Tuesday, July 14सत्यम खबर
Shadow

आस्था

बङ्गलादेशका हिन्दू र बौद्धहरू माथि भइरहेको अत्याचारको विरोधमा सर्वपक्षीय बैठक सम्पन्न

बङ्गलादेशका हिन्दू र बौद्धहरू माथि भइरहेको अत्याचारको विरोधमा सर्वपक्षीय बैठक सम्पन्न

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २४ साउन – बङ्गलादेशमा हिन्दू र बौद्ध धर्मावलम्बीहरू माथि भइरहेको अत्याचारको विरोधमा नेपालका विभिन्न धार्मिक, राजनीतिक र सामाजिक संघ-संगठनहरूको सर्वपक्षीय बैठक सम्पन्न भएको छ। राष्ट्रिय एकता अभियानले समन्वय गरेको उक्त बैठकमा सहभागीहरूले बङ्गलादेशका हिन्दू र बौद्ध धर्मावलम्बीहरूको संरक्षणका लागि महत्वपूर्ण निर्णयहरू गरेका छन्। बैठकको अध्यक्षता अभियानका केन्द्रिय अध्यक्ष विनय यादवले गरेका थिए। बैठकमा प्रतिनिधि सभा सदस्य किरण साह, विश्लेषक एवं पूर्व प्रधानमन्त्रीका परराष्ट्र सलाहकार अरुण कुमार सुवेदी, नेपाल सनातन धर्म संस्कृति संगठनका पुष्पराज पुरुष, विश्व हिन्दू महासंघका अर्जुन वस्तोला, इस्कॉनका शैलेन्द्र प्रभुजी, श्री कृष्ण प्रणमी सेवा समितिका श्याम कृष्ण शर्मा, धार्मिक अभियंता खेमनाथ आचार्य, विश्व हिन्दू महासंघ राष्ट्रिय समितिका महासचिव रामचंद्र तिवारी, वरिष्ठ पत्रकार एवं विश्...
इस्माइलको हत्यापछि सिनवार बने हमासको नयाँ नेता

इस्माइलको हत्यापछि सिनवार बने हमासको नयाँ नेता

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ साउन – कतारको राजधानी दोहामा दुई दिन लामो वार्तापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ शीर्ष नेतामा चयन गरेको छ । इस्माइल हानियाको तेहरानमा हत्या भएपछि सिनवारलाई नयाँ नेता चयन गरिएको हो । २०१७ देखि, सिनवार गाजा स्ट्रिपमा समूह नेताको रूपमा काम गर्दै आएका छन र अब उनलाई हमासले आफ्नो शीर्ष नेताको रूपमा छानेको छ । बिबिसीका अनुसार हमास नेतृत्वले सर्वसम्मतिले याह्या सिनवारलाई आन्दोलनको नेतृत्व गर्न आफ्नो नेता चयन गरेको छ । इरान र उसका सहयोगीहरूले इस्माइल हनियाको मृत्युपछि बदला लिने बताइरहेका बेला हमासले आफ्नो नयाँ नेता छानेको छ । इरान र उसका सहयोगीहरूले हानियाको मृत्युको लागि इजरायललाई जिम्मेवार ठहराएका छन् भने इजरायलले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । इस्माइल हानियाको मृत्युबारे इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन । खबरहब...
भारत विरुद्धको पहिलो सेट नेपालको पक्षमा

भारत विरुद्धको पहिलो सेट नेपालको पक्षमा

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २३ साउन – आयोजक नेपालले काभा महिला नेसन्स लिगको उपाधि भिडन्तको पहिलो सेट आफ्नो पक्षमा पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी उपाधि भिडन्तका क्रममा नेपालले २५-२३ ले पहिलो सेट आफ्नो पक्षमा पारेको हो । उपाधि भिडन्तको सुरुवातमा नेपालले भारतलाई पहिलो सेटमा पछि पारेको हो । यद्यपि भारतले अंकमा अग्रता बनाए पनि रोक्दै नेपालले पहिलो सेट आफ्नो पक्षमा पारेको हो। नेपालले मंगलबार इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको थियो । मंगलबार नै पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० सेटमा हराउँदै नेपालसँगको भिडन्त पक्का गरेको थियो। लिग चरणमा नेपालले भारतलाई ३-२ सेटमा हराएको थियो। तर त्यसअघि भने भारतले नेपाललाई लगातार हराइरहेको थियो। समूह चरणमा घरेलु कोर्टमा भारतलाई हराएको नेपाल त्यही नतिजासहित उपाधि जित्ने दाउमा ...
बंगलादेशमा हिँसा: हसिनाको पार्टीका नेता, प्रहरी र कलाकारको हत्या

बंगलादेशमा हिँसा: हसिनाको पार्टीका नेता, प्रहरी र कलाकारको हत्या

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २३ साउन – बंगलादेशमा शेख हसिनाको पार्टी अवामी लिग र यसका सहयोगी दलका कम्तीमा २९ नेता र उनका परिवारका सदस्यको शव भेटिएको छ । यसमा अवामी लिगका २० नेता रहेको मिडिया रिपोर्टमा बताइएको छ । त्यस्तै ढाका ट्रिब्यूनका अनुसार अहिलेसम्म कम्तिमा ५० जना प्रहरी मारिएका छन्। ढाकाबाहेक देशका अधिकांश प्रहरी चौकी जलाइएको छ भने प्रहरीले चौकी छोडेर भागेका छन् । सबै प्रहरी ज्यान जोगाउन डराएर भागेका छन् । अवामी लिगसँग आवद्ध धेरै वरिष्ठ प्रहरी अधिकारी आफन्तसँग लुकेर बसेको मिडिया रिपोर्टमा बताइएको छ । देशभरका चार सयभन्दा बढी प्रहरी चौकीमा आक्रमण, तोडफोड, आगजनी र लुटपाटका घटना भएको रिपोर्टमा उल्लेख छ । बंगलादेशमा भएको हिंसात्मक प्रदर्शनका कारण पछिल्लो १५ दिनमा अर्बौको नोक्सान भएको छ । बंगलादेशको जोशोरस्थित अवामी लिगका नेताको आलिशान होटलमा आगजनी गरिएको छ । यसमा २९ जना जिउँदै जलेका थिए । जसमा ...
नयॅा सरकार बनेपछि भारतबाट पहिलो उच्चस्तरीय भ्रमण हॅुदै, विदेश सचिव मिश्री नेपाल आउॅदै

नयॅा सरकार बनेपछि भारतबाट पहिलो उच्चस्तरीय भ्रमण हॅुदै, विदेश सचिव मिश्री नेपाल आउॅदै

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ साउन – भारतका विदेश सचिव विक्रम मिस्रीले आउँदो साता नेपाल भ्रमण गर्ने भएका छन् । बंगलादेशको घटनाक्रमका कारण कुनै अन्यथा नभए उनी आइतबार र सोमबार नेपाल भ्रमणमा रहनेछन् । परराष्ट्र मन्त्रालयका अधिकारीहरूकाअनुसार उनी विदेश सचिव बनेपछि छिमेकी मुलुकहरूलाई प्राथमिकता राख्दै शिष्टाचार भ्रमणमा आएका हुन् । उनले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् । परराष्ट्र सचिव सेवा लम्सालसँग उनको द्विपक्षीय कुराकानी हुनेछ । विनयमोहन क्वात्राले अवकास पाएपछि गत जुलाई १५ मा मिस्री विदेश सचिव बनेका थिए । उनले यसअघि भुटानको भ्रमण गरिसकेका छन् । विदेश सचिवमा बढुवा हुनुअघि मिस्री भारतको उप-राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । ५९ वर्षिय मिस्रीले भारतका प्रधानमन्त्रीहरू इन्द्रकुमार गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदीको निजी सचिवको रुपमा काम गरेको अनुभव छ ।...
बंगलादेशी सेनाले बैठक गरेर बल प्रयोग नगर्ने निर्णय गरेको खुलासा

बंगलादेशी सेनाले बैठक गरेर बल प्रयोग नगर्ने निर्णय गरेको खुलासा

आस्था, प्रदेश ५, राजनीति, विदेश, समाचार, समाज
काठमाण्डौ, २३ साउन – बंगलादेशी सेनाले आइतबार राति आन्दोलनलाई बल प्रयोग गरेर दबाउन अस्वीकार गरेपछि लगातार १५ वर्ष शासन गरेकी शेख हसिना देश छाड्न बाध्य भएको खुलासा भएको छ। देशभरबाट लाखौं आन्दोलनकारीहरू ढाका पुगेर प्रधानमन्त्री निवास घेर्न थालेपछि ७६ वर्षीय हसिना सोमबार देशै छाडेर भागेकी थिइन्। सेना प्रमुख वाकर-उज-जमानले आइतबार राति आफ्ना जनरलहरूसँग बैठक गरेर कर्फ्यु लगाउन जनतामाथि गोली प्रहार नगर्ने निर्णय गरेका थिए भनेर समाचार संस्था रोयटर्सले बुधबार खुलासा गरेको छ। आइतबारको प्रदर्शनमा बल प्रयोग हुँदा ९१ जना आन्दोलनकारी मारिएका थिए। त्यसपछि हसिनाले कर्फ्यु लगाइन् भने आन्दोलनकारीहरूले देशभरका विद्यार्थी र नागरिकहरू सोमबार ढाका गएर प्रधानमन्त्री निवास घेर्ने निर्णय गरेका थिए। आइतबार राती सेना प्रमुख वाकर-उज-जमानले विषम सुरक्षा स्थितिबारे छलफल गरेर कर्फ्यु पालना गराउन गोली नचला...
डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा एक नेपालीसहित चार जना चिनियाँ नागरिकको मृत्यु

डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा एक नेपालीसहित चार जना चिनियाँ नागरिकको मृत्यु

आस्था, प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २३ साउन – नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा एक जना नेपाली र चार जना चिनियाँ नागरिकको मृत्यु भएको छ । बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो । यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो । उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो । बुधबार दिउँसो २ बजेर २० मिनेटमा हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको छ । ‘चार जना यात्रु र एक जना पाइलटको शव घटनास्थलमा फेला परेको छ,’ उनले भने, ‘दुई जना पुरूष, एक जना महिला, एक जना पाइलट र अर्का एक जनाको शव जलेको हुनाले अहिले पहिचान हुन सकेको छैन ।’ उनकाअनुसार हेलिकप्टरका पाइलट नेपाली नागरि...
हसिनाराजको अवसान, लोकतन्त्र अझै अनिश्चित

हसिनाराजको अवसान, लोकतन्त्र अझै अनिश्चित

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २२ साउन – बंगलादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छन् । हसिनाले मुलुक छाडेलगत्तै देशको बागडोर सेनाले लिएको छ, यद्यपि सेना प्रमुख जनरल वाकर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन् । राजनीतिक संकटबीच राष्ट्रपति, संसद् वा अन्य राजनीतिक तथा संवैधानिक निकायको सट्टा सेनाले अग्रसरता लिएकाले बंगलादेशको लोकतान्त्रिक यात्रा अनिश्चित छ । प्रधानमन्त्रीले राजीनामा दिएर देश छाडेकाले नागरिकले अब सेनालाई विश्वास गर्नुपर्ने सेना प्रमुख जमानको भनाइ छ । ‘हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौं । यस विषयमा राष्ट्रपतिसँग छलफल गर्छौं । हामीलाई विश्वास गर्नुहोस्,’ उनले पत्रकार सम्मेलन गरेर भनेका छन्, ‘विरोधका कार्यक्रम अन्त्य गर्न र घर फर्किन अनुरोध छ ।’ पछिल्लो घटनासँगै करिब दुई दशकपछि फेरि बं...
बङ्गलादेशमा आन्दोलनः नेपालमा उच्च सुरक्षा निगरानी

बङ्गलादेशमा आन्दोलनः नेपालमा उच्च सुरक्षा निगरानी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २२ साउन – बङ्गलादेशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नेपालले सुरक्षा व्यवस्था कडाइ गर्नुका साथै सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार असम्बन्धित र विदेशी नागरिकको घुसपैठ तथा अवैध प्रवेश बढ्नसक्नेतर्फ सचेत रहँदै सीमाक्षेत्र र अन्तर्राष्ट्रिय मार्गमा उच्च निगरानी बढाइएको हो । केन्द्रीय सुरक्षा समितिको बैंठकको निर्देशनबमोजिम नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले आवश्यकताका आधारमा जनशक्ति बढाएर सुरक्षालाई मजबुद बनाउन र परिस्थितिको मूल्याङ्कनसहित उच्च निगरानी र सतर्कता अपनाउन सर्कुलर भएको जनाएका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले हाल तैनाथ गरिएका सुरक्षाकर्मीसँगै थप बल परिचालनगरी सुरक्षा व्यवस्था चुस्त बनाइएको जानकारी दिए । उनले भने, “नराम्रो घटना नहोस्, विदेशी मानिसहरू जथाभावी प्रवेश हुन नपाउन...
बंगलादेशमा चर्कियो प्रदर्शन, पछिल्लो २४ घण्टामा ९७ भन्दा बढीको मृत्यु

बंगलादेशमा चर्कियो प्रदर्शन, पछिल्लो २४ घण्टामा ९७ भन्दा बढीको मृत्यु

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २२ साउन – बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरी चर्किएको छ । प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले आइतबारदेखि पूरै बंगलादेशमा कर्फ्यूको घोषणा गरेको छ । बंगलादेशमा जारी हिंसामा आइतबार मात्र ९७ जनाको मृत्यु भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । प्रदर्शनका क्रममा ५०० भन्दा बढी प्रदर्शनकारी घाइते भएको बताइएको छ । आरक्षण विरोधी प्रदर्शनमा अहिलेसम्म ३०० भन्दा बढीको मृत्यु भएको छ । प्रदर्शनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन् । बंगलादेशको गृह मन्त्रालयले आइतबार साँझ ६ बजेदेखि देशभर कर्फ्यूको घोषणा गरेको छ । कर्फ्यु अवधिमा फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, मोबाइल इन्टरनेट बन्द रहनेछ । बंगलादेशका विभिन्न भागहरूमा हजारौं मानिसहरू भेला भएर शेख हसिनाको राजीनामाको माग गरिरहेका छन् । प्रदर्शनकारीहरूले बंगलादेशको राजधानी ढाकाका मुख्य...