Tuesday, July 14सत्यम खबर
Shadow

आस्था

माइतीघरमा बंगलादेशमा हिन्दु तथा बौद्धमाथि हिंसा विरुद्ध विरोध प्रदर्शन सम्पन्न

माइतीघरमा बंगलादेशमा हिन्दु तथा बौद्धमाथि हिंसा विरुद्ध विरोध प्रदर्शन सम्पन्न

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, श्रावण २६ – बंगलादेशमा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूमाथि जारी हिंसा विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा एक व्यापक विरोध प्रदर्शन सम्पन्न भएको छ। राष्ट्रिय एकता अभियानको आयोजनामा सम्पन्न यस कार्यक्रममा विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको समन्वय अभियानका अध्यक्ष विनय यादवले गरेका थिए। प्रमुख वक्ताका रूपमा अभियानका वरिष्ठ नेता बीपी यादवले बंगलादेशमा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूमाथि भइरहेको हिंसालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने आवश्यकता औंल्याए। उनले भने, "धार्मिक असहिष्णुताको यो घटना मानवीय हकका लागि घातक हो। यसमा हाम्रो सरकारले पनि चुप लागेर बस्नु हुँदैन।" विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारीले पनि बंगलादेशमा भइरहेको हिंसाको कडा निन्दा गर्दै नेपालका हिन्दूहरूले एकजुट भएर अन्तर्राष्ट्रिय दवाव सृजना गर...
आन्दोलनकारीले सर्वोच्च अदालत घेरेपछि बंगलादेशका प्रधानन्यायाधीशले पनि दिए राजीनामा

आन्दोलनकारीले सर्वोच्च अदालत घेरेपछि बंगलादेशका प्रधानन्यायाधीशले पनि दिए राजीनामा

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ साउन – बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन्। उनको राजीनामा माग्दै आन्दोलनकारीहरू सर्वोच्च अदालत परिसर घेरेपछि प्रधानन्यायाधीश हसनले राजीनामा दिएका हुन्। शनिबार बिहानदेखि सयौंको संख्यामा सर्वोच्च अदालत परिसर पुगेका आन्दोलनकारीहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए। आन्दोलनकारीहरूले उनलाई राजीनामा गर्नका लागि दिउँसो १ बजेसम्मको अल्टिमेटमसमेत दिएका थिए। अल्टिमेटमअघि नै अदालत परिसरमा उपस्थित भएका पत्रकारहरूसँग बोल्दै हसनले आफू पदबाट बाहिरिएको घोषणा गरेका हुन्। अदालत परिसरमा जम्मा भएका आन्दोलनकारीहरूले हसनले राजीनामा नदिए उनको निवास घेर्ने चेतावनी दिएका थिए। हसनले सर्वोच्च अदालत, उच्च र तल्लो तहको अदालतका न्यायाधीशहरूको सुरक्षाका लागि आफूले राजीनामा दिएको पनि बताएका छन्। 'राजीनामाका लागि केही औपचारिकताहरू बाँकी ...
जनसंख्या घट्दै गएपछि चीनमा विद्यालयहरु बन्द

जनसंख्या घट्दै गएपछि चीनमा विद्यालयहरु बन्द

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ साउन – घट्दो जन्मदर र बुढ्यौली जनसङ्ख्याको सामना गर्दै चीनले विद्यालयका बालबालिकाको अभाव भोगिरहेको छ। नतिजाको रूपमा धेरै प्रान्तहरूले शिक्षक भर्तीलाई मापन गरिरहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । चीनमा परम्परागत रूपमा सुरक्षित र प्रतिष्ठितको रूपमा हेरिने शिक्षण कार्यमा ठूलो कटौतीले देशको रोजगारी चुनौतीहरू बिग्रँदै गएको छ। ठूलो श्रमशक्तिको साथ, विशेष गरी युवाहरूमाझ, पर्याप्त रोजगारी सिर्जना गर्न झन्झटिलो हुँदै गएको छ। पूर्वी प्रान्त जियाङ्सीका शिक्षा अधिकारीहरूले यस वर्षको नयाँ पूर्व-विद्यालय, प्राथमिक र माध्यमिक विद्यालयको अध्यापन पद ५४.७ प्रतिशतले घटाएर ४,९६८ हुने जानकारी दिएका छन् जुन दुई वर्षअघिको भर्तीको एक तिहाइभन्दा कम छ। छिमेकी हुबेई प्रान्तमा, विद्यालय शिक्षकहरूको रोजगारी सोही अवधिमा एक-पाँच भागले घटेको छ। गिरावटको मुख्य कारण स्कूली बालबालिकाको घट्दो सं...
भारतीय विदेश सचिव आइतबार नेपाल आउॅदै

भारतीय विदेश सचिव आइतबार नेपाल आउॅदै

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ साउन – भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार दुईदिने नेपाल भ्रमणका लागि आउने भएका छन्। परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री नेपाल आउन लागेका हुन्। भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी २८ साउनमा भारत फर्किने छन्। नेपाल पाना...
बंगलादेशको कलहमा अमेरिकन हात ! सेन्ट मार्टिन टापुमा सैन्य बेस राख्ने चाहाना, हसिनाको असहमति

बंगलादेशको कलहमा अमेरिकन हात ! सेन्ट मार्टिन टापुमा सैन्य बेस राख्ने चाहाना, हसिनाको असहमति

आस्था, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
यो अप्रिल २०२३ को कुरा हो। काठमाण्डौ, २६ साउन – शेख हसिनाले बंगलादेशको संसदमा भाषण दिँदै भनिन्, ‘अमेरिकाले चाहेमा जुनसुकै देशमा सरकार परिवर्तन गर्न सक्छ। यदि उनीहरूले यहाँ सरकार बनायो भने त्यो जनताले निर्वाचित गरेको सरकार हुँदैन।’ हसिनाको बयानको एक वर्ष ३ महिनापछि अगस्ट ५ मा उनले राजीनामा मात्रै दिइनन्, देश छोड्नु पर्ने अवस्था आयो । उनले देश छाडेको तीन दिनपछि बंगलादेशमा बिहीबार राति अन्तरिम सरकार गठन भएको छ । सेनाले यस सरकारको नाम सल्लाहकार परिषद राखेको छ । नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई यसको प्रमुख बनाइएको छ। यसै क्रममा हसिनाले मोहम्मद युनुसलाई विदेशी एजेन्ट भएको आरोप लगाएकी छिन् । युनुसको अमेरिकासँग राम्रो सम्बन्ध छ। यस्तो अवस्थामा अमेरिकाले हसिनाको सत्ताच्युतमा कुनै भूमिका खेलेको हो कि होइन भन्ने प्रश्न उठिरहेको छ । यसका तीनवटा कारण देखिन्छन्ः पहिलो, शेख हसिना र...
चीनबाट टाढिॅदै एचपी, उत्पादनको सबैभन्दा आक्रामक शिफ्टको योजना

चीनबाट टाढिॅदै एचपी, उत्पादनको सबैभन्दा आक्रामक शिफ्टको योजना

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ साउन – एचपीले आफ्नो व्यक्तिगत कम्प्युटर उत्पादनको आधा भन्दा बढी चीनबाट टाढा सार्न खोजिरहेको छ । चीन र ताइवान वरपरको भूराजनीतिक जोखिमहरू कम गर्ने प्रयासमा सिंगापुरमा ‘ब्याकअप’ डिजाइन हब स्थापना गरिरहेको छ । योजनाहरूले एशियाको सबैभन्दा ठूलो अर्थतन्त्रबाट टाढा आफ्नो आपूर्ति श्रृंखला विविधीकरण गर्न अमेरिकाको अग्रणी पीसी निर्माताले अहिलेसम्मको सबैभन्दा आक्रामक कदमलाई प्रतिनिधित्व गर्दछ। हाल चीनमा आफ्ना पीसीहरूको ठूलो हिस्सा बनाउने कम्पनीले यस कदमको बारेमा आपूर्तिकर्ताहरूसँग कुराकानी गरिरहेको छ र दुईदेखि तीन वर्षमा आफ्नो लक्ष्य हासिल गर्ने लक्ष्य राखेको छ, धेरै स्रोतहरूले यस विषयमा जानकारी दिए। एक स्रोतले भने कि कम्पनीले अन्ततः चीन बाहिर आफ्नो नोटबुकको ७०% सम्म बनाउने आन्तरिक लक्ष्य राखेको छ । शिफ्टको मापन आपूर्तिकर्ताहरू बीच भिन्न हुन्छ र तिनीहरूले निर्माण गर्ने कम्पोनेन्टको...
मोदीलाई धन्यवाद दिॅदै हसिनाका छोराले भने, ‘चुनाव घोषणा भएलगत्तै आमा बंगलादेश फर्कनु हुन्छ, भारतबाहिर जानुहुन्न’

मोदीलाई धन्यवाद दिॅदै हसिनाका छोराले भने, ‘चुनाव घोषणा भएलगत्तै आमा बंगलादेश फर्कनु हुन्छ, भारतबाहिर जानुहुन्न’

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २६ साउन – शेख हसिनाका छोरा जोय वाजिदले आफ्नी आमा बंगलादेश फर्किने बताएका छन् । उनले नयाँ कार्यवाहक सरकारले निर्वाचन घोषणा गरे पछि आफुहरु बंगलादेश जाने बताएका हुन । टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार हसिनाले फेरि चुनाव लड्ने कि नगर्ने भन्ने कुरा उनको बयानबाट स्पष्ट भएको छैन । तर, उनको छोराका दावी छ, चुनावको घोषणा भए लगतै आमा हसिना स्वदेश फर्कने छिन् । बंगलादेशमा हिंसा भड्किएपछि गत अगस्ट ५ मा राजीनामा दिएर बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाले देश छाडेर भारतको शरण लिन पुगेकी थिइन् । यी घटनापछि पनि जनता र पार्टीलाई छाड्न नसक्ने जोयले बताएका छन । यसअघि जोयले एक अन्तर्वार्तामा आमा शेख हसिना बंगलादेश नफर्किने बताएका थिए । यस भनाइको सन्दर्भमा उनले भने, 'हो, मैले भनेको थिएँ भन्ने कुरा सत्य हो तर देशभर हाम्रा नेता र कार्यकर्तामाथि आक्रमण भएपछि अहिले धेरै परिवर्तन भएको छ । अब ह...
अखिल क्रान्तिकारी नगर अध्यक्षमा कनोजिय चयन

अखिल क्रान्तिकारी नगर अध्यक्षमा कनोजिय चयन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २६ साउन – नेपालगन्ज उद्योग वाणिज्य संघको सभाहालमा आयोजना गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को तेस्रो नेपालगन्ज उपमहानगरपालिकाको सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । उक्त सम्मेलनमा अध्यक्षमा विष्णु कनोजिया, उपाध्यक्षहरुमा सुवास शाही, रेजिना सिंह, दलविर वि.क, सचिव पदमा भरत नेपाली, सह सचिव पदमा टंक भुल, सुजा बुढाक्षेत्री, धर्म नेपाली, कोषाध्यक्ष पदमा ममता शाही सहित ३५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको छ । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समिति सहसचिव अकलबहादुर बमको प्रमुख आथित्यमा, नेकपा (माओवादी केन्द्र) प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक नरेन्द्र पाण्डे (जेम्स), प्रदेश सचिवालय सदस्य निर्वाचन क्षेत्र न.२ का संयोजक नवीन शर्मा, नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष रतन शाही, सचिब प्रेम शाही, संगठनका केन्द्रिय उपमहासचिव तथा लुम्बिन...
३५ जनाले गरे रक्तदान

३५ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ साउन – बाँकेको डुडुवा गाउँपालिका वार्ड नं.४ मिलन चौक कम्दीमा रहेको आरम्भ चौतारी लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालयद्वारा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ३५ जनाले रक्तदान गरेका छन् । “आरम्भ चौतारीको अभियान, एकैसाथ देशव्यापी रक्तदान” भन्ने मूलनाराका साथ प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा प्रमुख अतिथि तथा नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१० का वडा सदस्य भरतद्वज शाही, बिशिष्ट अतिथि आरम्भ चौतारी लघुबित्त बित्तिय संस्था लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख अमरनाथ सेडाईले रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक सुनिल पुलामीलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो । रक्तदान कार्यक्रममा लोकेन्द्रराज चमारा, यमराज बिसी, सन्ध्या बिसी, श्यामकुमार चौधरी, हेमराज य...
ब्रिनोजको प्राविधिक सहयोगमा ३५० विद्यार्थीहरुको कान परीक्षण शिविर सम्पन्न

ब्रिनोजको प्राविधिक सहयोगमा ३५० विद्यार्थीहरुको कान परीक्षण शिविर सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ साउन – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ रामलिला मैदान नजिक रहेको वेस्ट जोन ई.मि. हाई स्कूलले आफ्नो विद्यार्थीहरुको कान परीक्षण शिविरको आयोजना गरेको छ । वेस्ट जोड ई.मि. हाई स्कूलले आज शुक्रबार आयोजना गरेको कान परीक्षण शिविरमा ३५० जना विद्यार्थीहरुको कान परीक्षण गरिएको छ । जस मध्ये छात्रा १८० जना रहेका छन् भने छात्र १७० जना गरी जम्मा ३५० जनाको कान परीक्षण गरिएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका आउटरिच इन्चार्ज भीषण थारुले जानकारी गराउनुभयो । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्राविधिक सहयोगसहित सहायक चिकित्सक भीषण थारु, दामोदर थारु लगायतको सहभागिता रहेको जानकारी गराउँदै चेकजाँच गरिएको विद्यार्थीहरु मध्ये ७ जना विद्यार्थीहरुमा कान पक्ने समस्या रहेको बताईएको छ । आउटरिच इन्चार्ज भीषण थारुले दिएको जानकारी अनुसार ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा हा...