
खजुरा, २ आश्विन – बाँकेको खजुरा स्थित ए गाउँ बस्ने १९ वर्षिय सागर वि क माथि साउन ८ गते साँझ ५ बजे सांघातिक आक्रमण भएको थियो । दलित सागर माथि आक्रमण गर्नेलाई बाँके प्रहरीले पक्राउ गर्न नसकेको हुनाले पीडित परिवारको सुरक्षा निकायप्रति बिश्वासको दुरि कम हुँदै गएको बताउनुभएको छ ।

बुधबार खजुराको ए गाउँस्थित आफ्नै घरमा पत्रकार सम्मेलन गर्दै पीडित परिवारले गुनासो व्यक्त गरेका छन् । खजुरामा दलित सागर माथी सांघातिक आक्रमण भयो । पीडितले किटानी जाहेरी दिंदा पनि सुरक्षा निकाय मौन बसेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै सागरकी आमा चन्द्रादेवि विकका अनुसार छोरालाई धनीमानी तथा माथिल्लो जातका ७ जना युवाहरू मिलेर मरणासन्न हुनेगरी आक्रमण गर्ने विरुद्ध किटानी जाहेरी दियौं । जाहेरी दिएको दुई महिना बित्दासम्म प्रहरीको ढिला सुस्ती तथा दोषीलाई समात्न समेत कुनै चासो नदेखाएकाले उनीहरु खुलेआम हिडिरहेका छन् । मेरो छोराको उपचार गर्दागर्दै ऋण समेत लागेको जानकारी गराउनुभयो ।
चन्द्रादेवीका अनुसार ‘हामीलाई न्याय दिनु पर्ने ठाउँमा झन हाम्रो आवाजको सुनुवाई समेत नभएपछि पत्रकार सम्मेलन गरिएको हो भन्नुभयो । उहाँका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण ऋण लिएर छोराको उपचार गर्दागर्दै करीब १३ लाख खर्च भइसकेको छ तर पनि छोराको स्वास्थ्यमा सुधार आएको छैन । चिकित्सकका अनुसार अझ थप रकम खर्च हुनेछ जानकारी गराउनुभयो ।



फुटबल स्टेडियम शुक्र भलिबल खजुरामा स्थानीयले घरेलु हातहतियार सहित सांघातिक आक्रमण गरेका थिए । सो आक्रमणमा परि सागरको दाहिने हात, दाहिने खुट्टा काटिएको छ । ढाडका विभिन्न भागमा गहिरो घाउचोट पनि लागेको छ ।
निर्दोष भाइमाथि आक्रमण गर्नेलाई प्रहरीले कानुनी उपचार नगरि रहेको हुनाले हामीले न्याय कसरी पाउने पीडित सागरका दाजु राजु विकले बताउनुभयो । यसरी खुलेआम हतियार लिएर भाईलाई रक्ताम्य तथा मरणासन्न हुने गरी आक्रमण भयो तर पनि प्रशासनले मौन छ, जसले गर्दा आक्रमणकारीलाई संरक्षण दिइरहेको गुनासो व्यक्त गर्नु भयो । भाईलाई उपचारका लागि नेपालगन्ज हँुदै काठमाण्डौंको ग्राण्डि अस्पतालसम्म पु¥याइयो । उपचार कै क्रममा हामीलाई ऋण समेत लागेको छ । उता प्रहरीले अपराधीलाई नपक्राउ गर्न सकेको छ नत उपचारमा लाग्ने खर्च पनि पीडकहरुबाट दिलाउन सकेको छ भनी दाजु राजु विकले आफ्नो पीडा सुनाउनु भयो ।
सांघातिक आक्रमणमा परेका भाईको दाहिने हात काम नलाग्ने भयो । जसोतसो भाईको ज्यान बचाउन सफल भयौं, तर पनि हामीलाई न्याय चाहियो, घटना लगत्तै किटानी जाहेरी दिए पनि प्रहरीले पक्राउ गरी जिम्मामा छोडिदिएको छ । यस्तो अवस्थामा हामीले कसरी न्यायको अनुभूति गर्ने । उपचार गर्दा लागेको ऋण कसरी फिर्ता गर्ने ? त्यसैले जतिसक्दो छिटो न्यायको लागि पहल गरिदिन र दोषीलाई कानुनी दायरामा ल्याउन सबै सञ्चारकर्मीहरु अगाडी दाई राजुले आग्रह गर्नुभयो ।
पीडित सागर विकलाई स्थानीय सौरभ खत्री, सुनील गिरी, कुसल गिरी, सन्देशसिंह ठकुरी, सौगात मल्ल, समीर ठकुरी र उज्वल शाहीले सांघातिक आक्रमण गरेको पीडित परिवारले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । घटना लगत्तै सबै प्रक्रिया पुरा गर्दा पनि अपराधीलाई पक्राउ गर्न बाँके प्रहरी असफल भएको पीडित परिवारले गुनासो पोखे ।

यता जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी सुभाष खड्ुकाका अनुसार हामीले गर्नुपर्ने कार्य तिब्र गतिमा गरिरहेका छौं, मुद्दा दर्ता गरेर अदालतसम्म पनि लगिसकेका अवस्था रहेको छ । हामीले अदालतको निर्णय अनुसार कार्य गर्दै जाने हो, पीडितलाई राहत र न्याय दिलाउने हाम्रो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।
प्रवक्ता खड्काका अनुसार केही समय अगाडी दुईजनालाई प्रहरीले समाते पनि अदालतबाट धरौतीमा रिहा भएका छन् । अदालतको निर्णय अनुसार पीडकहरुको खोजी कार्य जारी छ, हाम्रो टीमले उनीहरुको खोजी कार्यमा दिनरात लागेको अवस्था रहेको छ, तिनी लुकिछिपी बसेको अवस्था बारे हामीलाई कसैले सूचना दिई तुरुन्त हामी पक्राउ गर्ने जाने छौं भनी बताउनुभयो ।
यता यसबारे पीडक सौरभ खत्रीका बुवा अमरबहादुर खत्रीलाई फोन सम्पर्क गर्दा उनले मैले छोराहरुबाट गल्ती भएको हो, त्यसबारे हामी पीडित परिवारलाई भेट्न उनकै घरमा गएका थियौ, उनीहरुलाई आफूबाट के कति तत्कालको लागि आर्थिक उपलब्ध गराउन सकिन्छ भन्ने कुराकानी पनि भएको छ, म छिट्टै त्यस अनुसार आर्थिक रकम उपलब्ध गराउने छु भनी बताउनुभयो ।
