडेर माइतीघर आएका छन्। माइतीघरमा आजैदेखि अनिश्चितकालीन धर्ना बस्ने रूबी खानले बताइन्। 'जघन्य अपराधको आरोप लागेका व्यक्तिलाई मन्त्री बनाइएपछि उनीमाथि लागेको आरोप कसले छानबिन गर्ने र पीडितले न्याय पाउने सुनिश्चित नभएकाले हामीले आजैदेखि धर्ना सुरू गरेका छौं,' खानले सेतोपाटीसँग भनिन्। यसअघि गृह मन्त्रालय र पीडित परिवारबीच कुर्मीको मुद्दा अदालत पठाउन सहमति भएपछि आन्दोलन फिर्ता भएको थियो। तर मुख्य आरोपीलाई नै प्रदेशको मन्त्री नियुक्त गरेपछि सत्ताधारी पार्टील...
भन्सार कार्यालयका सूचना अधिकारीद्धारा सूचना अभियन्तालाई दुव्र्यहार, कारवाहीको माग

भन्सार कार्यालयका सूचना अधिकारीद्धारा सूचना अभियन्तालाई दुव्र्यहार, कारवाहीको माग

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज २५ साउन – नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारीले सूचना नदिई सूचना अभियन्तालाई दुव्र्यहार गरेका छन् । भन्सार कार्यालयका सूचना अधिकारी पुर्ण प्रसाद लम्सालले सूचना अभियन्ता नेपालगन्जका शैलेन्द्रकुमार बैश्यले बुधबार सूचना माग गर्न गएको बेला सूचना नदिई अभद्र व्यवहार गरेको घटनाप्रति बाँकेका सूचना अभियन्ताहरुले निन्दा गर्दै कारवाहीको माग गरेका छन् । नेपालको संविधान २०७२ को धारा २७ र सूचनाको हक सम्वन्धी ऐन २०६४ अनुसार सबैले थाह पाउने मौलिक हक अन्तर्गत सार्वजनिक निकायले सूचना उपलब्ध गराउनु पर्ने कानूनी प्रावधानलाई बेवास्ता गरि सूचना मागको निवेदन दर्ता नगरी सूचना माग्ने व्यक्ती माथी गरिएको अभद्र व्यवहारले सूचना माथी अकुंश लगाइएको ठहर गरिएको छ । कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकका बारेमा जानकारी गराउदा पनि आफुमाथी अमानवियपुर्ण रुपमा दुव्र्यहार गरिएको अभियन्ता बैश्यले बताउनु ...
पोखरीलाई सौन्दर्यीकरण गरी पोखरी कै रुपमा संरक्षण गर्न उच्च अदालत नेपालगन्जको फैसला

पोखरीलाई सौन्दर्यीकरण गरी पोखरी कै रुपमा संरक्षण गर्न उच्च अदालत नेपालगन्जको फैसला

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ साउन – रिट निवेदनको सुनुवाई गर्दै पोखरीलाई सौन्दर्यीकरण गरी पोखरी कै रुपमा संरक्षण, विकास गर्नु गराउनु र सार्वजनिक रुपमा ल्याउनु उच्च अदालत नेपालगन्जको बेन्च नं.३ का न्यायधीश द्धैव पुनम सिंह चन्द र न्याधीश वसन्त पौडेलको इजलासले ०८१ साउन २३ गते विपक्षी विरुद्ध फैसला गरेको निवेदक नरैनापुर गाउँपालिका १ का ५१ वर्षीय अरुण तिवारीले बताएका छन् । नरैनापुर गाउँपालिका १ कटकुईयाँमा रहेको साविक कटकुईयाँ गाउँ विकास समिति ६ को कि.नं.२६५ को ज.बि.५ कठ्ठा १४ धुर जग्गामा परापुर्वकालदेखि चमर गडहीको नामले प्रसिद्ध पोखरी रहेको उक्त पोखरीबाट आम जनसमुदायले स्वच्छ र स्वस्थय वातारणको लाभ लिनुका साथै पोखरीको डिललाई बाटोको रुपमा प्रयोग गर्ने, पानीबाट सिचाई गर्ने, गाई भैसी, चराचुरुंगी जँगली र घरेलु जनावरलाई पानी खाने लगायतको काममा प्रयोग गर्दै आएका छन् । वर्तमान जलवायु परिवर्तनको असर नेपालमा पनि परेक...
चीनमा स्नातकको संकट

चीनमा स्नातकको संकट

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २४ साउन – चीनमा लगभग १२ मिलियन नयाँ कलेज स्नातकहरूले अन्धकार रोजगारी बजारको सामना गरिरहेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले आफ्नै आर्थिक कुव्यवस्थापन र अदूरदर्शी नीतिहरूको नतिजाको सामना गरिरहेको छ। यो रोजगारी संकटले दिगो आर्थिक बृद्धि गर्न सरकारको असफलतालाई मात्र प्रकाश पार्दैन तर यसले चीनको शिक्षा प्रणाली र निजी क्षेत्र भित्रका गहिरो समस्याहरू पनि उजागर गर्दछ। १६ देखि २४ वर्ष उमेरका युवाहरूको आधिकारिक बेरोजगारी दर सन् २०२२ को डिसेम्बरमा १६.७% बाट जुन २०२३ मा अचम्मको २१.३% पुग्यो। यद्यपि, सिसीपीले मार्च २०२४ मा अचानक १५.३% मा झरेको दाबीलाई skepticism सँग भेटेको छ। विज्ञहरू, जसले यस्तो नाटकीय कमी पत्याउन गाह्रो पाउँछन्। तथ्याङ्कको यो स्पष्ट हेरफेरले पारदर्शिता भन्दा छविलाई प्राथमिकता दिने शासनको प्रवृत्तिलाई रेखांकित गर्दछ, आधिकारिक तथ्याङ्कमा विश्वासलाई थप घटाउँछ। ...
बंगलादेशका जनतालाई संयमताको आह्वान गर्दै नेपालले लोकतान्त्रिक प्रक्रियामा फर्किनुपर्नेमा दियो जोड

बंगलादेशका जनतालाई संयमताको आह्वान गर्दै नेपालले लोकतान्त्रिक प्रक्रियामा फर्किनुपर्नेमा दियो जोड

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २४ साउन – नेपाल सरकारले बंगलादेशका जनतालाई शान्त र संयम रहन अपिल गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै बंगलादेशका जनतालाई शान्त र संयम रहन अपिल गर्दै व्यवस्थित रुपमा लोकतान्त्रिक प्रक्रियामा फर्किनुपर्नेमा जोड दिएको छ । परराष्ट्रले बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको जनाउदै बंगलादेशमा विगत केही सातादेखि भएको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो रुपमा चिन्तित भएको उल्लेख गरेको छ । विज्ञप्तिमा परराष्ट्रले भनेको छ- 'बंगलादेशमा विगत केही सातादेखि भएको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति हामी गहिरो चिन्तित छौं । ज्यान गुमाउनेहरुका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । हामी सबैलाई शान्त र संयमताका लागि आह्वान गर्दछौं र लोकतान्त्रिक प्रक्रिया...
भारतले जित्यो काभा महिला भलिबलको उपाधि

भारतले जित्यो काभा महिला भलिबलको उपाधि

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २४ साउन – भारतले काठमाडौँमा जारी काभा महिला भलिबल लिगको उपाधि जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा भारतले नेपाललाई ३-२ को सेटले पराजित गर्दै उपाधि जितेको हो । नेपालले खेलको पहिलो सेटमा जित हासिल गरेर अग्रता लिएपनि भारतले उत्कृष्ट खेल खेल्दै कम ब्याक गरेको थियो । दोस्रो सेट भारतले जितेको थियो भने तेस्रो सेट नेपालले र चौथो सेट भारतले जितेको थियो । त्यस्तै पाँचौं सेट भने भारतले १५-५ ले सजिलै जितेको थियो । योसँगै नेपाल प्रतियोगिताको उपविजेता बनेको छ । त्यस्तै इरानले आजै सम्पन्न तेस्रो स्थानको खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । पाँच देशले भाग लिएको यस प्रतियोगितामा श्रीलंका चौथो भएको छ भने माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो ।...
ओलम्पिकमा फाइनल खेल्न नपाएकी विनेश फोगटले छोडिन कुस्ती

ओलम्पिकमा फाइनल खेल्न नपाएकी विनेश फोगटले छोडिन कुस्ती

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २४ साउन – पेरिस ओलम्पिकको कुस्तीको ५० केजी समुहको फाइनलमा बढी तौलका कारण अयोग्य भएकी भारतकी खेलाडी विनेश फोगाटले कुस्तीलाई अलविदा गरेकी छन् । पेरिस ओलम्पिकको फाइनलबाट बाहिरिएपछि विनेशले सामाजिक सञ्जालमार्फत कुस्ती छोडेको घोषणा गरेकी छन् । विनेशले लेखेकी छन्- ‘आमा, कुस्तीले मलाई जित्यो, म हारेँ । माफ गर तिम्रो सपना, मेरो हिम्मत टुट्यो । मसँग अहिले यो भन्दा बल छैन । अलविदा कुश्ती २००१-२०२४' उनले अगाडी लेखेकी छन्– ‘म तपाईहरु सबैको सधै ऋणी रहनेछु । क्षमा ।' उनलाई बुधबार ५० केजी समुहको फाइनलमा पुगेर स्वर्ण पदकको खेल खेल्नु अघि उनको तौल १०० ग्राम बढी भएको भन्दै फाइनल खेल अयोग्य घोषित गरिएको थियो ।...
को हुन् बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. युनुस ?

को हुन् बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. युनुस ?

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २४ साउन – बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ । आन्दोलनरत विद्यार्थी नेताहरूले ८४ वर्षीय अर्थशास्त्री डा. युनुसलाई प्रमुखमा नियुक्त गर्न प्रस्ताव गरेका थिए । डा. युनुस सन् १९७० को दशकमा लघुवित्तको अग्रगामीका रूपमा चिनिए र देशका गरिब जनतालाई गरिबीबाट बाहिर निकाल्न मद्दत गरेका थिए । युनुसले यो सबैको लागि चटगाउँ विश्वविद्यालय नजिकैको एउटा गरिब गाउँमा गएर प्रेरणा पाएका थिए । उनले सुरुमा दर्जनौं गाउँलेहरूलाई दस डलर ऋण दिए । यस अवधिमा, युनुसले साना उद्यमीहरूलाई ऋण दिए जसलाई बैंकहरूले सामान्यतया पैसा दिँदैनन् । प्रोफेसर युनुस सन् १९८० को शुरुमा सफल भए र पछि ग्रामीण बैंक स्थापना भयो । यस बैंकमा हजारौं मानिसहरु सदस्य बनेका छन् । बैंकले बंगलादेशमा नाफामूलक र ग...
तिब्बतमा चीनद्वारा धार्मिक दमनको कडा अभियोग, जारी भयो प्रतिवेदन

तिब्बतमा चीनद्वारा धार्मिक दमनको कडा अभियोग, जारी भयो प्रतिवेदन

आस्था, धार्मिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २४ साउन – संयुक्त राज्य अमेरिकाको राज्य विभागको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता-२०२३ को प्रतिवेदन जुन २६, २०२४ मा जारी गरिएको थियो । चीनले तिब्बतमा धार्मिक स्वतन्त्रताको विरुद्ध चलिरहेको दमनको निन्दनीय मूल्याङ्कन गर्दछ । यो व्यापक समीक्षाले तिब्बती बौद्ध धर्मको हरेक पक्षलाई नियन्त्रण र हेरफेर गर्न चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को अथक प्रयासको लागि कडा अनुस्मारकको रूपमा कार्य गर्दछ । जसले तिब्बती जनताको आध्यात्मिक र सांस्कृतिक जीवनलाई प्रभावकारी रूपमा गलामा पारेको छ। चीनको दमनकारी नीतिको केन्द्रविन्दुमा ‘सिनिकाइजेसन’ को एक कपटी अभियान छ । तिब्बती पहिचानको व्यवस्थित मेटाउने र तिब्बती बौद्ध धर्मलाई चिनियाँ संस्कृतिको सिसीपी-अनुमोदित संस्करणमा जबरजस्ती आत्मसात गर्नको लागि एक प्रेयोक्ति हो । यो सांस्कृतिक साम्राज्यवाद मात्र होइन बेइजिङले आफ्नो अख्तियारको लागि खतराको रूपमा...