Tuesday, November 4सत्यम खबर
Shadow

रेड पाण्डाको छाला सहित ५ जना पक्राउ

नेपालगन्ज, २८ भाद्र – जिल्ल्ला प्रहरी कार्यालय बाँकेको सक्रियतामा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला, दाँत, नांग्रासहित ५ जनालाई पक्राउ गरिएको छ ।
आईतबार जिल्ला प्रहरी कार्यालय कै प्रा·णमा गरिएको पत्रकार सम्मेलनमार्फत प्रहरी प्रमुख ओमबहादुर रानाले बाँके बैजनाथ गाँउपालिका वडा नं. ०१ स्थित गगन थारुले सञ्चालन गरेको डेनियाल रेष्टुरेण्टमा दुर्लभ वन्यजन्तु (रेडपाण्डा) सहित ५ जनालाई पक्राउ गरिएको बताउनुभयो ।


घटनामा संलग्न पक्राउ पर्ने ब्यक्तिहरु जाजरकोट कुसे गा.पा.वडा नं. ६ वस्ने वर्ष ३२ का कृष्ण वली, वडा नं.९ वस्ने वर्ष २८ का ईन्द्रबहादुर नेपाली, सुर्खेत भेरीगंगा न.पा.वडा नं. ५ वस्ने वर्ष ३० को जयबहादुर कामी, वर्ष २५ को गणेश वि.क., वडा नं.१२ वस्ने वर्ष ३६ को देवबहादुर बाँठा रहेको बताउनुभयो ।


देवबहादुर बाठा, गणेश बि.क., जयबहादुर बि.क. र कृष्ण बलीलाई चेकजाँच गर्ने क्रममा निजहरु बसेको कोठाको खाटमुनी लुकाई राखेको नांग्रा, दाँत, रेड पाण्डाको छाला बरामद गरि नियन्त्रणमा लिएको प्रहरी प्रमुख रानाले बताउनुभयो ।
प्रहरी प्रमुख रानाका अनुसार ईन्द्रबहादुर नेपालीले बदामद रेडपाण्डाको छाला जाजरकोट कै लोकेश सिंह बाट रु. १ लाखमा खरिद गरेको र निजले उक्त छाला कृष्ण वलीलाई दिएको, कृष्ण वलीले गणेश वि.क. लाई दिएको, गणेश वि.क.लगायतले सुर्खेत छिन्चुबाट उक्त छाला रु. ४०, लाखमा बिक्री गर्ने भनी बाँकेमा ल्याएको हाल गरिएको अनुसन्धानबाट खुल्न आएको बताउनुभयो ।


राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफ २६ (क) बमोजिमको १० लाखसम्म जरिवाना र ५ वर्षदेखी १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी ब्यबस्था रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *