Friday, March 14सत्यम खबर
Shadow

भन्सार कार्यालयका सूचना अधिकारीद्धारा सूचना अभियन्तालाई दुव्र्यहार, कारवाहीको माग

नेपालगन्ज २५ साउन – नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारीले सूचना नदिई सूचना अभियन्तालाई दुव्र्यहार गरेका छन् । भन्सार कार्यालयका सूचना अधिकारी पुर्ण प्रसाद लम्सालले सूचना अभियन्ता नेपालगन्जका शैलेन्द्रकुमार बैश्यले बुधबार सूचना माग गर्न गएको बेला सूचना नदिई अभद्र व्यवहार गरेको घटनाप्रति बाँकेका सूचना अभियन्ताहरुले निन्दा गर्दै कारवाहीको माग गरेका छन् ।


नेपालको संविधान २०७२ को धारा २७ र सूचनाको हक सम्वन्धी ऐन २०६४ अनुसार सबैले थाह पाउने मौलिक हक अन्तर्गत सार्वजनिक निकायले सूचना उपलब्ध गराउनु पर्ने कानूनी प्रावधानलाई बेवास्ता गरि सूचना मागको निवेदन दर्ता नगरी सूचना माग्ने व्यक्ती माथी गरिएको अभद्र व्यवहारले सूचना माथी अकुंश लगाइएको ठहर गरिएको छ ।
कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकका बारेमा जानकारी गराउदा पनि आफुमाथी अमानवियपुर्ण रुपमा दुव्र्यहार गरिएको अभियन्ता बैश्यले बताउनु भयो । उक्त घटनाप्रति सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै त्यस्ता कर्मचारीलाई तत्काल कारवाही गर्न माग गरिएको छ ।

सूचनाको हकको क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीको पहलमा बिहिबार बसेको बैठकले घटनाका दोषीलाई कारवाहीको माग गर्ने निर्णय गर्दै जिल्लाका सबै सार्वजनिक निकायले सहज रुपमा सूचना उपलब्ध गराउने बाताबरण मिलाउन बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ ।


सूचनाको हकका लागि राष्ट्रिय महासंघ लुम्विनी प्रदेश अध्यक्ष हेमन्त कर्माचार्य, सूचना अभियन्ता शैलेन्द्र बैश्य, अरुण तिवारी, पत्रकार आरिफ अन्सारी लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई ज्ञापन पत्र बुझाएको छ ।
सूचना अभियन्ता बैश्यले बुधबार भन्सार कार्यालयमा सार्वजनिक सरोकारको विषयमा सूचना माग गर्न क्रममा सूचना अधिकारीले दुव्र्यहार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *